सदाझैं नेपाली राष्ट्रियता, राष्ट्रिय एकता तथा पृथ्वी जयन्ति जस्ता महत्त्वपूर्ण विषयमा छलफल, तर्क-वितर्क तथा विचार-विमर्श गर्ने अवसर फेरी आईपुगेको छ। आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको नेतृत्त्वमा त्यसवेलाको गोरखाको शक्तिले नेपालमण्डल विजय पुरा गरेको २५२ वर्ष र नेपालको एकिकरणको क्रमलाई पूर्वमा टिष्टा नदी सम्म पुर्याएको २४८ वर्ष वितिसकेछ। पृथ्वीनारायाणले अत्यन्त कठोर प्रयत्न र संघर्ष गरेर नेपाल एकिकरणको जग वसाले हामी चाहीं त्यस्ता नायकको जयन्तीलाई राष्ट्रिय मान्यताकसाथ् एकता दिवसको रूपमा मनाउनु पर्यो भनेर अझै संघर्षरत नै रहनु परेको दु:खद स्थितिमा नै छौं। झण्डै तीन शताब्दी अघिको कठोर सामन्ती र सम्राज्यवादी युगका यी नायक आश्चर्यपूर्ण ढंगले साझा संस्कृति र स्थानीय शक्तिलाई एक ढिक्को वनाई (उनको भाषामा ढुङ्गो बनाउन्या काम) स्वभूमिलाई उपनिवेश बन्नबाट वचाउने काममा ज्यानकै वाजी समेत लगाएर अघि बढेका थिए। अचम्मै हो, उनका योजनामा समग्रता, समावेशिता र जनता र लोक रिझयाईंका प्रसस्त उदाहरण थिए। यस सन्दर्भमा वडामहराज भन्थे-सवैलाई चेतना भएदेखि यो देश सवैथरी देशवासीले फक्रिन पाउने साझा फूलवारी हो र यहाँ चलेका आआफ्ना कूल धर्म र परम्परा नछोड्नू।

विश्वमा अहिले स्वधर्म, स्थानीयता,स्वराष्ट्र केन्द्रित आर्थिक उन्नति जस्ता कुरामा जोड दिने क्रम बढ्दै गरेको “उत्तर आधुनिक” अवस्थामा हामी हाम्रा यी झन्डै तीन शताव्दी अघिका दूरदर्शी राष्ट्र निर्मातालाई सम्झना गर्न पाउँदा गर्वको अनुभूति हुन्छ। यस सन्दर्भमा पृथ्वी नारायण भन्थे- नेपाल देश यस भेककै मानवीय संस्कृति र परम्पराको सुरक्षा र संरक्षण गर्न सक्ने अनुपम स्थल हो र त्यस्ता परमपरा र मान्यतालाई सारा हिन्दुस्तानमा बाहिरबाट आएका (फिरंगी) ले दवाएर राख्यो तर नेपालमा भने जुन यत्न लगाएर भए पनि त्यसरी दवाउन र नष्ट गर्नवाट जोगाउनु पर्दछ। इशाई संस्कृतिको त्यो वढ्दो शक्तिले यस भेकको सभ्यता, संस्कृति, आर्थिक क्षेत्र आदि सवै नष्ट गर्ने हुँदा त्यसवाट स्वराष्ट्र, स्वसंस्कृति, स्वधर्म र स्थानीय र क्षेत्रीय आर्थिक अवस्थालाई जगेर्ना गर्दै समृद्धितर्फ लाग्नु पर्दछ। अमेरिकामा अघिका ट्रम्प यूरोपमा वेलायतमा ब्रेक्जिटको धारणा स्थापित गर्ने अहिलेका वोरिस जोन्सन् र एशियामा (मोदी र भ्लादिमिर पुटिन) जस्तका क्रियाकलापले स्वराष्ट्र र स्वसंस्कृति केन्द्रित पृथ्वीनारायणकै जस्तो नीतिलाई नै सम्झाएको छ। अझ त्यस युगमा र अहिले नै पनि नेपाल वन्नु, रहनु र स्वाधीनता वचाएर राख्नु भन्ने कुरा यहा उल्लिखित अमेरिका, रशिया र ब्रिटेन जस्ता देशको अवस्था भन्दा विलकूल फरक हो। नेपाल जस्ता देश वन्नु र त्यस्ता देशको छुट्टै चिनारी र राष्ट्रियता वचाएर त्यस साम्राज्यवादी युगमा त एउटा असम्भव जस्तै काम थियो र अहिले नै पनि शोच र संवेदनशीलता गुमेको खण्डमा त्यस्तो खतरावाट मुक्त रहन सक्दैनन यस्ता देशहरु। यो कुराको ज्ञान पृथ्वीनारायण शाहमा त्यसै युगमा विश्वलाईनै सिकाउने जस्तै गरी थियो भन्न सकिन्छ।

साना देश, छिमेकी ठूला शक्ति, साम्राज्यवादी वेग र आत्मरक्षा केन्द्रित राष्ट्रियताका सुपर गुरुको रुपमा हाम्रा पृथ्वीनारायणलाई हामीले पहिले चिन्नु पर्दछ र विश्वलाई त्यस कुराको जानकारी दिलाउन सक्नु पर्दछ। इमान्दारीसाथ् भन्नु हो भने अहिलेको नेपाल देश भनेको पृथ्वीनारायण शाहको युग निर्देशित मत्त्वाकांक्षा र त्यस महत्वाकांक्षालाई वास्तविकतामा ढाल्ने क्रममा वटुलिएका अनुभवले खारिएको दूरदर्शिताको प्रतिफल वाहेक अरु केही होईन भन्दा अतिशयोक्ति नहोला। तिनताका यस भेकमा ससाना स्थानीय शक्तिहरु एक अर्कोमा प्रतिस्पर्द्धामा थिए। आक्रमण-प्रत्याक्रमण, खोसमोस, लूटपाट आदी चलि रहन्थ्यो। कुनै पनि राज्य रजौटा आन्तरिक र आपसका कलह तथा द्वन्दका कारण सुरक्षित थिएनन। जनता त्रशित थिए। त्यसैले शान्ति र अमनचयनका निम्ति एउटा वलियो राज्य संचालक तथा देशको निर्माणको आवस्यकता थियो। त्यसैवेला युरोपका साम्राज्यवादी शक्ति आआफ्ना उपनिवेश विस्तारमा होडवाजी चलाएर सक्रिय थिए। पोर्चुगिज, डच, स्पेनिश र फ्रेन्चलाई उछिनेर ब्रिटिश साम्राज्य सशक्त भयो यस दक्षिण एशिया तथा विश्वका धेरै ठाउँमा। सम्पूर्ण हिन्दुस्तानलाई उद्योग र व्यापार तथा नाविक शक्तिको आडमा वेलायतले विस्तारै अधिनस्त गर्दै थियो। पृथ्वीनाराण भने त्यो चलाख, धूर्त र सामरिक र आर्थिक सम्पन्न शक्तिलाई भर्सक यसभेकवाटै धपाउने नभए पनि उनले देखेको सम्भावित एउटा वलियो हिमाली अधिराज्यको सपना पूरागर्न अनेक तरहले कटिबद्ध थिए। वाठा अंग्रेजले पृथ्वीनारायणलाई उठ्ननै नदिनेगरी अनेक वाहनामा यतातिर पस्न खोज्दा अनेक आक्रमण त हुनेनै भए। अंग्रेजको यस्तो साम्राज्य विस्तारको आकांक्षाका कारण पनि यो सारा हिमाली भेग असुरक्षित थियो। तर दूरदर्शी पृथ्वीनारायणले अंग्रेजलाई तराई छिचोलेर माथि चड्नै दिएनन।

सारा स्थानीय जाति समुदायका योद्धा, शिल्पी आदीलाई हौसल्याएर अंग्रेजलाई नराम्रोसंगमात्र होईन हतोत्साहीनै हुनेगरी धपाई दिए र आफ्नो सपना पुरा गर्ने कामको ठूलो व्यवधान हटाएका थिए। यस भेकका मानिसहरुलाई एकजुट हुने वाटो यसरी पनि खोलिएको थियो। यो एउटा नेपाली राष्ट्रियताको निर्माणको जग खन्ने सफल र सवल काम थियो। यस किसिमले पृथ्वीनारायणको महत्वाकांक्षा र त्यस परिलक्षित अभियानको क्रम आन्तरिक राज्य जित्नुमा मात्र सिमित थिएन, वरु साम्राज्यवादी शक्तिलाई यस भेकमै प्रवेश हुन् नदिई स्थानीय धर्म, भाषा, संस्कृति र परम्पराले सुरक्षित एउटा स्वराष्ट्रिय भावनाले डोर्याएको टिकाउहुने वलियो देश निर्माण गर्ने वाटोमा अगाडी बढेको थियो। पृथ्वीनाराणको अवसान पछि उनले शंका गरे जस्तै गरी त्यो साम्राज्यवादी शक्ति नेपालमाथि अक्रमण नै गर्दै प्रवेश गर्न आयो र नेपालीले राम्रैसंग मुकाविला पनि गरे तर नेतृत्त्व त्यसवेला पृथ्वीनाराणजस्ता दूरदर्शी र निडर नायकको हातमा थिएन। आन्तरिक द्वन्दले दरवार कम्जोर बन्दै गएको अवस्था थियो। साधारणतया राष्ट्र भन्नाले एकताको सामुहिक भावनामा निहित रहन्छ तर एउटा राष्ट्र र राष्ट्रियताको निर्माणमा कुनै वलियो देश वा ठाउँको चिनारी त् अवस्य आवस्यक हुन्छ। उद्भव अर्थात् कुनै मूल थलो रहित राष्ट्रियाताको निर्माण हुन सम्भव हुदैन र नेपाल भन्ने राष्ट्रियताको निर्माणमा सर्वथा पृथ्वीनारायण शाहको देन रहेको कुरा अकाट्य हो। देश र ठाउँको आधारभुत चिनारी विना कुनै पनि जनताको राष्ट्रियताको चिनारीको कुरै उठ्न सक्दैन।

यस अर्थमा जुन निश्चित भूखण्ड सहितको ठाउँको निर्माणको जग पृथ्वीनारायण शाहले हाले त्यसै आधारमा नेपाली राष्ट्रियता वोकेर अनेक समुदाय, दृष्टिकोण र विचारधाराले साझा फूलवारीको अर्थपूर्ण अवधारणाभित्र अगाडि वढिरहेको हाम्रो यथार्थ हो। पृथ्वी नारायणलाई विर्सिएर विविधता भित्र एकताको नेपाली राष्ट्रियताको कल्पना सम्म पनि हुन् नसक्ने वास्तविकता कसैको अगाडी छिप्न सक्दैन ।अहिले नेपालको ऐतिहासिक पृष्ठभूमिको अध्ययन र ज्ञानको तथा सम्वेदनशील चिन्तनको अभावमा हामी वलियो नेपाली राष्ट्रियताका विरोधी वाह्य समेत अनेकतत्त्वको प्रभावमा फस्दै गरेको स्थिति पनि देखिएकोछ। त्यसवाट मुक्ति पाउनका निम्ति सर्वप्रथम हामीले इतिहासको ज्ञान र त्यसले निर्देश गरेको वास्तविकतालाई मनन गर्नु आवस्यक छ।

नेपालमा परिवर्तनको नाममा आफ्ना धरोहर, इतिहास र पूर्वजका सच्न्चा देनलाई विर्सने र वेवास्ता गर्ने होडवाजी चलेको छ हिजोआज। यस्तो अवस्था भनेको असम्भव अवस्थामा निर्मित र वडो मुस्कीलले वचाएको यो देशलाई सम्मानका साथ वचाई राख्ने वाटोको बिनिर्माण गर्नु हो भनेर वुझ्नु आवस्यक भएकोछ। पृथ्वी नारायण वास्तवमा एउटा ऐतिहासिक आवस्यकताले वनाएको आधुनिक नेपालको निर्माता हुन्, जसले साम्प्रदायिकतालाई आपनो अभियानमा स्थान दिएका थिएनन। उनी नेपाली साझा संस्कृतिका कुशल र असल अधिनायक हुन्, जसले यस दक्षिण एशियाको भूखण्डमा नै साम्राज्यवादी शक्तिको विरोधमा र स्थानीय र क्षेत्रीय मानव परम्परा र संस्कृतिको संरक्षण र संवर्धनका निम्ति सफल अभियान चलाएका थिए। हामी आज उनका गुनको संस्मरण गर्दै यो देश र यसका परम्परालाई सम्वर्धन गर्दै समयसापेक्ष रूपमा मानव हितको लक्ष्यकासाथ् यस देशको स्वाधीनता र मर्यादा कायम गर्न सदा चिन्तनमा लागौं। पृथ्वीनारायणले रचना गरेको यो देश वचाई रख्ने र नेपालीलाई साझाफूलवारीमाझैं फक्रिएर रहने पवित्रस्थलको रूपमा टिकाई राखौं !!