विश्वमा प्रचलित विभिन्न चिकित्सा पद्धतिहरु मध्ये आयुर्वेद चिकित्सा पद्धति सबैभन्दा पुरानो र भरपर्दो चिकित्सा पद्धति हो । स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षाको लागि केवल एउटा चिकित्सा पद्धतिबाट मात्र सम्भव नहुने कुरा विश्व स्वास्थ्य संगठनले समेत स्विकारी सकेको छ । आयुर्वेद जीवन सँग सम्बन्धित एउटा विज्ञान हो । जसमा जीवनको संरक्षण संवद्र्धन सम्बन्धी सम्पूर्ण ज्ञानहरु उल्लेख गरिएको छ । यी सबै जडिबुटिको महत्व आफ्नै किसिमको छन् तर यहाँ उल्लेख गरीएको जडिबुटी यस्ता छन् जुन चिन्न सकियो भने सजिलै बन जगंल र हाम्रै घर वरीपरी पाइन्छन । विभिन्न एेजेन्सीहरुको सहयोगमा स्वास्थ्यवद्धक यो सामग्री तयार पारेका छौ ।

१.भुइँअमला     भुइँअमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ ।

२.भलायो     सुकेको भलायोको बीउलाई पिंधेर धुलो पार्ने र २–३ ग्राम भलायो चुर्णलाई नरिवलको घिउसँग मिलाएर सेवन गर्नाले पेटसम्बन्धी सम्पुर्ण रोगहरु निको हुन्छ । यसले पेटको जुका मार्छ । शक्ति प्रदान गर्छ । वीर्यको मात्रालाई बढाउँछ ।

३.बकाइनो    यसको फल, पात वा बोक्रालाई पिसेर लेदो बनाई लुतो–घाउ खटिरा आएको ठाउँमा लगाउने वा बकाइनो चुर्णलाई मनतातो पानी वा दुधसँग मिलाएर नियमित पिउनाले विभिन्न प्रकारका चर्मरोग ठिक हुन्छ । यसको प्रयोगले महिलाहरुको शिथिल गर्भाशयलाई दह्रो बनाउँछ । पेटको जुका मार्छ ।

४.सिस्नो      सिस्नोको मुल जरा, पात वा मुन्टालाई काँचै पिधेर रस निकाली दैनिक पिउनाले वा यसको ताजा पात वा मुन्टालाई तरकारीको रुपमा पकाई खानाले रक्तअल्पता, पिसाव तथा पेटसम्वन्धि सम्पुर्ण रोगहरुमा राम्रो फाइदा पुप्याउँछ । आँखा तथा छालालाई सुन्दर राख्दछ ।

५.घोडताप्रे      गाउँ घरतिर बारीको डिल वा बाटो वरीपरी सजिलै पाइने घाडताप्रे आर्युवेद उपचार पद्धतिमा निकै उपयोगी जडिबुटि हो । घोडताप्रेको पुरै भाग वा पातहरुलाई कुटेर त्यसमा मह वा मिश्री धुलो मिलाएर पटक–पटक सेवन गर्नाले बाथरोगी, कुष्ठरोगी, नशासम्बन्धि सम्पुर्ण रोगीहरुलाई फाइदा पुग्छ । त्यस्तै यसको निरन्तर सेवनले स्मरण शक्तिलाई तेजिलो बनाउने, रगत सफा गर्ने, पिसाब खुलाउने, खानामा रुचि बढाएर खाना अपच भएमा यसले पाचकको रुपमा काम गर्छ ।  त्यस्तै निद्रा नलाग्ने समस्या छ भने पनि समाधान हुन्छ । घोडताप्रेकोे पुरै बोटलाई सुकाएर चुर्ण बनाई ४–५ ग्राम मह वा मिश्री पानीमा मिलाएर दिनको दुई पटक प्रयोग गर्नाले वा यसको पुरै भागलाई पकाएर मनतातो भएपछि यौनाङ्ग वा शरीरका अन्य भागमा सफा गर्नाले चर्म सम्बन्धि रोगहरु निको हुने गर्दछ ।

६.घ्यूकुमारी     घ्यूकुमारीको छिप्पिएको पातभित्रको गुदिलाई पिंधेर ध्यूसँग मिलाएर पोलेको घाऊमा लगाउनाले घाउको दुखाई कम हुनुका साथै फोका नउठ्ने र छिट्टै निको हुन्छ ।  यसको गुदी ५–१० ग्राम वा १०–२० मि.ली. रसलाई बिहान–बेलुका खानाले गानोगोला, ग्याष्ट्रिक, महिनावारीको गडवढी, पेट तथा कलेजोको रोगहरुमा राम्रो फाइदा गर्छ ।  त्यस्तै बाथरोग, फियोको समस्या, पेटको वायुमा यसले राम्रो काम गर्छ । यौनशक्ति बढाउनु परेमा यसको प्रयोग अति जरुरी छ ।

७.कुरिलो    यसको सुकेको वा ताजै जरालाई पिधेर चुर्ण भए ४–८ ग्राम र रस भए दुई–चार चम्चामा मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दुध बढ्छ । यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको १०–२० मि.लि. रसलाई दिनको दुई पटक दुधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने, गर्भ तुहिने, बाथरोग आदिलाई निर्मुल पार्छ ।  मस्तिष्कको दुर्वलतालाई हटाउँछ । पुरुषहरुमा वीर्यको मात्रा बढाउँछ । पिसाबलाई राम्रोसँग खुलाउँछ । आउँ, झाडापखला, पेटको दुखाई, मधुमेह जस्तो रोगहरुको लागि अत्यन्त लाभप्रद छ ।

८.सिमल     सिमलको २–३ ग्राम खोटोलाई पानीसँग खानाले वा यसको मुल जरा र फुललाई गाईको घिउमा भुटेर यसमा थोरै सिधे नुन मिलाई खानाले अतिसार, रक्तपित्त, रक्तप्रदर, श्वेतप्रदर, बाथरोग आदिमा टोनिकको रुपमामा काम गर्छ । आउँ र झाडापखला रोक्छ ।

९.खयर     २०–३० बर्ष पुरानो रुखको भित्री भागलाई स–साना टुक्राहरु बनाई काटेर माटोको भाँडोमा हाल्ने र एक पाथी पानीमा घण्टौ पकाई आधा माना पानी बाँकी रहेपछि झिक्ने र त्यसपछि उक्त झोललाई छानेर काठको बाकसमा खन्याई चिसो पार्ने । अब राम्रोसँग जमेको क्वाथलाई बाकसबाट निकालेर स–साना टुक्रा पारेर घाममा सुकाई ओभानो भाँडोमा भरेर राख्ने । त्यसपछि १५–२० मिलीग्राम बोक्राको क्वाथलाई महसँगि मिलाएर खानाले वा स–साना टुक्रालाई मुखमा राखी चुसिरहनाले मुख तथा पेटको घाउ–खटिरा, रक्तविकार, अतिसार, श्वाससम्बन्धि रोग, दाँतसम्वन्धि सम्पुर्ण रोगहरु नाश हुनुको साथै उक्त झोललाई छालामा लगाउनाले छालासम्वन्धि सम्पुर्ण रोगहरु निको हुन्छन् । कुष्ठरोगमा यसको प्रयोगबाट राम्रो फाइदा गर्दछ ।

१०.पारिजात       यसको छिप्पिएको वीऊ र पातहरुलाई छायाँमा सुकाएर पिस्ने । यसरी पिसेर तयार पारिएको पारिजातको २–३ ग्राम चुर्णलाई थोरै मनतातो पानीमा घोलेर दिनको दुई पटक केहि दिनसम्म खानाले ज्वरो, खोकी, दम, मलेरिया ज्वरो आदिलाई नाश गर्छ । पेटको जुकालाई मार्छ । यसको पात तथा बीऊलाई पिँधेर निस्केको १५–२० मि.लि. रसलाई दिनको दुई पटक नियमित सेवन गर्नाले अत्यन्त फाइदा गर्छ ।