अमेरिकी साम्राज्यवादद्वारा शुरु गरिएको व्यापार युद्धले स्वयं अमेरिका आर्थिक मन्दीको शिकार हुँदैछ । व्यापार युद्धले राम्रो परिणाम ल्याउने भविष्यवाणी राष्ट्रपति ट्रम्पले गरिरहेका छन् । तर अहिले संयुक्त राज्य अमेरिकालाई नै आर्थिक मन्दीले ग्रस्त पार्न थालेको छ । गतकालका  आर्थिक मन्दीहरु भन्दा यो मन्दी विशेष रुपले भिन्न छ । साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरुलाई लाग्ने क्यान्सर रुपी मन्दी, महामन्दीको यस्तो रोग बारम्बार बल्झिरहन्छ । पुँजीवादी अर्थशास्त्रीहरुले आर्थिक मन्दी, महामन्दीको  आर्थिक रोगलाई निको पार्ने सुत्र  निकाल्न सकेका छैनन् । आर्थिक मन्दीले सबैभन्दा बढी पीडा सर्वहारा वर्गलाई दिन्छ । मजदुरहरु बेरोजगारी, कामको घण्टामा कमी, ज्यालामा कटौती, सामाजिक सुरक्षामा कटौती र अभाव आदिको मारमा पर्छन र रोग र भोकमरीको शिकार हुन्छन् ।  धेरै जसो बैंक, बिमा तथा व्यापार व्यवसायी पनि टाट पल्टिन्छन् ।
संयुक्त राज्य अमेरिकामा सन् १९२९ मा आएको महामन्दी सबै भन्दा ठूलो र ज्यादै पीडादायक थियो । किनभने ठूला पुँजीपतिहरुले लाखौ टन अन्न लगायत अन्य कृषिजन्य उत्पादन नष्ट गरे । मानिसहरु बेरोजगार थिए, किन्ने उनीहरुसँग पैसा थिएन । यो नै पहिलो आर्थिक मन्दी होइन । सन् १८२२ दखि १८२३ को आर्थिक मन्दी अमेरिकामा आएको थियो । मन्दी भनेको के हो भन्नेबारेमा नेशनल व्यूरो अफ इकोनोमिक रिसर्चका अनुसार सार्थक आर्थिक गतिविधि जुन देशव्यापी रुपमा हुनुपर्ने हो त्यसमा गिरावट आउनु र जुन २ चौथाइ अथवा ६ महिनाभन्दा पनि बढी  समयसम्म सामान्य देखापर्ने वास्तविक सकल घरेलु उत्पाद (जिडिपि) वास्तविक आम्दानी, रोजगारी, औद्योगिक उत्पादन र थोक बिक्री तथा खुद्रा बिक्री प्रष्टसँग देख्न सकियोस् । यसलाई अनाडीको शब्दमा भन्ने हो भने ६ महिनाको अवधिमा जुन मुलुकको अर्थतन्त्र ओरालो लाग्छ त्यही नै आर्थिक मन्दी हो । पुँजीवादी अर्थशास्त्रीहरु के भनेर मन्दीको ढाकछोप गर्छन भने मन्दी सुन्दा खराब सुनिन्छ । तर मन्दी सधै गम्भीर हुदैनन् । धेरै पुँजी पक्षधरहरु के भन्छन् भने अर्थशास्त्रको यो एउटा अत्यावश्यकीय भाग हो  । जसरी ठीक माल सामानको मुल्य घटबढ हुन्छ, त्यसरी राष्ट्रिय सकल घरेलु उत्पाद (जीडीपी) पनि हुन्छ । हिसाब गर्दा संयुक्त राज्य अमेरिकामा ४७ वटा आर्थिक मन्दीहरु आइसकेका छन् । तैपनि यी मन्दीहरुमा थोरैमा वास्तविक मन्दी हुन् या होइनन् भन्ने प्रष्ट छैन किनभने दोस्रो विश्व युद्धभन्दा पहिले बेरोजगारी र सकल घरेलु उत्पाद (जिडिपि) तथ्यगत रुपले जम्मा गरिएका थिएनन् भनिन्छ । धेरै पुँजीवादीहरु के विचार गर्छन भने जटिल वैश्विक अर्थतन्त्रको अनिवार्य परिणाम मन्दी हो । स्वभावैले अर्थतन् त्रहरु घटबढ हुने गर्छन् । यसलाई सम्झेर आर्थिक श्रृङखलाहरु जो इतिहासमा भिन्न भिन्नै हुन्छन् । खर्च घट्ने श्रृङखला जस्तै ः
१) आर्थिक संकट
२) बाहिरी व्यापार झट्का
३) विपरीत पूर्ति झट्का
४) आर्थिक फोका फुट्नु ः
विगतमा आर्थिक संकटसँग जुद्धा पुँजीवादी तथा साम्राज्यवादी सरकारहरुले विस्तारवादी माक्रोइकानोमिक नीति लिन्छन् र तलका रणनीतिक नीति लिन्छन् ः
(१) मुद्रा आपूर्तिलाई बढाएर
(२) सरकारी खर्चमा बृद्धि गरेर
(३) करमा कटौती गरेर
आर्थिक संकटका किसिमहरु
आर्थिक संकटहरु विभिन्न रुप, आकार प्रकारका हुन्छन् र पुँजीवादी सरकारहरुले विभिन्न तरिकाले समाधान गर्दै आएका छन् । समाधान भनेर सधैका लागि नभएर अस्थायी रुपले केही वर्षका लागि टाल्दछन् । विश्वमा धेरै किसिमका आर्थिक संकटहरु आउँछन् । तिनीहरुमा पहिलो हो भी (√) आकारका आर्थिक मन्दीहरु ः यस्तो किसिमको मन्दी संयुक्त राज्य अमेरिकामा सन् १९५४ र १९९१ मा आएको थियो । भी आकारका मन्दीहरु छोटो र तिखो खालको सङ्कुचनबाट आउँछ र यो छिटो र स्थायी रुपले पुनप्र्राप्ति हुन्छ ।
दोस्रो मन्दी ः
यो यु (ग) आकारको मन्दी हो । यस यु आकारको मन्दीहरुले के संकेत गर्छन् भने लामो अचानक माल सामानको मागमा अवरोध आउँछ, जसमा विस्तारै घट्ने र सामान्य आर्थिक अवस्थामा आउन लामो समय लाग्छ ।
डब्लु (ध) आकारको मन्दी ः यो डबल तलतिर गएको मन्दी हुन् । यी मन्दीहरु तब आउँछ र जब अर्थतन्त्र तलतिर जान्छ र फेरि मास्तिर आउँछ । संयुक्त राज्य अमेरिकामा डब्लु आकारको मन्दी सन् १९८० र १९८२ मा  आएको थियो ।
एल (ी) आकारका मन्दीहरु ः यस्ता एल आकारका मन्दी छोटा हुन्छन् र अकस्मात तल जान्छन र केही समयका लागि अर्थतन्त्र खुम्चिन्छ । जापानमा एल आकारको मन्दी सन् १९९७ र १९९९ का बीचमा आएको थियो । यो ९ बाट ८ चौथाइमा खुम्चिएको थियो  ।
अन्तर्राष्ट्रिय मुद्राकोषले के पत्ता लगाएको दाबी गर्छ भने भूमण्डलीय आर्थिक मन्दीहरु आठ वर्ष र दश वर्षका बीचमा आउँछ । या साइकल चलिरहन्छ । जसमा भूमण्डलीय वास्तविक जीडीपी बृद्धि ३.० प्रतिशत अथवा त्यो भन्दा कम भयो भने आर्थिक मन्दी आउँछ । २००९ पछि यो परिभाषालाई फेरेर अर्को बढी जटिल खालको सुत्र बनाएको छ । जसअनुसार विश्व वार्षिक प्रतिव्यक्ति आयमा कमी र अरु माइक्रो इकोनोमिक सुचकांहरुलाई पनि लिनुपर्ने बताएको छ ।
विश्वको मन्दीको इतिहास ः
अन्तर्राष्ट्रिय मुद्राकोषले २००९ भन्दा पहिलालाई आधार बनाएर आधुनिक विश्वमा ६ वटा भुमण्डलीय मन्दी आएको छ । जुनः (१) १९७४ देखि १९७५ सम्म (२) १९८० देखि १९८३ (३) १९९० देखि १९९३ सम्म (४) १९९८ (५) २००१ देखि २००२ (६) २००८ देखि २००९ । एक वर्ष मात्र रहेका भूमण्डलीय आर्थिक मन्दी ः १९७५, १९८२, १९९१, २००९ । १९९१ को भुमण्डलीय मन्दी ६ महिना मात्र रहेको भन्ने विषयमा विवाद छ ।
उपरोक्त विवरणले मन्दीका किसिम र मन्दीका अवधिहरुबारे जुन विवरण दिइएको छ, त्यसले निकट भविष्यमा आउन लागेको आर्थिक मन्दी कति लामो समय रहन्छ त्यो त्यति प्रष्ट छैन तापनि सन् २००८ मा अमेरिकामा आएको मन्दी भन्दा अरु विशिष्ट खालको हुने अनुमान अर्थशास्त्रीको छ । अमेरिकामा हालै पनि मन्दीले केही स्टोरहरु बन्द भएका समाचार आउन थालेको छ । यो मन्दी अमेरिकामा मात्र सीमित नभएर युरोपेली युनियनमा पनि आर्थिक मन्दीका लक्षणहरु देखिन थालेका छन् । गत केही हप्तामा विश्व अर्थ जगतमा मन्दीको होहल्ला बेस्सरी चलेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको अस्पष्ट प्रशासनिक आर्थिक नीतिलाई लिएर न्यूयोर्कका फेडरल रिजर्भ बैंकका पूर्व अध्यक्ष बिल डुडले के भन्छन् भने अमेरिकी केन्द्रीय बैंकले ट्रम्प पुनः राष्ट्रपतिमा चुनिए भने विश्व अर्थतन्त्रलाई नै खतराको रुपमा लिनु पर्ने बताएका छन् । यसकारण संघीय रिजर्भ अमेरिकी बैंकका अध्यक्ष जीरोमी पोवेलले राष्ट्रपति ट्रम्पलाई संरक्षणवाद र व्याजको दर घटाउन आड भरोसा दिनु हुँदैन ।  कमसेकम फिडले दोस्रो पटक ट्रम्पलाई राष्ट्रपति हुनलाई सहायता गर्नु हुँदैन ।
अब विश्व अर्थतन्त्रको स्थितितिर चिहाऔं । दुई महादेशको आर्थिक जगतको तस्वीर चम्किलो नभएर अन्धकारमय देखिन्छ । कारखानाहरु पूर्णरुपले संचालित भएका छैनन् । धेरै जसो व्यापार व्यवसाय चौपट हुँदै गएका छन् । वैश्विक आर्थिक बृद्धि अस्पष्ट छ र दुई शक्तिशाली अर्थतन्त्र भएका संयुक्त राज्य अमेरिका र चीनका बीचको व्यापार युद्ध चलिरहेछ । केन्द्रीय बैंकले व्याजदर अरु कटौति गर्न सक्दैन । किनभने व्याजदर अत्यन्त न्यून छ । यदि घटाउने हो भने केन्द्रीय बैंकहरुले आफूले आफैलाई लुटाउनु हुनेछ । जब आर्थिक मन्दी आउँछ त्यस  बेला आफैलाई लड्ने गोला बारुद रुपी रकम चाहिन्छ । उच्च सरकारी ऋण राजनैतिक रुपले अनिश्चित हुन्छ र कर कटौति अथवा नयाँ पुलहरु सडकहरु र अरु सार्वजनिक योजनाहरुमा पैसा ओइ¥याउनु हुने छ । हावर्डि विश्व विद्यालयका केनेडी स्कूलका अर्थशास्त्री करेन डिनान के भन्छन् भने विगतमा आर्थिकसँग जुध्न हाम्रा हतियार सीमित  भएका थिए ।
अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकले विश्वको आर्थिक बृद्धिलाई तल झारेका छन् । गत अगस्ट महिनामा मुडीको इन्भेस्टर सर्विसले भुमण्डलीय अर्थतन्त्र २.७ प्रतिशत मै सीमित हुने अनुमान गरेको छ । विगत दुई वर्षमा ३.२ प्रतिशतमा थियो । अन्तर्राष्ट्रिय मुद्राकोषले चीनको अर्थतन्त्र ६.२ प्रतिशत हुने अनुमान गरेको छ जुन १९९० देखिको सबैभन्दा कम आर्थिक बृद्धि हो । यसको कारणमध्ये ट्रम्पको व्यापार युद्ध पनि एउटा पक्ष हो । चीनको अर्थतन्त्रमा आएको चिसोपनले गर्दा चिलीको तामा र फलामको धाउ उत्पादन गर्ने अस्टे«लियालाई काम छुटेको छ । किनभने चीनका कारखानाहरुलाई कच्चा पदार्थ निर्यात गर्दथे ।
राष्ट्रपति ट्रम्पले सद्भावना स्वरुप चीनमाथि अन्तःशुल्क बढाउने योजनालाई अक्टोबर १ तारिखदेखि १५ अक्टोबरसम्म स्थगित गरेका छन् । अमेरिकाले २५० अरब अमेरिकी डलर मूल्यका चिनियाँ माल सामानमा २५ प्रतिशत अन्तशुल्क लगाउने योजना गरेको थियो । अन्तःशुल्क लगाउन दुई हप्ता लगाउनुको कारण के हो भने चीनका उपप्रधानमन्त्री ल्यू ही को अनुरोधलाई स्वीकारेर स्थगित गरिएको बताइएको छ । ल्यूले अक्टुबर पहिलो तारिखमा चीन ७० आंै वार्षिकोत्सव मनाउँदै छ भनेर ट्रम्पले आप्mनो ट्विटरमा भनेका छन । जब कि ट्रम्पले ११२ अरब अमेरिकी डलरका चिनियाँ उत्पादनहरुलाई अरु बढी अन्तःशुल्क लगाउने अनुमान गरिएको थियो । यसको बदलामा चीनले ७५ अरब अमेरिकी डलरका अमेरिकी माल सामानमा अतिरिक्त अन्तःशुल्क लगाएको थियो । हालैका हप्तामा दुवै पक्षका बीचमा थोरै सम्बन्धमा सुधार देखिएको छ । किनभने चिनियाँ अधिकारीहरु अक्टोबरमा अर्काे चरणको कुरा गर्न अमेरिकाको भ्रमण गर्न सहमत भयो । शायद सद्भावना स्वरुप चीनले अमेरिकी उत्पादनहरुको छुट दिने नामावली प्रकाशित गरेको थियो । आगामी हप्ताहरुमा अरु छुट दिने घोषणा गर्ने छ । छुट दिने माल सामानहरुमा क्यान्सरका औषधिहरु र विशेष केही केमिकलहरु, जुन चीनले आफै उत्पादन गर्दैन तर ती वस्तुहरु अमेरिकी निर्यात हुने सुंगुरको मासु र भटमास चाहिं सामेल गरिएको छैन, जुन बेजिङले ट्रम्पको अन्तःशुल्कलाई निशानामा राखेको छ । यस बारेमा टिप्पणी गर्दै चीनले अन्तःशुल्कमा छुट दिएको चीनको कदमको ट्रम्पले स्वागत गर्दै “चीनको यो कदमले चाँडै नै व्यापार युद्धमा सम्झौता हुने छ” भन्दै व्यापार युद्ध झन खराब हुँदै गएको थियो र “चिनियाँहरु एउटा सम्झौता हुनेछ भन्दै व्यापार युद्ध झन खराब हुँदै गएको थियो र चिनियाँहरु एउटा सम्झौता गर्न चाहन्छन्”  भने ।
चीन र संयुक्त राज्य अमेरिकाको व्यापार युद्धले गर्दा युरोपेली युनियनमा पनि आर्थिक मन्दीको शुरुआत भएको छ । युरोपको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक इटालीमा पनि मन्दी आउने संकेत देखिन थालेको छ । बेलायतले यूरोपेली युनियनबाट हट्ने र स्वतन्त्र हुने प्रयासको फलस्वरुप बेलायतको अर्थतन्त्र पनि खस्किएको छ । युरोपेली युनियनबाट बेलायत हट्छ हट्दैन त्यो अनिश्चित छ । युरोपेली युनियनको युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुक जर्मनी आर्थिक मन्दीतिर लरखराउँदै अगाडि बढिरहेछ । कारखानाका अर्डरहरु कम हुँदै गएको छ भने  इटालीको उत्ताउलो राजनीतिले गर्दा लगानीकर्ताहरु  निरुत्साहित भएका छन् । इरोजोनकी प्रमुख अर्थशास्त्री अक्सफोर्ड अर्थशास्त्री एन्जेल टालाभिरा के भन्छिन भने यूरोपेली युनियनले बेलायत हटे पनि सामना गर्न सक्छ यो खराब भए पनि यसको व्यवस्था गर्न सक्छ भन्ने एउटा विचार थियो । अहिले यो सँग सबैको चासो के देखिन्छ भने यूरोजोन कमजोर हुँदै गएको छ र बेलायत हटेपछि आर्थिक मन्दीमा जाने छ ।
अमेरिकी व्यापारीहरु अन्तःशुल्कसँग संघर्ष गरिरहेछन् । के भविष्यवाणी गर्दै छन् भने नाफा कम र ज्यालामा कटौती गर्ने छन् यदि लेभी पनि लगाइयो भने सबै डिसेम्बरका लागि प्रभावकारी हुने छ । अमेरिकी च्याम्बर अफ कमर्स जुन सांघाईमा छ जसले गरेको मत सर्भे गर्दा  के पायो भने व्यापार युद्ध लड्दा यसका सदस्यहरुको योजनाहरु अनुसार राजस्वमा बृद्धि, भविष्यको आशावादीता र भविष्यको लगानी योजनाहरुप्रतिको आशा व्यक्त गरिएका थिए । मुडीको विश्लेषणात्मक अनुमान के छ भने व्यापार र युद्धले ३००,००० अमेरिकीको रोजगार गुमिसक्यो यो बढेर ४,५०,००० को रोजगारी गुम्ने छ भने आगामी अर्को वर्षको अन्त्यसम्ममा ९,००००० रोजगारी गुम्नेछ । अन्य यूरोपेली मुलुकहरुमा कतिले रोजगारी गुमाएका छन् । त्यो अनिश्चित छट ।यसबाट के सिद्ध हुन्छ भने मन्दी महामन्दीको सबैभन्दा ठूलो मार सर्वहारावर्गमाथि नै पर्छ ।
आजको साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरुले जतिसुकै कोशिस गरे पनि मन्दी, महामन्दीलाई रोक्न सक्दैनन भन्ने विवरण माथि उल्लेख गरिसकिएको छ । साम्राज्यवाद, विकसित पुँजीवादी मुलुक र विकासोन्मुख मुलुकका सर्वहारावर्गको अन्तर्राष्ट्रवादी संगठनको अभावमा पुँजीवादी दासता तथा साम्राज्यवाद विरोधी संघर्ष सशक्त हुन सकेको छैन । साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरुले सर्वहारावर्गलाई टे«ड युनियन बनाउनबाट नै बञ्चित गरेका छन् । यसकारण एउटा सर्वहारा अन्तर्राष्ट्रवादीको संगठनको निर्माण अत्यावश्यक भएको छ । साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरुले अन्तर्राष्ट्रिय श्रम संगठनको निर्माण गरेर विश्वका मजदुरहरुलाई एक हुनबाट रोक्ने काम गरिरहेछन् । विश्वका टे«डका नेताहरुलाई भ्रष्ट पारेर आफ्नो पुँजीवादी, साम्राज्यवादीका स्वार्थ जोगाउँदै आएका छन् ।