ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले जितेको हो । पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो।
करणले १४ बलको सामना गर्दै ३१ रन बनाएका थिए। उनले ३ छक्का र १ चौका प्रहार गरेका थिए।
नेपालले टस जितेर नेदरल्याण्डलाई ब्यटिङका लागि निम्त्तयाएको थियो। नेदरल्याण्ड १९.३ ओभरमा सबै विकेट गामउँदै १ सय ३३ रन बनाएको थियो। नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २० रन खर्चिंदै ४ वेकट लिएका थिए। नेदरल्याण्डका म्याक्स ओडोडले ४३ रन बनाएका थिए।
नेपालका लागि कप्तान पारस खड्काले ४१ बलमा ३३ रन बनाएका थिए। त्यसगरि बिनोद भण्डारीले २६ रनको योगदान दिएका थिए। नेदरल्याण्डका लगि भान डर मर्वले २ विकेट लिएका थिए।