नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड ६ को रातामाटा (साविक नरपानी ७)मा स्कार्पियो जीप दुर्घटना भएको छ । दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा २ पुरूष र १ महिला रहेका छन् ।
दशै मनाउन कपिलवस्तुकाे कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्क आउँदै गरेको लंका यातायात प्रालिको लु.१ ज. ४३२९ नम्बरको स्कार्पियो जीप नरपानी र घुम्ती बिचमा पर्ने रातामाटा स्थित साङ्खोलामा दिउसो १२ बजे दुर्घटना भएको हो । घाईतेकाे उद्वारपछि जिल्ला अस्पतला अर्घाखाँचीमा उपचार भईरहेकाे छ ।
जीपमा ८ जना सवार थिए । मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन् । दुर्घटनामा परी जीपका चालक कपिलवस्तु बुद्धभूमिका वीरेन्द्र श्रेष्ठ घाइते भएका छन्। जीप अन्दाजी ५ सय मिटर तल खसेको छ । जीप पूर्ण रुपमा क्षति भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।
मुद्दामा सहभागी हुने कानुन व्यवसायीको संख्या र वर्तमान अवस्था हेरेर बहसमा समय व्यवस्थापन गर्न निवेदकका कानुन व्यवसायीहरूलाई न्यायाधीश सिन्हाले सुझाव दिए
परराष्ट्रमन्त्री बनेको करिब तीन वर्षपछि भारतको पहिलो द्विपक्षीय भ्रमणमा गएका ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने मौका समेत पाएनन्।
'सफल आरोहणपछि आरोही निर्मल पूर्जाले सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव जातिका लागि इतिहास बनाइयो ' उहाँले नेपालका लागि इतिहास बन्यो भनेर लेख्नुभएको छ ।