दशै – तिहारमा कम्युनिस्ट पार्टीका सदस्य एबम नेता- कार्यक्रताले टीका लगाउन हुन्छ कि हुदैन भन्ने बारेमा बर्षौ देखि छलफल हुँदै आएको छ।लगाउन हुन्छ वा हुदैन भन्नेमा आ आफ्ना तर्कहरु छन।यो संस्कृतिसित जोडिएको बिषय हो।मलाई लाग्छ यो बिषयमा छलफल चलाईरहनु पर्दछ। कतिपयले यो हिन्दु धर्मसित जोडिएको हुनाले टीका लगाउनु हुदैन भन्नू हुन्छ।दशै र तिहारमा टीका लगाउनु बिशुद्ध हिन्दु धर्मसित जोडिएको परम्परा हैनकि जस्तो लाग्छ।भारतमा हिन्दु धर्म उत्पत्ति भयो।जहाँबाट हिन्दु धर्म सुरु भयो त्यहाँ दशै र तिहारमा टीका लगाउदैनन।वैदिक आर्यको प्रभाब रहेको नेपालकै मधेशी समुदायले पनि दशै र तिहारमा टीका लगाउदैनन।यो नेपाली समाजको संस्कृतिको बिशिस्टता हो। कतिपय जनजातिहरुले टीका लगाउने हिन्दु क्षेत्रीबाहुनको चलन हामीले किन मान्नेभनेको पनि सुनिन्छ। नेपालका खस आर्यहरु अर्थात क्षेत्री बाहुनहरु पहिले हिन्दु थिएनन ।उनीहरु मूलतः प्रकृति पूजक थिए।दक्षिणतिरबाट आएका वैदिक आर्यहरुले नै कालान्तरमा उनीहरुलाई हिन्दुकरण गरे।त्यसैले दशै र तिहारमा टीका लगाउने चलनलाई क्षेत्री ब्राह्मणको मात्र संस्कृति भन्ठान्नु पनि सही हैनकि जस्तो लाग्छ।

२०५९मा नेकपा (मसाल) र नेकपा (एकताकेन्द्र)बीच पार्टी एकीकरण भई नेकपा (एकता केन्द्र- मसाल ) बनेपछि एकताकेन्द्र पक्षका साथीहरुले दशैका बेला अपनाउने तरिकाबारे जानकारी भयो।दशैका बेला कार्यकर्ताहरुले साथीहरु नजिकका मिले सम्म एकैठाउँमा जम्मा भएर केही मीठै परिकार बनाएर खाने ,सस्कृति,राजनीतिलगायतका बिषयमा छलफल गर्ने ,सम्भव भएमा माथिल्लो तहका नेताहरुलाई बोलाएर प्रशिक्षण गर्ने र छलफल गर्ने चलन गर्नु भएको रहेछ।म त्यतिबेला अनेरास्ववियु ( एकीकृत ) चार न.क्षेत्र(धवलागिरी,राप्ती र लुम्बिनी )को इन्चार्ज थिएँ ।ओबनाथ पाण्डे सहन्चार्ज हुनुहुन्थ्यो।ओबनाथको कार्य क्षेत्र रुपन्देहीको उहाको डेरामा पुगेर एउटा दशै बिताएको थिए।उहाँहरु टीका लगाउनु हुन्थेन र मैले पनि टीका लगाउने कुरा भएन।

टीका सित नाता सम्बन्धमा गहिरो भावना जोडिएको हुन्छ। म सानो छदा तिहारमा आमाको पछि लागेर मामाहरुको घर जान्थे।आमा मामाहरुलाई टीका लगाइदिनु हुन्थ्यो्।कहिलेकाही आमाले टीका लगाईदिईसके पछि मामालाई फूल लगाइदे भन्नू हुन्थ्यो,मैले फूलको माला लगाइदिन्थे। त्यस बापत मैले पनि एक मोहर सम्म दक्षिणा पाउथे कतै कतै।मामाहरु फरक फरक ठाउँमा बस्ने भएकाले आमा र म दिनभरी टीकाको दिन मामाहरुको घर र गोठ डुलेर बिताउथ्यौ।माइलामामा गोठमा बस्ने भएकाले टीका लगाउने अन्तिम गन्तब्य प्रायः माइलामामाको गोठमा हुन्थ्यो।माइलामामाले तिहारमा खिर पकाउनु हुन्थ्यो।आमा भन्नू हुन्थ्यो कान्छा तेरो माइलामामाको गोठमा गएर तिहारमा खिर खान जाने है।हामी आमा छोराको खिर खान जाने सल्लाह दशै आउनु भन्दा धेरै पहिले देखि हुन्थ्यो।म बच्चालाई तिहारमा अरु कुराको भन्दा माइला मामाको गोठको खिरको बिशेष चासो हुन्थ्यो।म एघार बर्षको हुँदा आमाले यो सन्सार छाडेर जानू भयो।त्यस पछि आमाका माया ममता पनि समयले खोसेर लैदियो।बाबाले दोस्रो बिबाह गर्नु आवश्यक थियो र गर्नु भयो।बाबा पल्टनबाट दशैमा घर आउनु भयो।टीकाको दिन नयाँ ससुरालीबाट बाबा आउन ढिलो गरेपछि साइलामामाले मलाई घाँस काट्न जाउ भन्नू भयो।म बाबाको हातको टीका नलगाइकन ठूलाचौरबाट घाँस काट्न हसिया नाम्लो लिएर हिडे।पारी पखेरा पुगेको बेला ठूलाचौरको ढिक घ्वालबोटबाट बाबाले “ए रामे ,रामे,फर्के टीका लगाउन ” भन्नू भयो।म फर्किए।ठूलाचौरको ढीकमा बसेर बाबू छोरा आमालाई सम्झेर निकै बेर रोयौ।त्यस पछि बाबाले मलाई घर लगेर टीका लगाइदिनु भयो जस्तो लाग्छ।त्यस पछि म घाँस काट्न गए वा गएन बिर्सिए।

२०५१ मा तिहारको बेला मध्यावधि निर्बाचनको चहलपहल थियो।नेकपा (मसाल )समर्थित अखिल नेपाल राष्ट्रिय जनमोर्चाबाट प्यूठानमा क्षेत्र न.१ बाट के बि गुरुङ र क्षेत्र न .२ बाट नवराज सुवेदी उम्मेदवार हुनुहुन्थ्यो।म प्रचारमा ब्यस्त थिए।भारत अमृतसरबाट एकता समाजमा काम गर्ने सिताराम थापाजि प्रचारका लागि गाउँ आउनु भएको थियो।उहाले आफै पेन्टिङ कलर लिएर आउनु भएको थियो। हामीले पुलका खुट्टा ,घरका भित्ता भित्ता वालपेन्टिङ गरेका थियौ।अर्खामा हामीले पहिलो पटक प्रगतिशील देउसी भैलो खेलेका थियौं।परम्परागत भैलोलाई बुढोभैलो भन्थ्यौ।चुनावी प्रचार र देउसी भैलोमा बिजी भएकाले बेलैमा बहिनीको हातको टीका लगाउन पाइएन।म अलि अबेर घर आए।बहिनी केशरी म नहुदा धेरै रोएछ। त्यो घटनाले बाबा धेरै रिसाउनु भयो।घरका अरु पनि धेरै रिसाए।बेलैमा आउन नसक्नु वा म अबेर आउने कुरा सम्झाउन नसक्नु मेरो कमजोरी थियो कि भन्ने मैले उति बेलै पनि महसुस गरेको थिए।टीका नलगाइ नहुने भन्ने पनि हैन ,लगाउदा बित्तिकै सबै खतम भै हाल्छ भन्ने पनि छैन ।अहिले म यही दृष्टिकोणमा छु।छलफल गर्दै जादा पछि धारणा बदलिन पनि सक्छ ।तर अहिले मेरो यही दृष्टिकोण हो। नेपालमा कृश्चियन धर्म अबलम्बन गर्नेहरुले दशै तिहारमा टीका लगाउन छाडेका हुन्छन। मगर समुदायमा खास गरि गोरे बहादुर खपाङ्गीले चलाएको दशै बहिस्कार आन्दोलनले केही सीमित मगरहरुको बीचमा प्रभाव पारेको थियो र छ।कतैकतै बौद्ध हौ भन्ने तामाङ ,गुरुङ लगायतका समुदायमा पनि दशै तिहारमा टिका लगाउदैनन।मुस्लिम समुदायको भैकन पनि कास्की मियापाटनका मुस्लिमहरुले उहिले देखि नै दशैमा टीका लगाउदै आएका रहेछन। उहिलै जमाना देखि नै।

बौद्ध धर्म अबलम्बन गर्ने तामाङ ,गुरुङ लगायतले पनि दशैमा टीका लगाएको पाइन्छ।म यता सिन्धुपाल्चोक ,रामेछाप ,दोलखा गएको बेला गाउमा तामाङहरुले दशैमा हाम्रा पुर्खाहरुलाई अनिबार्य दशै मनाउनु ,दशैमा देवीलाई अनिवार्य भोग चढाउनु र रगतमा राखेको दस औलीको छापघरको ढोका भित्तामा टास्नु र पछि सरकारको मान्छे जाच गर्न आउदा पनि त्यो छाप देखियोस ,अन्यथा सरकारले कार्बाही गर्ने छ भन्ने राणा शासनकालमा उर्दी जारी भए पछि दशै मनाउन र टीका लगाउन अनिवार्य थियो।तर अहिले अनिवार्य छैन लगाउने ले लगाउदैछन र केहीले छोड्दैछन भन्ने मैले सुनेओ थिए। खाने भात अन्न पनि निधारमा टास्न हुन्छ र ? यसो भन्दै टिका लगाउने कुराको बिरोध गरेको पनि सुनिएको छ ।चित्रबहादुर के सी का जेठा छोरा सचित्र केसी ले करीब २० वर्ष पहिले नै रातो लालटिन पत्रिकामा एउटा लेख नै लेखेर दशैमा टीका लगाउने प्रचलनको विरोध गर्नु भएको थियो। “मेरा बाले एक थाली टीका मुछेर मलाई टीका लगाउन आइज भनेर बोलाइरहनु भयो तर मैले बाको हातको टीका बहिस्कार गरे।चित्रबहादुर के सीले एक थाली टीका मुछेर टीका लगाउन बोलाउने ,मोहन बिक्रम सिङ्हले खसी डोर्याउदै ससुराली टीका लगाउन जाने ; प्रगतिशील सङ्स्कृतिको निर्माण कसरी हुन्छ?” लेखमा सचित्रले यस्तै प्रष्न उठाउनु भएको थियो। राष्ट्रिय जनमोर्चाका पूर्ब महासचिव सन्तबहादुर नेपालीले दशैमा टीका लाउने र लगाइदिने गर्नु हुन्नथ्यो तर २०७० को संविधान सभा चुनावमा अर्घाखाँचीमा प्रत्यक्ष तर्फबाट उम्मेदवार बने पछि उहाँले टीका लाउने र लगाइदिने गर्छु भन्नू हुन्छ।

काठमाडौमा टीका लगाउन मन लागे जमरा राखिरहन पनि पर्दैन ।मन्दिरहरुले जमरा टपरीमा राखेर बेच्दछन।मन्दिर गयो, किन्यो ल्यायो लगायो।सजिलोछ।छोरी गिनिजले सानो छदा रहर गर्थी टीका जमरा लगाइदिने गरिन्थ्यो।यसपालि उसलाई सोधे टीका लगाउछस ।उसले भनी खै मलाई रहर छैन ,भयो लेठा नगरौं ,बरु यसो दक्षिणामा विचार गर्नु होला। ए साच्चै ,कतिपयलाई यो कुरा नयाँ लाग्न सक्छ मेरो गाउँ प्यूठानको अर्खा तिर दशैमा टीक लगाएर दक्षिणा दिनु पर्दैन ।कसैलाई पनि दिनु पर्दैन ।तिहारमा चाहिँ चेलिबेटीलाई दक्षिणा दिने चलन हुन्छ।रातो हैन सेतो टीका लगाइन्छ।।मलाई लाग्छ आदिवासी,जनजाति वस्तीमा प्रायः सेतै टीका लगाइन्छ। पाल्पाका जनमोर्चा नेता सोमकुमार कार्कीले एक पटक सुनाउनु भएको थियो ,” तिहारमा बहिनीहरु आए।मैले उनीहरुलाई टीका लगाउनै पर्छ भन्ने छैन ।लिएका पाहुर खाउ बसौकुरा गरौ ।टीका त लगाउनै पर्छ भन्ने लाग्छ भने लगाउ,तिमीहरुले पीर मान्दैनौ भने मेरो तर्फबाट नलगाए पनि हुन्छ।बहिनीहरु सहमत भए लगाइएन।” दशै र तिहारमा टीका लगाउनु भन्दा पहिले घर टीको गर्ने चलन हुन्छ।बहिनीहरुले तिहारमा म नभए पनि प्रत्येक बर्ष घर टीको गरिदिन्छन। टीका मात्र सबै कुरा हैन,मुख्य कुरा हाम्रो सम्बन्ध हो भन्ने कुरा मैले भन्दै आएकोछु।मैले बेलाबखतमा तिहारमा पाल्पा बिष्णु गाहा दिदी सित पनि टीका लगाउने गरेकोछु।

नेकपा (मसाल ) का पूर्ब प्रबक्ता विमल शर्माले २०४७ साल देखि दशै तिहारमा टीका लगाउन छाडेकोर र अहिले सम्म लाउने लगाउने गर्नु हुन्न ।राष्ट्रिय जनमोर्चाका नेता चिन्तामणी पौडेलले पनि टीका लाउने लगाउने गर्नु हुन्न। अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष लालबहादुर राना (स्याङ्जा)ले पनि टीका लाउने लगाउने गर्नु हुन्न ।नेकपा (मसाल) का पूर्ब केन्द्रीय सदस्य तथा हाल माओवादी केन्द्रका नेता प्रेम सुवेदीले २०५४ साल देखि नै दशै तिहारमा टीका लगाउनु हुन्न।नेकपा माओवादी केन्द्रका मोहन वैद्ध,हीरामणी दुखी लगायतले दशैमा टीका लगाउनु हुन्न।दशै तिहारमा टीका नलगाउनेहरुको सूचिमा नाम थप्दै जाने हो भने निकै लामो सूची तयार हुनेछ।दशैको टीका साङ्स्कृतिक मात्र नभएर धार्मिक आस्था शीत बढी सम्बन्धित भएकाले टीका लाउने लगाउने नगरेको अभिमत उहाह्ररुकोछ।कतिपयले त्यस विचारलाई जनसम्बन्ध बाट टाढिने तरिका भनेर पनि आलोचना गर्दछन। तर भौतिकवादी चिन्तन प्रतिको उहाहरुको दृढतालाई हामीले सम्मान गर्नु पर्दछ । एउटा रमाइलो कुरा पनि जोडी हालौ। एक जना बाके तिरका कम्युनिस्ट नेताका बारेमा पाल्पाका काम्रेड माधव ज्ञवालीले किस्सा सुनाइरहनु हुन्थ्यो।ती नेता साथीलाई ससुरालीहरुले राजनीति गर्यो ,हाम्री छोरीलाई दु:ख मात्र दिन्छ,कमाई-धमाई छैन भनेर आलोचना गरिरहन्थे। पिठ्युँ पछाडिबाट पनि कुरा काटिरहन्थे।एक पटक दशैमा ससुराली गएछन।ससुराले टीका लगाईदिए पछि रु ५००/- दक्षिणा दिएछन।उनको पालो गोजिबाट सहयोग रसिद निकालेर सहयोग रसिदमा रु ५००/- सहयोग गर्नु भएकोमा धन्यवाद लेख्दै ससुरालाई रसिद थमाईदिएछन।ससुरा हेरेको हेरै भएछन। सामन्ती रुढिगत चलन भएकाले देउसी भैलो खेल्नै हुन्न ,तीजमा नाच्न गाउन हुन्न भन्ने मत पनि छ।मलाई लाग्छ यो प्रगतिशील सोच हैन

।लेनिनले युबाका कार्यभारहरुको सम्बन्धमा लामो भाषण दिदै मानव जातिले आर्जन गरेको सङ्स्कृति र ज्ञानलाई सङ्ररक्षण गर्दै अरु विकसित गर्दै जानू पर्ने बताएका थिए।मानव जातिको हितमा नभएका सङ्स्कृतिलाई त्याग्ने र उपयुक्त सङ्स्कृतिलाई सङरक्षण र विकास गर्नु नै उपयुक्त तरिका हो।जस्तो दशैको सराय नाच, तीज गीतका भाका,तिहारको देउसी भैलो मानव जातिले कमाएकै सम्पत्ती हो ।जस्तो उदाहरणका निम्ति मादल हाम्रो सङ्स्कृति हो। त्यसलाई प्रगतिशील तीज गीतका लागि बजाउने कि रुढिगत भजनका लागि बजाउने भन्ने कुरा गाउने ,बजाउने वालामा भर पर्दछ।साङ्स्कृतिक क्रान्तिका बेला माओको एउटा प्रशिद्ध भनाई थियो,”पुरानोले नयाँ को सेवा गर्नु पर्दछ”।पुराना सङ्स्कृतिका तत्वहरुलाई प्रयोग गरेर नयाँ बिचारकोसेवामा लगाउनु पर्छ भन्ने माओको आसय हो। मसालका तकालीन पि .बि .एम.सन्तबहादुर नेपालीले ड्राफ्ट गरेको पार्टी कार्यकर्ताको आचरण सम्बन्धी प्रस्ताबलाई ने क पा (मसाल)को २०६९ जेस्ठमा सम्पन्न १८ औं बैठकले पारित गरेको थियो।पार्टी कार्यकर्ताहरुका लागि आचार सङ्हितामा लेखिएको छ,”धर्म ,ईश्वर ,देवीदेवता,अन्धविश्वास आदि माथि विश्वास गर्नु हुदैन।ब्यक्तिगत रुपमा आजा पूजा काजकिरिया गर्नु हुदैन ।तर दशै, तिहार,तीज,होली,ईद,बकरिद,कृस्मस,ल्होसार,छठ,उधौली,उभौली ,देवाली,कुलपूजा,आदिसित जोडिएका जनभावना र सामाजिक सम्बन्ध माथि विचार गर्दै तिनीहरुमा सहभागी हुन सकिने छ।तर तिनीहरुसित जोडिएका धार्मिक विधि ,आजा पूजाआदिका ठाउँमा ती चाडहरुलाई सामाजिक र प्रगतिशीलरुपमा मनाउन प्रयत्न गर्नु पर्दछ।” यसको अर्थ धार्मिक मान्यताका आधारमा हैन सामाजिक सम्बन्ध र पारिवारिक सम्बन्धका हिसाबले दशै तिहारमा टीका लगाउन सकिन्छ भनिएको हो। पार्टी सदस्यहरुले भाकल गरेर मन्दिरमा कुखुरा ,बोका चढाउने गर्नु हुदैन भनिएको हो।ढुङ्गा रातो पेट तातो गर्न पाइन्छ पूजाको किन बिरोध गर्ने भनेको पनि सुनिन्छ ।यो धार्मिक आस्था सित जोडिएको बिषय हो।यसलाई सामान्य रुपमा लिनु हुदैन। विश्वदृषटिकोण ब्यबहारमा प्रकट हुनु पर्दछ।