सर्लाहीबाट काठमाडौं आइरहेको ना ६ ख ७४६९ नम्बरको बस आज बिहान करिब ३ बजे धादिङको बेनिघाट रोराङ ३ सलाङघाटमा दुर्घटनामा परेको छ।

धादिङखा प्रमूख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार बस त्रिशूली नदीमा खसेको छ।

घटनास्थलमा नै रहेका पाण्डेयले बसबाट ३ जनाको मृतकको शव निकालिएको र १४ जना घाइतेको उद्धार गरेको जानकारी दिएका छन्। उनले क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको बताए।

उनका अनुसार बस अप्ठ्यारो ठाउँमा खसेको र डोरीको सहायतामा तल झरेर उद्धार गर्ने काम भइरहेको जनाए।

 

प्रारम्भिक अनुसन्धानबाट चालक निदाएका कारण बस दुर्घटना भएको देखिएको छ। बसका लागि ३८ जना यात्रीहरुको चलान काटेको देखिएको भएपनि  बसमा सो भन्दा बढि यात्रीहरू रहेको हुनसक्ने उनले बताए।