मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको उहाँले बताउनुभयो । शीर्ष नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई चार–चार मन्त्रालय लिने सहमति गरेका छन् ।

नेकपा एकीकृत समाजवादीले संघीय सरकारमा चारवटा मात्र मन्त्रालय पाउने भएको छ । स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सो जानकारी दिएका हुन् ।

यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्री दावी गरेको सो पार्टीले दुई मुख्मन्त्री पाउने भएको छ । संघीय सरकारमा नेकपा एसले यी मन्त्रालय पाउने भएको छ :

१) स्वास्थ्य तथा जनसंख्या
२) श्रम तथा रोजगार
३) संस्कृति पर्यटन तथा नागरिक उड्डयन
४) सहरी विकास मन्त्रालय