६ चैत, काठमाडौं

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

पहिलो देखी नै हिन्दु धर्मको वकालत गर्दै आएका महामन्त्री कोइरालाले धर्मबारे जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएका छन् । बुधबार काठमाडाै टोखास्थित आफ्नै निवासमा होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले धर्मबारे जनमत संग्रहको वकालत गरेका हुन् ।

धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने  विकल्प रहेको भन्दै जनमत गर्दा पार्टीले हस्तक्षेप गर्न नहुने बताए । संघीयता र गणतन्त्रबारे पनि जनमत संग्रह गर्नुपर्ने माग आउँला, कांग्रेस तयार छ भन्ने प्रश्नमा महामन्त्री कोइरालाले भने, तयार छ । किन तयार नहुनु ?

जनमत संग्रहकै लागि तयार हो भन्ने प्रश्नमा उनले भने, गर्न तयार छ , तयार हुनुपर्छ ।