पाल्पा तानसेनको सिल्खानटोलमा रहेको सिद्दिबिनायक स्कुलकी प्रीन्सिपल हुन् मन्जु ज्ञवाली ।शैक्षिक क्षेत्रमा काम गर्दा धेरै चुनौती र संघर्षपुर्ण जीवन गाथाहरु छन् उनका।कतिपय निजि स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्दा पनि जथाभावी फिस असुल्ने र अबिभावकको ढाड सेक्ने गर्नाले सबै निजि स्कुल लाई हेर्ने दृष्टीकोण नकारात्मक रहेको उनको भनाइ छ।आफुहरुले स्कुललाइ ब्यापारीक क्षेत्र भन्दा पनि सेवामुलक ढङग बाट संचालन गरेको र विद्यार्थी र अबिभावक लाई सन्तुष्ट पारेको उनी बताउछिन।हुन पनि मन्टेस्वरी माध्यम , अतिरिक्त क्रियाकलाप ,रचनात्मक कार्य हरुमा सिद्दिबिनायक स्कुलले छुट्टै पहिचान नै बनाएको देखिन्छ ।कम शुल्कमा बालबालिका हरुलाइ सबै प्रकारका क्रियाकलापमा सहभागी बनाउदा नियमित खर्च समेत धान्न गार्हो भएको छ।कोभिडको कारण त साना र मध्यम खालका बिधालय लाइ झन संकट नै बनाइदियो।सरकारको शिक्षा क्षेत्रमा सहि र ब्यबस्थित नीति नहुदा हाम्रा जस्ता बिधालयहरु धरासायी बन्दै गएको मन्जुको भनाइ छ।

जसोतसो बिधालय चलाइरहेकि मन्जु र उनका श्रीमान भुवन ज्ञवाली ले अर्को योजना बनाए।जुन थियो कृषि क्षेत्रबाट समाजमा योगदान गर्ने।बजार मा दूध ,तरकारी ,फलफुल ,मासु बाहिर बाट आउने र महँगो मा किन्नुपर्ने ,आफ्नै गाउँमा कैयौं सम्भावना का क्षेत्र हुदाहुदै पनि जमिन बाझै राखी युवाहरु बिदेशीइरहने ,गाउँमा महिलाहरु मात्र रहने र उनिहरु स्वरोजगारमुलक कार्यमा नलागेर तनाबपुर्ण जीवन बाचिरहेको अवस्थामा आफुहरुले पनि केहि योगदान गर्ने र अरु गाउँका दिदिबहिनी हरुलाइ पनि प्रोत्साहित गर्ने उदेश्यका साथ तानसेन नगरपालिका वडा नम्बर ११ बाझा भन्ने ठाउँमा करिब ४० रोपनि जग्गा लिजमा ल्याइ कृषि कार्य को शुरुआत गरे।करिब ५० लाखको लगानीमा शुरु भएको उक्त कृषि फार्ममा बाख्रा,लोकल कुखुरा,हास,टर्किस रहेका छन् भने माछापालनको लागि पोखरिको निर्माण हुदैछ।अघिल्लो सिजनमा सिमि,बोडि,आलु,प्याज,लसुन साग,धनिया,मुला राम्रो उत्पादन भएको र त्यसलाइ अहिले बिस्तार गर्ने योजना रहेको छ

कृषि प्रधान देश भन्दै सरकारले यो क्षेत्रमा कैयौं बजेट बिनियोजन गरेपनी मिहिनेती किसान सम्म नपुगि पहुँच वाला ले मात्र प्राप्त गरेको पाइन्छ।शुरुमै अनुभव कम रहेको र गाउँमा भेटेनरी प्राबिधिक नहुदा कयौं बाख्राहरु रोग लागेर मरेकोले धेरै क्षेती समेत भएको थियो।अहिलेसम्म एउटा गाउँमा एउटा कृषि कर्मचारी राख्न नसक्ने सरकार के जनताको सरकार होला र ? सरकारले एउटा पालिकामा एकजना कृषि प्राबिधिक राख्ने हो भने धेरै सजिलो हुने उनिहरुको बिश्वास छ।

आफू मात्र होइन गाउँमा यत्तिकै बसेका महिला दिदिबहिनी हरुलाइ त्यस्तै उत्पादन को काममा लगाउने र आत्मनिर्भरता तर्फ प्रोत्साहित गर्ने काममा मन्जु अहिले लागिरहेको देखिन्छ।उनकै अगुवाई मा करिब एक महिना देखि लिपिन्देबि बहुउद्देश्यीय महिला सहकारी संस्था मा आवद्ध भएर स्थानीय महिलाहरु सामुहिक काममा पनि आवद्द भैरहेका छन।बजारमा राम्रो मूल्य पर्ने उत्पादनहरु बजार सम्म पुर्याउने र बजारमा मूल्य कम पर्ने चिज लाई विविधीकरण गरेर अन्य सामाग्री बनाउने काममा लागिरहेको समुहकी अध्यक्ष लक्ष्मी गोदार ले जानकारी दिइन।अहिले उनिहरु स्कुस,फर्सी,काउलीका पात,बन्दागोभी,मुला,अमलाआदि चिजको चाना,सिङ्की,,मस्यौरा आदि बनाएर बजार सम्म बेच्ने अभियानमा छन् ।बिस्तारै अचार,सस,दुधका परिकार समेत बनाएर बजार पुर्याउने र गाउँको उत्पादन को छुट्टै पहिचान बनाउने उनिहरुको योजना छ।यसरी १ महिना मै कृषि उत्पादनको बिबिधिकरण को शुरुआत गरि स्वरोजगारको काममा लाग्नु राम्रो पक्ष हो।यसलाइ राज्यका निकायहरु,स्थानीय तहले समेत अझ लगानी,तालीम ,प्राबिधिक सहयोग पुर्याएर उनिहरुलाइ हौसला बढाउनु आवश्यक देखिन्छ।बर्षभरी काम गर्ने कृषकले उत्पादनको उचित मुल्य नपाउने र बिचौलियाहरुको कारण बजारमा मूल्य बढी हुने भएकोले किसानको उत्पादनलाई सरकारि निकाए ले उचित मुल्यमा खरिद गरि बजार पुर्याउने हो भने उपभोक्ता पनि नठगिने,किसान लाई पनि मार नपर्ने देखिन्छ।