यो कुनै उधोग बाट निस्केको धुवाँ होइन।या बनजङ्ल मा फोहोर थुपारेर लगाइएको आगोको मुस्लो पनि होइन।या सर्बसाधारण ब्यक्तिले घर नजिकै करेसाबारिमा जम्मा गरेको फोहोर डढाएको पनि होइन । यो त काठमाडौं को एक प्रतिष्ठित अस्पताल ले औसधिजन्य फोहोर लाई जलाइएको दृश्य हो।काठमाडौं को बि एण्ड बि अस्पताल ले प्रत्येक दिन बिहानै यस्तो गर्ने गर्छ। यसो त काठमाडौं का अधिकासँ अस्पतालले यस्तै गरि फोहोर बिसर्जन गर्छन् । अब प्रश्न उठ्छ ,औसधिजन्य फोहोर यसरि मानवीय बस्ती को बिचबाट धुवाँ बनाइ उडाउन पाइन्छ ?मानवीय स्वास्थ्य को लागि सबैभन्दा हानिकारक धुवाँ यहि अस्पताल ले जम्मा गर्ने फोहोर बिसर्जन गर्दा आउने धुवाँ हो।एक त काठमाडौंबासी हरु सवारी साधन को धुवाँ र बाटो को धुलोले गर्दा अत्यन्तै अस्वस्थ बनिरहेका छन् अर्को तिर मानव स्वास्थ्य को उपचारको लागि भनेर खोलिएका यस्ता दर्जनौ अस्पतालहरुले उल्टो काठमाडौं को हावामा बीस फैलाइरहेका छन् ।काठमाडौं वरिपरि ठूलो पहाडले घेरिएको र खाल्डोमा मानव बस्ती रहेको ले यहाँ को सबैजसो धुलो धुवाँ बाहिर जान पाउदैन।अर्को तिर घरैघरको शहर भएकोले रुख बिरुवा नहुदा अक्सिजन को कमि र कार्बनडाइअक्साइड को मात्रा बढेर मानव स्वास्थ्य खतरामा रहेको छ। यसैले अस्पताल ले समेत मानव स्वास्थ्य माथी खेलवाड गरिरहेको देखिन्छ।स्थानिय समाजसेवी हरुले पटक पटक यसरी औसधिजन्य फोहोर बिसर्जन नगर्न आग्रह गर्दा पनि रोकिएको छैन।अस्पताल को लापरबाही ले जोसुकै ब्यक्तिको ज्यान जोखिममा पनि भएको ले सबैले यस्ता कार्य रोक्नको लागि दबाब दिनुपर्नेछ।