काठमाडौ, नेपाल विद्युत प्रधिकरण, विद्युतकर्मी साहित्यिक समाजको छैटौं वार्षिक साधारणसभा  मिति २०७६।०२।१७ का दिन नेपाल विद्युत प्रधिकरणको सभाहलमा एक कार्यक्रमका विच सम्पन्न भएको छ ।

उक्त  साधारणसभाले अगामी छैटौं कार्यकालका लागि नयाँ कार्यसमितिको निर्वाचन गरेको छ । निर्वाचित कार्यसमितिमा अध्यक्ष कृष्णदेव रिमाल , उपाध्यक्ष राजु शर्मा , सचिव प्रकाश आचार्य, सहसचिव वाइ आर घले , कोषाध्यक्षमा शारदा पराजुली र सदस्यहरूमा आविष्कार कला ,संगीता अधिकारी, रीता खनाल , विष्णु आचार्य, वलराम पुडासैनी निर्वाचित हुनुभएको छ ।

विद्युतकर्मी साहित्यिक समाजले त्रैमासिक रूपमा साहित्यिक पत्रिका अमरज्योति पनि निरन्तर प्रकाशित गर्दै आएको छ । साधारणसभाको साथै उक्त समयमा अमरज्योति अंक ४२ मा विमोचन गरिएको थियो ।