काठमाडौं असार ४
गुठी विधेयक खारेजीको माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । काठमाडौंको विभिन्न ठाउँबाट सुरु भएको विशाल जुलुस माइतीघर आइपुगेको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै मंगलबार विधेयक फिर्ता लिएको घोषणा थिइन् तर पनि काठमाडौंबासीहरुले त्यसमा चित्त बुझाएनन् । हजारौं सर्वसाधारण नेपाली झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए ।
विरोध प्रदर्शनमा सहभागी हुन काठमाडौं, पाटन, भक्तपुर, खोकना, हाँडीगाउँ, बनेपासहित उपत्यकाका विभिन्न ठाउँबाट प्रदशनकारी आएका थिए ।