१५ जेठ, काठमाडौं । के तपार्इ योग्यता भएर पनी बेरोजगार हुनुहुन्छ अनी सरकारी जागिर खान चाहनुहुन्छ भने लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ ।

स्थानीय तहहरुको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ क्रमस चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको छ ।

 

 

आयोगको विज्ञापन अनुसार सबैभन्दा धेरै महोत्तरीको जलेश्वर कार्यालयबाट १ हजार ३ सय १ जना कर्मचारी मागिएको छ । जलेश्वर कार्यालयले इन्जिनियरिङतर्फ मात्रै ५ सय कर्मचारी माग गरेको छ ।

साधारण दस्तुर तिरी असार ३ गतेसम्म अनलाइनमार्फत दरखास्त बुझाउन सकिन्छ भने दोब्बर दस्तुर तिरेर असार १० गतेसम्म दरखास्त बुझाउने सकिने छ ।  विज्ञापन वारेमा जानकारीका लागि तलको लिङ्कमा क्लिक गर्न सक्नुहुन्छ ।

http://www.psc.gov.np/uploads/scroll_update/201905281059545ced6c8e4f679.pdf