२५ मंसिर, काठमाडौं । लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ ।

प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलेको हो । यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ । बाँकी ३४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको छ ।

सबैभन्दा बढी प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ५६० जना अधिकृतका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुल्लाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपूर्ति गरिने छ । यस्तै उक्त समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा छुट्याइएको छ ।

यसैगरी राजश्व समूहमा ६९, लेखापरीक्षण समूहमा ४२, लेखा समूहमा ३० जना अधिकृतको माग भएको छ ।

व्यवस्थापिका संसद सेवातर्फ २८ जना र न्याय सेवा तर्फ न्याय समूहमा २९०, कानुन समूहमा ४९ र सरकारी वकिल समूहमा २४ अधिकृतका लागि विज्ञापन खुलेको छ ।

परराष्ट्र सेवामा सबैभन्दा कम ४ जना अधिकृतको माग छ ।

हेर्नुहोस् विज्ञापनको सारांश

गत वर्ष कर्मचारी समायोजनका कारण प्रशासन सेवा तर्फ पदपूर्ति नभएको हुनाले यस वर्ष उल्लेख्य संख्यामा विज्ञापन भएको हो ।

आन्तरिक बढुवाका लागि आवेदन दिने म्याद आगामी पुस २९ गतेसम्म छ । खुल्ला तथा समावेसी पदमा प्रतिस्पर्धा गर्नेहरुका लागि भने पुस १५ गतेसम्म म्याद दिइएको छ । दोब्बर दस्तुर तिरेर आवेदन फारम बुझाउने अन्तिम मिति भने २२ पुससम्म तोकिएको छ