काठमाण्डाै – बैशाख २२ आइतबार

दार्शनिक तथा राजनीतिशास्त्री कार्ल मार्क्सको अाज एक कार्यक्रमका साथ प्रज्ञा प्रतिष्ठानमा जन्मजयन्ती मनाइदैछ । उहाँको जन्म सन् १८१८ को मे ५ मा जर्मनिमा भएको थियो ।

कार्ल मार्क्सलाई उनका दार्शनिक र राजनैतिक रचनाहरुका अाधारमा अाधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनितिक दार्शनिक मानिन्छ । सन् १८४५ मा २९ वर्षको उमेरमै मार्क्सले फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्नुभएको थियो ।

यो घोषणापत्र संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको दस्तावेज मानिन्छ । घोषणापत्रले पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषणरहित र पूर्ण रूपमा मुक्त समाजको निर्माण कसरी सम्भव छ भन्ने व्याख्या गरेको छ ।

झण्डै १ सय ७० वर्षपछि पनि समाज परिवर्तनको स्वरूप विश्लेषण गर्न यो दस्तावेज सफल छ भनेर कम्युनिष्ट पार्टीहरुले दाबी गर्ने गरेका छन् ।

पछिल्ला दिनमा विश्वमा देखिएका पुँजीवादी स्वरूपहरू र वर्ग विभाजनको अवस्थालाई हेर्दा मार्क्सकाे घोषणापत्र झनै आवश्यक र व्यावहारिक रहेको मार्क्सका अनुयायीहरुको दावी छ ।

तर पछिल्लो समय कार्ल मार्क्सको नाम मात्र लिने तर उनले देखाएको बाटोमा नलाग्ने गरेको भन्दै आलोचना पनि हुने गरेको छ । नेपालमा पनि कम्युनिष्ट पार्टीहरुले आइतबार मार्क्सकाे जन्मजयन्ती मनाउँदैछन् ।