पाल्पामा राजमोले आव्हान गरेको भारतीय हस्तक्षेप को बिरोध कार्यक्रममा प्रहरीले हस्तक्षेपका साथै राजमो नेता कार्यकर्ता गिरफ्तार गरेको छ ।राजमोका ८ जना नेता कार्यकर्ता गिरफ्तार भएका छन् ।

गिरफ्तार हुनेहरूमा राजमो केन्द्रीय सदस्य सोमकुमार कार्की ,जिल्ला अध्यक्ष विशाल दर्लामी,अखिल नेपाल युबक संघ का केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरे,राजमो जिल्ला कोषाध्यक्ष टिकाराम पौडेल ,अखिल छैठौं का केन्द्रिय सदस्य सुदिप पौडेल ,राष्ट्रिय परिषद सदस्य सुमन पौडेल ,अखिल नेपाल युवक स‌ंघ का जिल्ला कोषाध्यक्ष बिश्नु नेपाली लगायतका हुनुहुन्छ ।