आविष्कार कला
सीमानामा बाँध होइन काडेँतार लगाईदेऊ सरकारले डुवानको चिन्ता भगाईदेऊ ।
निजिकरण मौलाउदैछ समाजवादको यात्रामा शिक्षा स्वास्थ्य निशुल्क त गाईजात्रामा l
समाजवादको यात्रा भनी सरकार कता जादैछ महंगी र भष्टाचारले जनताको मन खादैछ ।
मेचि देखी महाकाली सुन फल्ने ठाउमा छिमेकीको ठुला बाँधले डुब्यो गाउ गाउमा ।
देशलार्इ बेहाल बनाउदैछ छिमेकीको छुरीले उसका बाँध हटाईदेऊ बाढी अनि हावाहुरीले ।
देशका युवा निर्यात गर्न सम्झौता गर्दैछन तरकारीको विषादीले जनता मर्दैछन ।
विकासको नाममा पहाडलाई चिरेर वस्ती सारा उठायो पहिरोले गाउ छिरेर ।
धन कमाउने आशामा उड्दै जान्छन आकाशमा मरुभूमिले ज्यान लिई आउछन् बाकसमा ।
देशका भविष्यलाई नपठाउ विदेशमा यही माटोमा सुन फलाउ हामी स्वदेशमा ।
विश्वभर विकासको नयाँ लाली छाउदा नि नेपालको उही हालत दुई तिहाइ आउदा नि .
हिमाल पहाड तराईका सबै जनता पुकारौ सबै खाले वेथितिको घुम्टो उघारौ । everestkala@gmail.com