काठमाडौं

नेपाली हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा चर्चित जनवादी गायिका निलिमा पुनले प्रदेशमा गएर काम गर्ने नेपाली चेलीहरुको कथा र व्यथालाइ समेटेर नयाँ तीज गीत जनसमक्ष ल्याएकी छन् ।  जनगायक जीवन शर्माको युट्युव च्यानलबाट  जनगायिका पुनको ‘प्रदेशी चेलीको बेदना’ आज सार्वजनिक गरिएको हो ।

मौलिकता हराउदै गएको र पछिल्लो समयमा तीजका नाममा आर्इरहेको विकृतिको परिवेशबाट जोगिदै गायिका निलिमले आफ्नो तीज गीत मार्फत मातृभूमि छोडेर रोजगारीका लागि  प्रदेश पुगेका नेपाली चेलीहरुको मर्मस्पर्शी भावना समेटिएको तीज गीत बजारमा ल्याएकी छन् । गीतमा शब्द र संगीत स्वयं निलिमा पुनकै रहेको छ भने स्वरमा उनलाइ बिमा पुन र सुकमाया बुढाथोकीले साथ दिएका छन् । गीतको एरेन्ज नारायण दङ्गालले गरेका छ्न भने दृश्य सम्पादन तुलसी बास्कोटाले गरेका छन् । गीतमा रक्तिम साँस्कृतिक अभियानमा लामो समय क्रियाशील रहेका धेरै कलाकारहरुको नृत्य र अभिनयलाई समेटिएको छ । बाँकी यो भिडियोमा