धावन मार्गको मर्मत सुधार र पार्किङ क्षेत्र विस्तारको कामको लागि वैशाख २२ देखि बन्द रहेको धनगढी विमानस्थल आजबाट सञ्चालनमा आउन लागेको हो ।
८५० मिटर लम्बाई र साढे ४ फिट गहिराइको खाडल पुरिसकेपछि कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बुढथापाले बताए ।
झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, पार्किङ क्षेत्र विस्तारलगायतको कार्य सुरु भएको थियो ।