काठमाडौँ । नेपाललमा थप १३ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१५ पुगेको छ।  भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  प्रयोगशालाका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।  उनीहरु सबै भारतबाट आएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन्। उनीहरुलाई प्रदेश सरकारको समन्वयमा रुपन्देहीको बेलहिया नाकाबाट उद्धार गरेर क्वारेन्टाइनमा राखिएको थियो। परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको हो।  यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यस बारेमा औपचारिक जानकारी गराएको छैन्।