यसरी उपयोगी बन्यो लकडाउन                                                              आविष्कार कला 


विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण आज विश्वभरमा मानवीय क्रियाकलापहरू आँसिक रुपमा मात्र सञ्चालन भएका छन् । मानव अहिले प्रथम अभ्यास आफू कसरी बाँच्ने भन्नेतिर छ । जो जीवित प्राणिहरुका हकमा सामान्य, महत्वपूर्ण र आधारभुत कार्य पनि हो । सामान्य अन्य जीवहरू पनि आफू बाँच्नका लागि ठुलो प्रयत्न गर्छन । प्राणिहरू मध्ये सर्वश्रेष्ठ चेतनशील प्राणि मानव बाँच्नका लागि हरदम हर प्रकारका उपायका साथ सुरक्षित हुन खोज्नु मानवीय र सजीवताको गुण हो ।

चिनको वुहानबाट फैलिएको कोरोना भाइरस केही समय चिनिया सीमा भित्रमात्र सीमित थियो । दिनहरू बढ्दै जाँदा विश्वव्यापी रुपमा यो भाइरस दिन दुई गुणा रात चौगुनाका दरले बढ्यो । भौतिक रुपमा सम्पन्न विश्वका कैयौं मुलुकहरू यसको आक्रमण आक्रान्त बनिरहेका छन् । जो आज विश्वव्यापी रुपमा प्रमुख समाचारहरू बनिरहेका छन् ।
सरकारले नेपालमा कोरोनाको लक्षण नेपालमा देखिसकेपछि मिति २०७६ चैत्र ११ देखि पहिलो पटक एक साताका लागि घोषण गरेको लकडाउन आज ४३ औं दिनसम्म आइपुगेको छ ।

एक्कासि घोषणा गरेको लकडाउनले नेपालमा यसले असर र प्रभाव नपारेको कुनै क्षेत्र र पक्ष छैन । सबैतिर यसको ठुलो प्रभाव परिरहेको ज्वालन्त उदाहरण हामी दिन दिनै देखिरहेका छौ । देशमा एक कुनाबाट अर्को कुनामा पसिना बगाउन हिडेको दाजुभाइ दिदीबहिनी र देशको सीमा बाहिर रोजगारीका लागि गएका नेपालीहरुको वर्तमान अवस्था अत्यन्तै कहानी लाग्दो छ । मुलत यस लेखमा म आफूले आजका दिनसम्म आइपुग्दासम्म लकडाउनको यो समयलाई कसरी उपयोग गरेको छु भन्ने बारेमा चर्चा गर्न खोजेको छु ।

सरकारले पहिले पटक एक साता लागि तोकेको लकडाउन सम्भवत एक सातामा खुल्ला भन्ने आफ्नो कल्पना थियो । सोही अनुसार उक्त अवधिमा अन्य समयमा झै विहान साँझ पढ्ने लेख्ने काम भयो । दिउँसोको समयमा आफूले गर्नु पने कार्यालयका कामहरुलाई क्रमिक रुपमा गरेर समयको महत्तम उपयोग गरिरहेको थिए । जब छिमेकी देशमा र हाम्रो देशमा कोरोनाको सङ्ख्या बढेसँगै लकडाउन पनि बढ्यो । त्यस पछि मुलरुपमा अध्ययन र लेखका रुपमा समयको उपयोग गरी आजका दिनसम्म पुगिएको छ ।
चैत्र महिनाभर कारोनालाई केन्द्रविन्दु बनाएर दैनिक जसो साहित्यको एक छोटो विधा मुक्तक लेख्ने कार्य गरियो मुलत यस प्रकारका मुक्तक रचना भए

थर्काउदै विश्वलाई कोरोनाको भ्रमण
हिटलर र मुसोलिनिकोभन्दा ठुलो प्रण
याद राख नै कोरोना होला तेरै क्षति
हामी नै हो विश्व जित्ने गोर्खालीको गण ।।

कानूनको सहयोगमा जनता नियन्त्रणमा
घुमि हिड्ने भाइरस भने छैन नियन्त्रणमा
समाजवादको अभ्यास पनि हुञ्छ कानूनमा
गोजी जाँच्ने अस्पताल कस्को नियन्त्रणमा ।।
मुक्तकका अलवा केही थान कविता र कोरोनाका कारण सबै जनहरू मातृभूमि फर्कदाको लर्को देख्दाको अवस्थाले मातृभूमिको मायामा आधारित केही गीत पनि अन्तर हृदयबाट बाहिर आए ।


चैत्र महिनामा मुख्य गरेर साहित्यको चर्चित विधा कविताबाट आफ्नो अध्ययनलाई शुरूवात गरे । नेपाली प्रगतिशील सांस्कृतिक आन्दोलनमा आफ्नो कपाल फुलाई सक्नु भएका वरिष्ठ जनवादी गायक जीवन शर्माको कविता सङ्ग्रह अभियात्रा अध्ययनको  शुरुवाति पुस्तक बन्यो । जीवन शर्माका गीत सङ्गीत जसरी जनताको मनमन छुने मनमनमा बस्ने,देश जनता र राष्ट्रलाई माया गर्नेछन् । यहाँ उहाँका कविताहरू पढ्दा पनि ती जनताका गीतको मधुरतामा डुबेको भान हुञ्छ कृतिमा भएका सबै कविताहरू पढु पढु लाग्ने छन् जस मध्ये मलार्इ अत्यधिक मन परेको एउटा कविता
आँखाको झरी
आँखामा मेरो साउने झरी
जीवन भिज्यो बलेनी सरी
हृदय दुख्छ फुट्ला झै गरी
नूनिलो आँशु छातीमा परी ।।

खरबारी चाल्दै यो सेरो फेरो
वनजङ्गल धाउँदा हैरान छ मेरो
बाँसको झ्याङ्मा झुण्डिँदै ठिक्क
जिन्दगी थाम्न सारै नै दिक्क ।।

छैन कतै ओत लाग्ने थात
वर्षाको बाटो अँधेरी रात
यो हिलो माटो पैताला खान्छ
लरक्क लर्के यो ज्यान जान्छ।।

भिजेका दाउरा झर्झर गर्छ
बल्दैन आगो धिपिक्क मर्छ
छैन खर्च रितै छ डाली
दिनभरि काम राति पेट खाली ।।

गरीबलाई सबैले हेप्ने
सबैले लुछ्ने सबैले टोक्ने
किन त अँझै आँखा नदेख्ने
कहिलेसम्म यो सास्ती खेप्ने ।।

आकाशे तारा धर्तीमा खसे
जुनको हासो मनमा बसे
झुप्रामा आए वसन्त बहार
क्या राम्रो हुन्थ्यो संसारको मुहार ।।

कविता पछि म आफ्नो अध्ययनको यात्रा नियात्रातिर बढाए । प्रकाशन मितिका हिसाबले आजभन्दा तीन दशक अगाडि वि.श २०४७ सालमा प्रकाशित नियात्रा महेश्वर रायको पिरामिडको देशमा यात्रा सङ्ग्रह नियात्राकारले पिरामिडको देश मिश्रमा यात्रा गर्दाको अवस्था बारेमा बडो रोचक तरिकाले पेश गर्नुभएको छ । बञ्चरो नै भष्ट्राचारको अन्तिम निदान, रुखको फेदमा पसिनाले भिजेको रोटी, भदौमा कोइलीको गीत, नेपाली टोपीको अनौठो आकर्षण लगायतका शिर्षकका यात्रा वृतान्त पढ्दा बडो मजा आउछ । अन्य शिर्षकहरू पनि जानकारी रमाइलाका हिसाबले कम छैनन् ।

अध्ययनको सिलसिलमा म नेपालका पहिलो मानव शास्त्री डोर बहादुर विष्टको बहुचर्चित पुस्तक Fatalism and Development को नेपाली अनुवाद भाग्यवाद र विकास आधुनिकीकरण हेतु नेपालको जमर्को पुस्तक जुन पुस्तकमा नेपालको पृष्ठभूमि, नेपालको जात प्रथा, राजनीति र संस्कार, शिक्षा, विदेशी सहायता र विकाश लगायतको शिर्षकमा नेपाली समाजको चिरफार गरिएको छ । देशको पछौटोपन कारण, शिक्षीतले श्रम गर्नु नहुने भावनाको विकाश लगायत धेरै विषयमा जानकारी लिन सकिने पुस्तक रहेछ ।

चौथो पुस्तक डा. निर्मलमणि अधिकारी द्धारा लिखित सञ्चार सिद्धान्तीकरण मुलत यस पुस्तककमा लेखकले विद्यावारिधि शोधप्रबन्धका लागि लिईएका सामाग्रीमा आधारित छ । जुन पुस्तक अध्ययन अनुसन्धान र लेखनमा संलग्न जो कोही महानुभावहरुका लागि अति नै उपयोगी छ । पुस्तकमा सिद्धान्त के हो ? सौद्धान्तीकरणका आधारहरू र निम्न चार अध्याय रहेका छन् । सिद्धान्त ,सिद्धान्तीकरण र अभिनिर्माण, सञ्चारको सिद्धान्तीकरण, सञ्चारको सिद्धान्तीकरण :एसियाली सन्दर्भ र सञ्चार ढाँचाको अभिनिर्माण ।

म साहित्य र राजनीतिको विद्यार्थी त होइन । मलाई मेरो क्षेत्रभन्दा बढी साहित्य,राजनीति र दर्शन सम्बन्धी पुस्तकमा डुबुल्की मार्न बडो आनन्द लाग्छ । पूर्वीय दर्शनका सम्बन्धमा न्यूनतम जानकारी समेत पनि नहुदा बेलाबेलामा साह्रै नरमाइलो लाग्ने गर्दथ्यो । अनि लकडाउनको उपयोग गर्दा मोहन वैद्य(किरण) को हिमाली दर्शनबाट शुरुवात गरियो । पुस्तक एकदम रुचि दिएर पढ्न लायक जसमा दर्शनको परिचय हिमाली दर्शनको उषाकाल देखिनै जानकारी पाउन सकिञ्छ । पूर्वीय दर्शनको आस्तिक र नास्तिक वर्गिकरण लगायत पूर्वीय दर्शनमा भौतिकवाद, द्धन्द्धवाद लगायत छ ।

पूर्वीय दर्शनको अध्ययनको सिलसिलामा खप्तड बाबा द्धारा लिखित धर्म विज्ञान भाग दुई र भाग चारले पनि यो लकडाउनको समयलाई उपयोगी सिद्ध बनाउनमा ठुलो सहयोग गरे । आफ्ना पुस्तकहरू सङ्कलन सम्पादनको प्रेरण कहिले,किन र कसरीमा खप्तड बाबा लेख्नुहुञ्छ (वर्तमान युवावर्गहरू मध्ये अधिकांश युवक युवतीहरुका आचरण एँव कर्महरू देखेर दुःखी भएका कैयौं सज्जनहरू आफ्ना शिक्षित सन्ताहरुको जीवन आलस्यपूर्ण,खर्चिलो,अकर्मण्य तथा धर्मशून्य देखेर मर्माहत भई अनेक प्रश्नहरू गर्दछन) यी र यस्ता यावत प्रश्नहरुको समधान र संस्कृतका अनभिज्ञ तर धर्मप्रति श्रद्धा एँव जिज्ञासा राख्ने युवावर्गका लागि केही प्रकाश मिल्न सकोस भनेर पुस्तक तयार गरिएको कुरा लेख्नुभएको छ । पुस्तकले उहाँले भने जस्तो केही प्रकाश होइन नयाँ चेतना ल्याउनका लागि अत्यन्तै उपयोगी छ ।

वेरोजगार उत्पादन गर्न सफल वर्तमान शिक्षा प्राणली रोगको कुरा पनि यस पुस्तकबाट पाउन सकिन्छ । भारतमा ११४६ वर्षसम्म शासन गरेका मुसलमान शासकहरूले ध्वस गर्न नसकेको हिन्दू धर्म र संस्कृति सन् १८५८ देखि १९०० सम्म ४२ वर्षमा अङ्ग्रेजले कसरी ध्वस गरे । लर्ड मेकालेको शिक्षा योजनाको मन्द विष ( Slow Poison) आधुनिक शिक्षा र सभ्यताको नाममा समाजको भष्ट्रिकरण लगायत पूर्वीय दर्शनको बारेमा ज्ञानको ज्योति नै रहेछन् धर्न विज्ञान ।

पूर्वीय दर्शनमा डुबुल्की मार्दै गहिराईभन्दा गहिराईमा जाने मन त केही पहिले देखी नै थियो । समयको उपलब्धता र प्राथमिक चरणको ज्ञानको बारेमा जानकारीको अभावले रोकिएको थियो । कोरोनाका कारण सिर्जित लकडाउनले विश्वभरमा पूर्वीय मूल्य मान्यता संस्कार जीवन शैली नै मानव र प्रकृतिका लागि उपयोगिरहेछ भन्ने सिद्ध गर्यो । मेरो व्यक्तिगत हकमा पूर्वीय दर्शन र सहित्यको अध्ययनमा लकडाउन उपयोगी सिद्ध रह्यो ।

विश्वको संविधान भनिने पूर्वीय दर्शनका मुल ग्रन्थ चार वेदहरू मध्ये ऋग्वेदको नेपाली अनुवाद सहितको अर्थ र आशय पनि लकडाउनको उपयोगको ठुलो खजाना बन्यो । विश्व ज्ञानराशीको ग्रन्थ ऋग्वेद संस्कृत भाषमा दख्खल नहुनेहरुका लागि पनि नेपालीमा अनुवादले ज्ञानको गङ्गामा डुबुल्ली मार्न चाहने सबैका लागि ज्ञान गङ्गा छ । प्राणि,पृथ्वी र वनस्पति बीचको स्नेहपूर्ण सम्वन्ध ऋग्वेदमा पाइञ्छ । मानव समाजको विकासक्रममा इतिहास पढ्दा जुन बेला मानवले आगो पत्ता लगायो मानव सबैभन्दा खुसी त्यहीँ समयको भएको कुरा मानव समाजको विकाशक्रमका दस्तावेजमा पाइञ्छ । त्यसैगरी ऋग्वेदमा पनि अग्निदेवलाई स्तुति गरी शुरुवात गरिएको छ भने एकता र समानताको आव्हान गरी अन्त्य गरिएको छ । सङ्क्षित रुपमा यसबाट प्रष्ट हुञ्छ ऋग्वेदको महिमा । लहडको भरमा अरुले भनीदिएको भरमा आफूले अध्ययन नगरी पूर्वीय ग्रन्थहरुलाई हेलचेक्राई गर्ने महानुभावहरुका निम्ति पूर्वीय दर्शन र साहित्यका पुस्तकहरू ज्ञान र व्यवहारका अमूल्य सम्पति हुन भन्ने कुरा स्वअध्ययन नगरेसम्म थाहा हुदैन ।

आजका दिनसम्म अर्इपुग्दासम्म म यसरी आफ्नो रूचीको विषयमा लकडाउन उपयोग गरिरहेको छु । सबैका आ आफ्ना र्इच्छा र रूचीका विषयहरू भिन्न हुञ्छन । नेपाल कृषिप्रधान देशमा अहिले गहुँ भित्राउने, मल फाल्ने, मकै छर्ने लगायत मौसमी कृषि कामको सिजन छ । जो महानुभावहरू कृषि उत्पादनमा लाग्नुभएको छ । त्योभन्दा उपयुक्त यो समयको उपयोग त अरु हुन सक्दैन । जो परिस्थितिले एउटा कोठामा बस्नु परेको छ । उहँहरूका लागि फलदायी हुने भनेको अध्ययन र आफ्नो रूचिको विषय र्इण्टरनेटमा खोज गर्नु नै हो । यसरी तपार्इ पनि आफ्नो समयलार्इ फलदायी बनाउन सक्नुहुन्छ ।