मिति २०७६।०३।०७  गोर्खा

आज एक कार्यक्रम विच ऐतिहासिक गोर्खा दरवार परिसरमा रहेको गुरु गोरखनाथको प्राकट्य स्थान गोरखनाथ गुफाको मूलद्वारमा “पृथ्वीको संकल्प” नामक पूर्णाङ्कि नाटक लोकार्पण भएको छ ।

गोरखनाथ मन्दिरका मूल पुजारी प्रदिपनाथ योगीले उक्त नाटकको लोकार्पण गर्नु भएको थियो । उहाँले पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा दिएको योगदान, उनको परिकल्पना, दिव्योपदेशले दिन खोजेको मार्गदर्शन र नेपाली राजनीतिको निकासको वाटो नै पृथ्वीनारायण शाहको दिव्योपदेश हो भन्नु भयो ।

तेसैगरि नाटकका रचनाकार रामेश्वर राउत मातृदासले नाटक लेखिनुको कारण र नाटकले वतर्मान नेपाली साहित्य र राजनीतिलाई दिन खोजेको सन्देश बारे प्रष्ट्याउनु भयो भने इतिहासको उत्खनन ,इतिहासको रक्षा र भावी पिढिमा इतिहास बारेमा जानकारी दिन पनि नाटकको अहम भुमिका हुने तर हालसम्म नेपाली साहित्यमा पृथ्वीनारायण शाहलाई केन्द्रबिन्दु बनाएर नाटक नलेखिएको हुँदा यसको नौलो शूरुवात गरेको बताउनु भयो ।

कवि एवम् नाटककार मातृदासको यो अठारौ कृति हो । नाटकमा मुलरुपमा तत्कालीन नेपाली समाज ,परिस्थिति एकीकरणको आावश्यकता एकीकरणमा योगदान दिएका वीर वीराङ्गनाहरुलाई सजीव पात्रका रुपमा प्रस्तुत गरि नया कार्यको थालनी भएको छ । उक्त कार्यक्रम कवि आविष्कार कलाले तत्कालीन परिस्थितिको जानकारी र दिव्योपदेशको ‍औचित्य माथि प्रकाश पार्दै संचालन गर्नु भएको थियो ।