सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिए संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।  प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले आज नयाँ तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनकाअनुसार प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि शनिबार पोजेटिभ नै नतिजा आएको हो ।डाक्टरका अनुसार संक्रमितहरुमा सुर्खेत बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका १ जना रहेका छन् । उनीहरुलाई  प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन कक्षमा राखिएको छ ।
उनीहरु भारतबाट आएको बताइएको छ ।यसअघि कर्णाली प्रदेशको दैलेख जिल्लाको आठविसका एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।