राजधानीमा नेपालको स्वाधिनताको लागि लडि विजय प्राप्त गरिएको सिन्धुली गढीको बारेमा एक कार्यक्रमका बिच इतिहासको स्मरण गरिएको छ । समृद्ध सिन्धुली अभियान संस्थाको आयोजनामा पर्यटन वोर्डको हलमा भएको कार्यक्रममा इतिहासकार तथा प्राज्ञ दिनेशराज पन्त इतिहासकार तथा नेपाली सेनाबाट सेवा निवृत डा. प्रेमसिंह वस्न्यात इतिहारकार तथा नेपाली सेनाबाट सेवा निवृत मोहन थापा ललित कला प्रज्ञा प्रतिष्ठानकी शुष्मा राजभण्डारी लगायतकाको उपस्थििती थियो । इतिहासलाई स्मरण गर्दै आगामी असोज १५ गते विजय हासिल गरेको गौरबपूर्ण दिनको अवसरमा सिन्धुली गढीमा चित्रकला आयोजना गरिएको छ ।
पृथ्वी नारायण शाहको नेतृत्वमा नेपाल एकीकरणको सिलसिला चल्दै जाँदा उपत्यकाका मल्ल राजाको सहयोगका लागि ईष्ट ईण्डीया कम्पनीबाट किनलगको नेतृत्वमा आएको बिर्टीस फौजलाई नेपाली फौजले हराएको किल्लाको रूपमा सम्झदै इतिहासको पुनस्मरण गरियो । कार्यक्रमका वक्तको निचोड थियो यदी सिन्धुली गढीमा युद्धमा नेपाली फौजले हार खाएको भए आजको नेपाल हामी नपाउन पनि सक्थौं ।