एसिया कप अन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै श्रीलंका फाइनलमा पुगेको छ भने पाकिस्तान प्रतियोगिताबाटै बाहिरिएको छ।

डकवर्थ लुइस नियम लागू गर्दै ४२ ओभरमा खेलिएको यो खेलमा श्रीलंकालाई २५२ रनको लक्ष्य दिइएको थियो।टोलीको यो जितमा कुसल मेन्डिसको महत्त्वपूर्ण योगदान थियो, जसले ९१ रनको इनिङ खेले। चरित असालान्काले अविजित ४९ रन बनाए।अब श्रीलंकाले सेप्टेम्बर १७ मा भारतसँग फाइनल खेल खेल्नेछ।