काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन्।

पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन्।

यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, ईञ्जीनियरिङ्गमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सा तर्फ ८६४ जना विद्यार्थीहरु दीक्षित भएका छन्।

त्यसैगरि कानुनमा १८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन्।

यस्तै विद्यावारिधि (पीएचडी) मा ८५ र एमफीलमा ४० जना दीक्षित भएका छन्। त्रिविले विभिन्न संकायमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पदक समेत प्रदान गरेको छ। समारोहमा सहभागि सहकुलपति तथा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले शिक्षालाई समृद्धिको एउटा पूर्वाधारका रुपमा अगाडी बढाउन पहल भएरहेको बताए।