• हाेम
  • समाचार
  • राजनिति
  • विचार
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • प्रविधि
  • अर्न्तराष्ट्रिय
  • साहित्य
  • सम्पादकीय
  • E-Magzine
साइन इन
स्वागत छ!आफ्नो खातामा लग
आफ्नो पासवर्ड बिर्सिनुभयो?
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
खोज
Tuesday, May 26, 2026
  • विज्ञापन
  • सम्पर्क
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
रक्त न्युज
  • हाेम
  • समाचार
  • राजनिति
  • विचार
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • प्रविधि
  • अर्न्तराष्ट्रिय
  • साहित्य
  • सम्पादकीय
  • E-Magzine
  • समाचार

मोदीलाई पत्र लेखेर डा. केसीले गरे अनशन स्थगित

By
Rakta News
-
2019-11-12
630
Share
Facebook
Twitter

    काठमाडौं : चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्। सीमा विवादका विषयमा देशभर आन्दोलन चर्किरहेका बेला केसीले डडेलधुरामा ९ दिनदेखि जारी अनशन स्थगित गर्दै मोदीलाई पत्र लेखेका हुन्।

    कात्तिक १७ गते डडेलधुरामा अनशन सुरु गरेका केसीले मंगलबार मोदीलाई पत्र लेख्दै अनशन स्थगित गरेका हुन्। राष्ट्रियताको संवदेनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवदेनालाई हृदयंगम गर्दै अनशन स्थगित गरेको केसीको विज्ञप्तिमा उल्लेख छ।

    श्री नरेन्द्र दामोदरदास मोदी,
    प्रधानमन्त्री, भारत गणराज्य

    कुशल छौं र यहाँको कुशलता चाहन्छौं ।

    भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको हैन । अनादिकालदेखि यी भुभागमा बसिआएका मानिसहरुबीचको अन्तरंग सम्बन्ध नै आधुनिक नेपाल र भारत निर्माण भएपछि दुई देशीय सम्बन्धका रुपमा विकास भएको हो । सन् १८१६ को सुगौली सन्धिले आधुनिक नेपालको प्रारम्भिक नक्सा कोरेको थियो ।

    त्यसपछिको अवधिमा ब्रिटिश इण्डिया र स्वतन्त्र भारतसँग राज्यस्तरको सम्बन्धमा उतारचढाव आए पनि जनस्तरमा मैत्रीपूर्ण आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध कायम छ । धेरै नेपालीको जीविका भारतको रोजगारले धानेको छ भने भारतबाट रोजगारका लागि नेपाल आउने जनसंख्या पनि उल्लेख्य छ । नेपाल र भारत मात्रै नभई पाकिस्तान र बंगलादेशजस्ता अरु छिमेकी देशका पनि भुइँ तहका मानिसहरुका पीडा उस्तै छन् । गरिबी, अशिक्षा र रोगजस्ता साझा समस्याबाट दक्षिण एसियाका सबै देशका नागरिकहरु जुधिरहेका छन् । भ्रष्टाचार, कुशासन र असमानताको बढोत्तरी सबै देशका नागरिकहरुका साझा समस्या हुन् ।

    सन् २००१ को भुकम्पपछि मैले यहाँको गृहराज्य गुजरातको भुजमा घाइतेहरुको सेवा गर्ने मौका पाएृको थिएँ । त्यस्तै सन् २०१३ मा उत्तराखण्डमा भीषण बाढी आउँदा केदारनाथमा फसेका तीर्थयात्रीको सेवा गर्ने मौका पनि मैले पाएको थिएँ । त्यस क्रममा मेरो आफ्नै ज्यान मुस्किलले बचेको थियो । जुनसुकै देश र राष्ट्रियताका मानिस भए पनि उनीहरुको पीडा एकै किसिमको हुन्छ र मानवीय सेवा गर्दा मिल्ने सन्तुष्टि पनि एउटै हुन्छ भन्ने मैले महसुस गरेको छु ।

    अहिले म नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि सत्याग्रही अभियानमा छु । तर यही बीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ । यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु ।

    कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे म जानकार छैन । तर सामान्य नागरिकको हैसियतले मैले जानेको यत्ति होः जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ ।

    नेपालमा भारतका अनेक सरोकार होलान् । खास गरी राष्ट्रिय सुरक्षाको संवेदनशीलताका कारण नेपालमा भारतको गहिरो चासो छ भनिन्छ । तर नेपाल मजबुत र समृद्ध भए मात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्छ ।

    अन्तमा, भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै छन् । विश्वका धेरै ठाउँमा उन्मुलन जस्तै भएका धेरै संक्रामक रोगहरुको ठूलो भार हामीकहाँ छ । अशिक्षित र निरक्षर मानिसहरुको ठूलो संख्या पनि यसै क्षेत्रमा छ । अपेक्षित गतिमा अर्थतन्त्र बिस्तार नहुँदा जीविकाको समस्या त झन् सबैभन्दा जटिल बन्दो छ । आज हजारौं माइल टाढा मरुभुमिमा जोखिमपूर्ण काममा न्युनतम ज्याला लिएर काम गरिरहेका कामदारमध्ये धेरै भारतीय र नेपाली छन् ।

    त्यसैले यस्ता साझा समस्यासित भारत र नेपाल मात्रै नभई सबै दक्षिण एसियाली देशहरु मिलेर लड्नु जरुरी छ । त्यसका लागि नेपालसित हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कुटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न विशेष आग्रह गर्दछु ।

    डा गोविन्द केसी
    डडेल्धुरा, नेपाल
    १२ नोभेम्बर, २०१९

    Facebook
    Twitter
      अघिल्लो लेखमालिम्पियाधुरा नै नेपालको सिमाना हो -साध्यबहादुर भण्डारी
      अर्को लेखमाब्लग:कर्णाली प्रदेश र रारासम्म को यात्रा।
      Rakta News

      मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

      Rakta News - 2026-05-14
      प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ
      पुरा पढ्नुहोस्

      युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

      Rakta News - 2026-05-14
      विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।
      पुरा पढ्नुहोस्

      प्रतिनिधि सभा शून्य समय: कसले के भने?

      Rakta News - 2026-05-12
      सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो
      पुरा पढ्नुहोस्

      बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

      Rakta News - 2026-05-12
      तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे
      पुरा पढ्नुहोस्

      नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

      Rakta News - 2026-05-12
      सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ
      पुरा पढ्नुहोस्
      प्रकाशनमा रक्त–प्रवाह त्रैमाशिक पत्रिका

      मोबाइल : ९८५११५८२८८ / ९८४९५४३२७७,

      जि.प्र.का.द.नं.:२७९/०७३/०७४

      स्थायी लेखा नम्बर : ६०६३४८५२२

      रक्त प्रवाह मिडिया प्रा. ली.  द्वारा सन्चालित अन्लाइन www.raktanews.com 

      सुचना विभाग दर्ता नं  :  १५४२/०७६/०७७

      प्रकाशक/सम्पादक :    डेमलाल घिमिरे 

      सह-सम्पादक :             युवराज शर्मा

      व्यवस्थापन :                 सुमन पौडेल

      कार्यालय :                     कोटेश्वर, काठमाडौ

      Email: rakta288@gmail.com

      • Home
      © सर्वाधिकार सुरक्षित रक्त प्रवाहमा | Web developed by NFS Innovations