आविष्कार कला
फेरि देशको
First point of aries बाट
देशलार्इ चियाउदै छ बजेट
यसपालीको बजेट पनि
कुर्सीका जिल्लामा ९०° मा परेको छ
पहुच नहुनेतिर त इतिहास लार्इ नै निरन्तरता ।
दशैमा बजैले दिएको अर्सिवाद
जस्तै छ बजेट
लामो अर्सिवाद कति लाग्छ कुन्नि ?
त्यस्तै
बजेटको पूर्णपाठ कति कार्यान्यन हुन्छ ?
वजैले दिएको दक्षिणा
जति छिटो सकिन्छ
तर त्यति छिटो सकिन्न देशको बजेट
मात्र सकिन्छ आर्सिवाद जस्तै ।।
देशका बजैहरूलार्इ
बजेट भाषण गर्न दिए
सकिन्थ्यो कि बजेट
दक्षिणा साटे झै बजेट साट्न खोजे ।।
वस्ती जगाउदै आउने
पानीको वगे
र
बजेट भाषणको वेगमा केही फरक छैन
न ति नदीबाट बिद्युत निस्कन्छ
न बजेट पुरा खर्च हुन्छ
जलस्रोतमा धनी छ भनी
मेलम्चीको समाचार सुने जस्तै
विकास निर्माण
रातो किताबमा लिपिवध्द भर्इरहन्छ
नविकरण पनि वार्षिक रूपमा
जमिनमा गर्न हुदैन विकास
यसले पर्यावरण बिग्राछ ।
यसपालीको बजेट
बहादुर सिंह
र
पुतलीलार्इ पनि आएको छ
किनकि
यस पाली उनीहरू तीन विस १० पार गरिसके
तर
कुवामा पानी लिन २ घण्टा
सदरमुकाम पुग्न
पुरै दुर्इ दिनको मार्चपास गरिरहन्छन ।
आयो कि आएन खै ।।
बजेटको संरचना कस्तो छ कुन्नि
भूकम्पले हल्लाउने हो कि
बाढी पहिरोले वगाउने हो कि
तातो लुले अत्ताउने हो कि
हिमपातको चिसोले कठ्ङग्रीने पो हो कि ।।
सिखरमा पुगोस बजेट
देउराली,चौपारीमा सितल खादै
भरिया झै सुस्त सुस्त भए पनि
कञ्चनजङ्घा को काखमा
महाकालीको पाखामा
जलजलाको सिरमा
धनुषाको मुसहरनिया
सगरमाथाको सिरमा ।। everestkala@gmail.com