नेपाल विद्युत प्राधिकरणले ३४ ‌औ वर्षित्कोत्सब मनाइ रहदा सस्थाको नाफा एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको छ ।सस्थाले यही भाद्र १ गते  ३४ ‌औ वर्षित्कोत्सब मनाउदै छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्दि्रत भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ ।

विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो मात्रामा रहेको घाटा घटाउदै प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो ।

आर्थिक वर्ष २०७४/७५ मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले एक वर्षमा नै सञ्चित नोक्सानी १० अर्बले घटाएको छ ।

प्राधिरकणले प्रत्येक वर्ष आफ्नो सञ्चित नोक्सानीलाई खुम्च्याउँदै लगेको छ । अबको एक देखि दुई वर्ष भित्रमा प्राधिकरण सञ्चित नोक्सानीबाट बाहिर निस्कने अनुमान गरिएको छ ।

प्राधिकरण उच्च घाटमा गएपछि आव ०६७/६८मा सरकारले २७ अर्ब १८ करोड रुपैयाँ सञ्चित नोक्सानी मिनहा गरेको थियो ।