

लुम्बिनी प्रदेशको बिशेष लगानीमा तानसेनको बतासेडाडामा निर्माण भएको श्रीनगर सास्कृतिक डबली स्याहार सम्भार नपाएर जिर्ण भैसकेको थियो।खासगरी स्थानीय जाती , समुदायको मौलिक सस्कृतिलाई प्रबर्द्धन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकहरुलाइ आकर्षण गर्ने उदेश्य ले उक्त सास्कृतिक डबली बनाइएको थियो।
सदरमुकाम तानसेन नगरपालिका–५, कैलाशनगरमा निर्माण गरिएको डबली ‘ओपन थिएटर’ को अवधारणमा बनेको हो ।लुम्बिनी प्रदेश सरकारको ६ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँ बजेटमा डबलीको काम सम्पन्न भएको हो तानसेन नगरपालिकामा हस्तान्तरण भइ त्यसको मर्मत सम्हार र सरसफाइ को काम गरेपछि यसको मुहार फेरिएको छ। तानसेन नगरपालिकाले उपप्रमुख प्रतीक्षा गाहा सिङ्जाली को संयोजकत्वमा डबली ब्यबस्थापन समिति बनाएपछि डबली लाई खुल्ला नाचघरको रुपमा आकर्षक बनाउन विशेष पहल गरिएको थियो।
डबली भित्र स्टेडियम, कफी हाउस,पार्किङ स्थल, हरियाली बगैंचा निर्माण गरिएको छ। करिब ५ सय जनाको क्षमता रहेको उक्त स्थानमा विभिन्न जातजाती तथा भाषाभाषिका समुदायले आफ्नो ऐतिहासिक तथा सास्कृतिक क्रियाकलाप हरु गर्न पाउने छन् । नगरपालिकाले डबलिको सुरक्षा तथा संरक्षणको लागि छुट्टै कर्मचारी समेत ब्यबस्था गरि आकर्षक सास्कृतिक स्थलको रुपमा ब्यबस्थापन गरिएको नगर उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालिले बताउनुभयो।डबली सञ्चालनमा आउँदा यहााँको कला, संस्कृतिको संरक्षण तथा पर्यटक प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताइन् । रोजगारीका अवसरहरु सिर्जना हुने, कला, संस्कृतिको प्रदर्शनीले पर्यटकको आगमनमा वृद्धि हुने विश्वास नगर प्रमुख सन्तोषलाल श्रेष्ठको छ ।