यसपटक पनि प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८ प्रकाशित भएकाे छ ।प्रगतिशिल साहित्यकार , तथा लेखक मनु बि.क. ले सम्पादन र प्रकाशन गर्नुभएकाे यस तीज गीत सङ्ग्रहमा महिलाका पीडा, देशको राष्ट्रियता दुखेको कुरा, सामाजिक असमानतालाई उजागर
गर्ने प्रयत्न भएकाे छ ।यस तीज गीत सङ्ग्रहमा महिला दिदी बहिनीहरूको दुःख पीडाबोलेका छन् । विद्यमान विकृत राजनीतिका विरुद्धमा गीतकारहरूको आक्रोश पोखिएको छ । गीतका लेखकहरूले सामाजिक विकृति र गलत राजनीतिक परिपाटीका विरुद्धमा जनतालाई जागृतहुन चेतनाको सन्देश बाडेका छन् ।देशमा गणतन्त्र आएको पनि १३ वर्ष पूरा भइसक्यो । नया“ संविधान निर्माणभएको६वर्ष पूरा हुन थाल्यो । नया“ व्यवस्थाले जनताको जीवनस्तरमा परिवर्तन आउलाकी भन्ने आशा थियो । ती आशाहरू व्यर्थ सिद्धभएका छन् । रोग, भोक र शोकले जनता आक्रान्त छन् । देशमा रोजगारीनभएर आफ्ना प्यारा आमा, बाबा, श्रीमती,छोराछोरी छाडेर विदेश भासिनुपर्ने नेपाली युवाहरूको बाध्यता बनेको छ ।अहिले सिङ्गो मानव जातिलाई कोरोनाले आतङ्कित बनाएको छ ।नेपाल मै पनि लाखौ“ सङ्क्रमित भए र हजारौ“को मृत्यु भएको छ । बेलैमा सरकारले खोपको व्यवस्था गर्न सकेको भए यतिधेरै मानिसहरूको मृत्यु हुने थिएन । तर शासक र मुख्य राजनीतिक पार्टीहरूको यतिसम्म लापर्वाही देखियो कि जनताहरू अक्सिजन सिलिन्डर र आइसियुबेड नपाएर छटपटिदैमर्नु प¥यो भने नेताहरू कुर्ची जोगाउने र कुर्ची खोस्ने खेलमा तल्लीन थिए ।यो भन्दालाजमर्दो र अक्षम्य अपराध अरू के हुन सक्ला ? महिलाहरू देश विदेशमा जताततै पीडित छन् । महिला उत्पीडन र हिंसामा कमी आएको छैन ।यी बिषयहरू यसमा समाबेश गरिएकाे छ ।गितहरू निम्नअनुशार रहेका छन् ।


शुभकामना
रिङ्दै घुम्दै आयो तीज फेरि पनि आगन
यो तीजमा गीत गाउ“दै स“गै नाचौन ।
वर्षै भरि दुःख ग¥यो सुख भएन
गरिबजन रुनु पर्ने दिन गएन ।
कहिले होला सुख भन्दै दिन गनी बाचेको
तर सुख गरिबको पर भागेको ।
परिवारका मान्छेहरू स“गै बस्ने कहिले हो ?
स्वदेशमै रोजगारी खुल्ने कहिले हो ?
देशका नेता आपसमै लड्दा मात्र ठिक्क भो
रोजगार बिहिन परदेश धाउ“दा साह्रै दिक्क भो ।
खुलोस् देशमा रोजगारी फुलोस् नया“ भावना
दिदी भाइ देशमा बसुन् शुभकामना ।
दुखी जनको अनुहारमा चमक आवस दिनदिनै
सुखी मुस्कान ढल्की हि“डोस् गाउ“ सहरै ।
नेपाली जनता सधै“भरि रुन धुन नपरोस्
गरिबलाई पाखा पाखा कहिलै नगरोस् ।
नया“ खुलोस् सृजना नया“ खुलोस् भावना
गरिब दुखी हा“स्न पाउन् शुभकामना ।
प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८ । ठ
एउटा आसा भरोसा लिइ उठौ“ मनमा
भावनाले फुलोस् धर्ती शुभकामना ।
सबको मनमा आवस् सुख भन्ने चाहना
पूरा हवस् इच्छाहरू शुभकामना ।

कोरोनाको सङ्कट
– कमला पौडेल, केन्द्रीय सदस्य,
अखिल नेपाल महिला सङ्घ, हाल ः काठमाडौ“
घुम्दै फिर्दै आयो तीज सबै बाधा झेलेर
कोरोनालाई निस्तेज पारौ“ घरमै बसेर ।
समानताका कुरा गरौ“ विभेदलाई छोडेर
दुख सुख बाडौ हामी घरमै नाचेर ।
मनका पीडा पोको पारी नबस न बैनीले
दुःख सुख साटौ न हामी सबैले ।
विश्वभरि कोरोनाको भाइरस फैलेको
त्यही भएर जनताले दुःख पाएको ।
कोरोनाको महामारी धेरै नै फैलेको
गरिब जनतालाई पीर परेको ।
भाइरस फैल्यो भनी लकडाउन गरेको
अक्सिजन नपाएर ज्यानै गएको ।
जनताहरू छटपटाउदै हस्पिटल बेडमा
नेताहरू लड्छन् बरै सत्ता खेलमा ।
कोरोना र बाढी पहिरो धेरै भयो देशमा
नेताहरू लडे बरै कमिसनको खेलमा ।
प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८ । ढ
नेताहरू भ्रष्टाचार र भागबन्डाको खेलमा
गाउ“ बस्ती बाढी पहिरो बग्यो भेलमा ।
गाउ“ बस्ती बगाएर जनता पीरमा प¥याछन्
नेताहरू मन्त्री पाउन लडाई ग¥याछन् ।
भ्याक्सिनमा भ्रष्टाचार र कमिसनको खेल भयो
गरिब जनता रु“दा रु“दै आ“सु भेल भयो ।
अस्पतालमा अक्सिजन बिरामीलाई बेड छैन
जनताको दुःखमा काम नगर्ने नेता काम छैन ।
किन यस्तो विभेद राज्यले गरेको
युगौ“देखि गरिबलाई पछि पारेको ।
अधिकारका कुरा गरौ“ दिदी बहिनी बसेर
सरकारलाई दबाब दिउ“ एक जुट भएर ।

वर्ष दिनको तीज
– निलिमा पुन, पूर्व केन्द्रीय सदस्य
रक्तिम सांस्कृतिक अभियान
वर्ष दिनको तीज पनि आयो फेरि घुमेर
परदेशमा काम गर्दै गयो उमेर ।
पाखुरीको भरमा पनि बाच्न हामी नपाउ“दा
सम्झनाले रुन्छ मन चाडबाड आउ“दा ।
बाध्यता र विवशताले देश छाडी आइयो
सुख खोज्ने रहरमा दुख पाइयो ।
राम्रो काम दिन्छु भन्दै दलालले फसायो
घरका जहान सम्झी सम्झी रुने गरायो ।
जीवन सधै“ जोखिममा छ ढुक्क कहिले हु“दैन
मालिकलाई कानुनले छु“दै छु“दैन ।
अत्याचारको सीमा छैन घर भित्रको धन्दामा
सीधासाधा दिदी बहिनी पर्छन् फन्दामा ।
कोही पुग्छन् कोठीभित्र कोही पर्छन् झेलमा
बन्दी बनी बित्छ जीवन आ“सु भेलमा ।
काम खोज्दै दिदी बहिनी परदेशी नधाउनु
जति दुःख परे पनि देशमै रमाउनु

आजको चिन्तन
– डा. गोविन्द प्रसाद आचार्य
कस्का घर कत्रा बने कस्ता बने सहरमा ।
कस्को घरमा कती सुन छ चर्चा चल्छ सहरमा ।।
बजारमा के के आयो कति हजार पर्ने हो ।
कस्तो लाउने के के लाउ“दा राम्रो हुने हो ।।
कस्तो बुट्टा भाको किन्न जाउ“ सहर बजारमा ।
पैसा परोस् किन्न जाउ“ जति हजारमा ।।
मानिसले पाएको त एक बारको जुनी हो ।
काम के छ र जिन्दगीमा लाउने खाने हो ।।
अनुहार सुहाउ“दो रङ्ग मिलेको लाउने हो ।
जसरी नि अरू भन्दा राम्रो हुने हो ।।
सहरका घरलाई बजारले जान्या छ ।
सहरका मन भित्रभित्र पस्या छ ।।
देशको हैन विदेशको राम्रो रङ्गमा बुट्टेदार ।
त्यसैले त खुलाउ“छ राम्रो अनुहार ।।
सहर घरले जे जे माग्छ बजारले ल्याइदियो ।
सहर घरलाई बजारमा पाए भैदियो ।।
टिकी चुरा लाउने देशमा बनेन नि कारखाना ।
विदेशले पुराइदियो मनको चाहना ।।
राम्रो बनी चन्द्रमा र प्रकृतिलाई जित्ने हो ।
लाउन खान बस्न जान्नु जीवन कला हो ।।
ज्ञद्द । प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८
मान्छे हुन् कि सहरले सजाएका फूल हुन् ।
मानिस हुन् तर सहर काम नगर्ने भुल हुन् ।।
जा“गरको बत्ति निभ्यो यि मान्छेका घरमा ।
रङ्गिचङ्गी बजार बस्यो चित्त दिमागमा ।।
सहर घरको संसार पढ्यो विदेशको बजारले ।
आजको दिन मात्र जीवन भन्छ बजारले ।।
नजरलाइ रङ्ग दियो विदेशको बजारले ।
राजी भयो सहर घर जति हजारले ।।
पर्व आयो बिदेशको रङ्गिन बजार रमायो ।
लाउने खाने जीवन चिन्तन अति कमायो ।।
यै देशका लागी खुले विदेशमा कारखाना ।
सहर बजार झलमल सुनका गहना ।।
विदेशको बजार र घरले सहर ढाकेको ।
सहरको रबाफ गाउ“दै डुली रहेको ।।
असारमा धान रोप्छन् गाउ“का छोरी चेलीले ।
घा“स काट्छन् गोबर फाल्छन् नित्य नारीले ।।
देशमा आउने जात्रा पर्व तिनलाई पनि आएका ।
पर्व जात्रा आए पनि काम गरेका ।
बसी खाका छैनन् तिनले काम गरी खाका छन् ।
प्रकृतिका पूजारी हुन् मेला गाका छन् ।।
आज भने विदेश बजार गाउ“ घरमा डुल्दै छ ।
त्यतै तिर मानिसको मन भुल्दै छ ।।
सहरको रबाफ लगे काम गरि नखाने ।
कस्तो चलन आयो कुन्नि खेती नगर्ने ।।
प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८ । ज्ञघ
कैलेसम्म लाउन खान दिन्छ विदेश बजारले ।
रङ्गिचङ्गी कैलेसम्म हेर्छ नजरले ।।
स्वस्थ सफा संसारमा सबै मान्छे बा“च्ने हो ।
प्रकृतिको हरियाली सा“ची राख्ने हो ।।
हाम्रो मन हाम्रो धन दलालले लइसक्यो ।
रङ्गिचङ्गी बजारले जीवन खाइ सक्यो ।।
आज मात्र हैन जीवन बा“चुन्जेल रहन्छ ।
जीवन रहोस् उन्नतिको बाटो चाहिन्छ ।।
मानिस हौ“ अझै राम्रो मान्छे बन्दै जाने हो ।
दलालको रङ्गिचङ्गी संसार मेट्ने हो ।।
निराशाका दाह्रा नङ्ग भा“ची आशा जगाउने ।
भड्काबका भड्खालमा कोही नफस्ने ।।
बजारले भड्काएर बिथोलिनु हु“दैन ।
भड्कावका बिचारले बाटो दि“दैन ।।
सहि गलत छ्ट्याउन भड्किएर हु“दैन ।
बजारको पछि लागे जीवन चिनिन्न ।।
चुनौतीले चिसो पार्छ तताएर हि“ड्ने हो ।
अन्न्याय र असत्यलाई अन्त्य गर्ने हो ।।
बिचारको दिमागमा खतराका घण्टी छन् ।
पार गर्दै जानु पर्छ घुम्तीहरू छन् ।।
म र मेरो संसारलाई बस्तु सत्य मानिन्न ।
रङ्गिचङ्गी बजारका पछि लागिन्न ।।
हाम्रो संसार शुद्ध हुन्छ समानताको बजार ।
विदेशको बजारलाई आउ निखार ।।

जयसिंह धामीलाई
न्याय दिलाइदेउ
– मनु वि.क.
दुई हजार अठहत्तर साल साउनको महिना
जयसिंह धामीको सुन बयान
साउनको पन्ध्र गते घरबाट हि“डेका
घर संसार सजाउने आशा लिएका
जानु थियो काठमाडौ“, आशा थियो विदेशको
रोजगारी केही छैन आफ्नै देशको
तर्नु पर्ने महाकाली नेपालको सिमाना
पुग्नुपर्ने वाध्यता थियो भारत ।
तुइन तर्न पर्ने दुःख भारतमा पुग्नलाई
तुईनबाट तरी सके सबै साथीभाइ ।
झरी वर्षा बाढीस“गै उर्लिएको महाकाली
तुइन तर्न सुरुगरे जयसिङ धामी नि ।
तुइनमा झुन्डिदैं जब पुगे बिचमा
एसएसबीले चुडाईदियो तर्ने तुइन
उर्लिएको महाकाली स“गै बगे जयसिङ
एसएसवीको ज्यादतीले बग्यो उनको ज्यान ।
बग्यो कठै सपना एउटा दुःखी मनको
अन्त्य भयो जीवन गरिब जनको ।
तिमीलाई माया खुसी दिन्छु भन्थे परिवारलाई
तर खुसी क्षण भरिमै बग्यो सललै ।
नत थियो उनको दोष नत थियो ईवी नै
बग्यो कठै निर्दोष ज्यान पानी सरी भई ।
प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८ । ज्ञछ
नत पाए पानी खुवाउन नत पाए लास नै
तुइनले बगाइदियो घरको मूली नै ।
सिमानामा नेपालीलाई दुःखमाथि दुःख छ
दुई देशवीचका सन्धि कानुन स“गै खस्या छ ।
मानवता भुल्नेलाई कठघरामा पु¥याईदेऊ
सिमानाका ज्यादती अन्त्य गरिदेउ ।
भनिदेउन नेपाली हो दादागिरी सहिदैन
छिमेकी हौ“ सिमानामा हेप्न पाइ“दैन ।
घरपरिवार सन्तानलाई क्षति पूर्ति भराईदेऊ
पीडित जयसिङ धामीलाई न्याय दिलाईदेऊ ।

सुन्नु होस दिदी बहिनी
– पुष्कर सापकोटा, केन्द्रीय सदस्य,
नेपाल शिक्षक महासङ्घ, गल्कोट न.पा–९, बागलुङ
सुन्नु होस दिदी बहिनी सुन्नु होस दाजुभाइ–२
तीजको गीत सुरु गर्छु म आजलाई–३
नारी चेली स्वतन्त्र भइ बाच्न चाहन्छन् विश्वमा–२
व्यवहारिक शिक्षा देऊ शिक्षण संस्थामा–३
हामी नारी चेलीले समानता रोजेछौ–२
स्वच्छ्न्दता हैन वरै अवसर खोजेछौ–३
कैयौ“ नारी चेलीहरू विकृतिमा फसे छन्–२
हामी नारी चेलीहरू अघि बढ्दै छौ“–३
गलत संस्कार नबोकौ चेली राम्रो बन्नलाई–२
अवसरवादी चिन्तन त्यागौ“ अघि बढ्नलाई–३
कुरीति र कुसंस्कारको विरोध गर्न अघि जाउ–२
असल समाज निर्माण गर्न दृढ बनौ–३
गलत सोच चिन्तनले हामीलाई दुःख दि“दै छ–२
असल सोच चिन्तन लिई अघि बढ्नु छ–३
सबै खाले गलत चिन्तन फालौ“ हामी मिलेर–२
राम्रो दृष्टि बनाई एक भइ अघि हि“डेर–३

देश चलाउने
– आविष्कार कला, प्युठान
बाटो बिर्से शासकले जनता र सहिदको
देश चलाउने सरकार कि अदालतले हो ।।
जनमतबाट बनाएको संविधान पनि
सत्ताकै लुछाचु“डीको बन्यो कहानी
आशा भन्दा निराशाको चाङ ठुलो बनी गो
देश चलाउने सरकार कि अदालतले हो ।।
आफै लेख्या धाराहरू नबुझेर यो गति
देखि सक्यौ“ भोगि सक्यौ“ तिम्रो समृद्धि
देश चलाउने भन्दा पनि खै कता लाग्नु भो
देश चलाउने सरकार कि अदालतले हो ।।
बजेट लागू हुन्न देशमा, घोषणापत्र झन्
समृद्धिको आशा सबै नारा रहेछन्
सरकार नै नियम मिची हि“ड्ने खोज्ने किन हो
देश चलाउने सरकार कि अदालतले हो ।।
ऋण खोजी तीन भाग लगाइ सरकार चलाउने
किन हो ? नि युवालाई विदेश पठाउने
कहिले कस्ले देश बनाउला प्रश्न छ है जनताको
देश चलाउने सरकार कि अदालतले हो ।।

नेपाल आमा
– कल्पना पौडेल “जिज्ञासु”,
गैंडाकोट, नवलपुर, हाल ः खजुरा, बा“के
नेपालको मुहार फेरौ“ कर्मशील भएर
युवा शक्ति अधि बढ्यौ“ कम्मर कसेर
प्रकृतिको उपहारले भरिपूर्ण नेपाल
सधै“भरि गरिब बनी इज्जत नफाल
नेपाल आमा जन्म देउ देश भक्त नेतालाई
विकसित र स्वाभिमानी देश बन्नलाई
हिमाल जस्तै चम्किरहोस् यो देशको मुहार
अस्मितालाई बचाउ“न नेपाल आमा माग्छिन् गुहार
कृषि प्रधान देश हाम्रो बा“झै छन् खेत बारी
युवा जति पलायन भए खोज्न नोकरी
भोको पेट भर्नलाइ त्यो नाङ्गो शरीर छोप्नलाई
ज्यान जोखिममा राखी हि“ड्छन् रोजगार खोज्नलाई
जलस्रोतको धनी देश खेतवारी सुख्खा छन्
किसानहरू खेती लाउन आकाश हेर्दछन
नेताहरू पदमा पुग्छन् जनतालाई टेकेर
कुर्ची पाए सबै भुल्छन् नैतिकता बेचेर

न्याय चाहियो
– दुर्गा शर्मा आचार्य, छिस्ती, बागलुङ
हाल ः सिद्धार्थ नपा– १२, रूपन्देही

घुम्दै फिर्दै तीज आयो वर्ष दिन गनेर
अन्याय र अत्याचारका पोका बोकेर ।।
हर्ष उल्लास हुनुपर्ने तीज नारी जातिलाई
दुख र पीडा कति सुनाउ बरिलै ।।
के के सुनाउ कति सुनाउ देशको हाल यस्तै छ
दिन दिनै हत्या हि“सा बढ्दै गाको छ ।।
अन्याय र अत्याचारले सिमा अति नाग्दै छ
यो देशले शान्ति अनि न्याय माग्दै छ ।।
दिन दाहाडै हत्या हि“सा बलात्कार बढ्दैछ
बच्चादेखि वृद्धसम्म सबै यस्तै छ ।।
दिन बित्छ रात बित्छ यस्तै यस्तै देखेर
असह्य पीडा हुन्छ मन दुखेर ।।
जन्म अनि कर्म दिन्छौ बाबू आमा बनेर
ठुलो आशा भविष्यको सपना देखेर ।।
सन्तानलाई सफल पार्ने बा–आमाको चाहना
बिच बाटोमै लुटिन्छन् नि तिनका सपना ।।
द्दण् । प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८
बढ्दो हि“सा बलात्कारका घटनाले पिरल्छ
न्याय नपाई छट्पटीमा मर्नुपर्दछ ।।
छोराछोरी बराबर दुई आ“खाका नानीलाई
कुदृष्टि लगाउ“छन् छोरी जातिलाई ।।
रगत एउटै आमा एउटै, एउटै हुन्छन् चाहना
सृष्टिका फुल निमोठ्ने अनेक बहाना ।।
नियम कानुन बने पनि कागजमै सीमित
सोझा साझा जनता हेर सधै“ पीडित ।
नियम कानुन बनाउनेले लागू गर्नु बराबर
तर हाम्रो देशमा हेर बहिरो छ सरकार ।।
निर्मला झै कैयौ“ छोरी अन्यायमा पा¥याछन्
न्याय देला भन्दा सरकार बहिरो भा छ झन् ।।
सबको जीवन उस्तै उस्तै अमूल्य हैन र
महिला पुरुष बराबर बा“च्न पाइन्न र ।।
पैसा र पावरमा दोषी चोखो भैदिने
अन्यायमा परेकाको पिडै नसुन्ने ।।
शोषित पीडित नारिका कस्ले सुन्ने गुनासा
यसै बसि हुन्न है उठौ“ अब त ।।
अझै पनि यसै बसे हक कहा“ पाइयो
एकै स्वरमा बोल नारी, न्याय चाहियो ।

तीजको शुभकामना
– केशव गाहा “पाल्पाली”,
हाल ः मुम्बै, भारत
हुनु पर्छ हामी नेपालीको एउटै भावना
वर्ष दिनको तीजमा सबलाई शुभकामना
एकै ठाउ“मा जुट्यौ“ आज तीजको मेलामा
यसैगरी जुट्नु पर्छ हामी बेला बेलामा
अहिलेको तीजमा नया“ गीत गाउ“ है जुटेर
पुरानो रीति संस्कार भन्दामाथि उठेर
नबिताउ है जीवन सधै“ चुला र चौकामा
सामाजिक कार्य गरौ“ बेला र मौकामा
आजका नारि हेर चन्द्रमा छोईसके
पुरुष भन्दा नारि धेरै अघि गइसके
जगाउ“ हाम्ले जन चेतना गाउ“ गाउ“मा
नारि एकता गठन गरौ“ ठाउ“ ठाउ“मा
अत्याचारको विरुद्धमा लड्न सक्नु पर्छ
पुरुष स“गै कदम मिलाई बढ्न सक्नु पर्छ
समाजमा हाम्रो पनि समान हक हुनै पर्छ
हाम्ले पनि सफलताको शिखर छुनै पर्छ
द्दद्द । प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८
अल्मल नहौ“ धर्म संस्कृति र जात पातमा
देशको शासन सत्ता ल्याउनु पर्छ हाम्रो हातमा
अन्यायस“ग लड्नलाई कत्ति डर नमानौ“
ए नारि आफैले आफैलाई कमजोर नठानौ“
हुनु पर्छ हामी नेपालीको एउटै भावना
वर्ष दिनको तीजमा सबलाई शुभकामना ।

नारीलाई आह्वान
– जमुना गाहा, सचिव, महिला विभाग, जालन्धर नगर समिति
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
सुन्नु होला दिदी बहिनी सुन्नु होला दाजुभाइ
७८ सालको तीजको स्वागत बरिलै ।
विश्वभरि फैलिएको कोरोनाको कहर
फेरि पनि तीज मनाउने लाग्यो रहर ।
अ“ध्यारो संसारमा बत्ती बाल्ने नारीलाई
नया“ ऊर्जा थपिदिन्छ तीजले बरिलै ।
हिम्मत गरि अघि बढ आ“सु कहिलै नझार
नारी शक्ति जिन्दावाद अझै अपार ।
भोलि पर्सि भन्ने होइन आज सङ्घर्ष गर्ने हो
तेरो मेरो नभनौ देशकै लागि लड्ने हो ।
देशको हालत बिग्रेको छ संविधान नि त्यस्तै छ
भ्रष्ट शासन हत्या हिंसा बढ्दै गाको छ ।
नेता नेता भिडेका छन सुन्न पनि लाजै भो
गरिब दुखी जनतालाई बाच्नै गाह्रो भो ।
धरापैमा पर्न लाग्यो त्यो प्यारो देश बरै
श्रमजीवी बलिया का“धहरूले थामौ बरिलै ।
द्दद्ध । प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८
उठौ जुटौ दिदी बहिनी का“धमा का“ध मिलार
उत्साहको दीप जलाऔ“ अब सबले बरिलै ।
कति सहिद छन् यहा“ देशका लागि मरेका
नेताहरू भने कुर्चीकै लागि जिउ भरेका ।
हुन्न अब दिदी बहिनी चुप लागि बसेर
देश बचाउन लाग्नु पर्छ कम्मर कसेर ।
नेपालका युवाहरू खाडी मुलुक विदेशमा
भारतका दलालहरू घुसे नेपालमा ।
उठ मेरा सङ्गी साथी जुट मेरा दाजुभाइ
मातृभूमि बचाउन एक ढिक्का बनौ“ बरिलै ।
समानताको लागि अब लड्नु पर्छ अब पछि नहटी
मुठी कसी अघि बढ्नु पर्छ सधै अगाडि ।
उठ अब नारी सारा रातो झन्डा बोकेर
देशको लागि लड्नैपर्छ छाती ठोकेर ।
सम्झौता हैन सङ्घर्ष गर्नै परे गर्ने छौ सामना
सुख शान्ति चाडै आओस् यही छ कामना ।
आन्दोलनको आ“धीबेहरी ल्याउनु पर्छ अवश्य
बन्ने छ नया“ नेपाल सुन्दर भविष्य ।
महिला मुक्ति हुने छ आन्दोलनको बलमा
यो गीतको अन्त्य भयो लाल सलाम ।।

नारी अधिकार
– निरु सारु, संयोजक, हिसार नगर महिला विभाग,
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज
हे, कोरोना कै कहर छ अहिलेको तीज मानि,
त्यसैमाथि महिला हिंसा मुटु बिझाउनी ।।
हे, आधा धर्ती आकाश ढाकेका नारीलाई,
पुरुष सरह अधिकार छैन बरिलै ।।
हे, नारी मुक्ति आन्दोलन कति भए कति,
अझै पनि पीडित नै छौ नारी जाती ।।
हे, नारी पुरुष बराबरी भन्न कति सजिलो,
व्यवहार मा ल्याउ“न परे मान्छन् बोझिलो ।।
हे, अधिकार पायौ“ भन्छन् हेरत नारीले,
छोरा र छोरीमा विभेद गरिने ।।
हे, संस्कार र संस्कृतिको दिएर वहाना,
नारीलाई घरमै थुन्ने यिनको चाहना ।।
हे, कति चेली बलात्कार त कति चेली मारिए,
कति चेली घर भित्रै बन्धक पारिए
हे, सबै दिदी बहिनी एकजुट भएर,
नबसौ“ है घरभित्र पिडा सहेर ।।
द्दट । प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८
हे, कहिलेसम्म घरमा बस्ने चुलौ“ चौको गरेर,
मुक्तिको लडाइ“ लडौ“ अघि बढेर ।।
पुरुष सरह कानुन छ हाम्रो संविधानमा,
त्यही“ कानुन प्राप्त गर्न लडौ“, समाजमा ।।
राष्ट्रपति महिला भए प्रधान न्यायाधीश महिला,
समाज आफै बदलिन्छ सोच बदलौ“ पहिला……

ए छोरी सुन
– सृजना विश्वकर्मा “पल्पसा सिरु”, नवलपरासी
ए छोरी सुन कमजोर कत्ति नठान
बरिलै जन्जिरहरू तोड्ने हो
ए प्यारी छोरी कर्म यस्तै मेरो नभन
बरिलै भाग्य आफै आफ्नो लेख्ने हो ।
ए छोरी सुन लाचार तिमी नबन
बरिलै सबै बन्धनहरू तोड्ने हो
ए प्यारी छोरी सिता झै नबन
बरिलै युद्ध आफ्नो आफै जित्ने हो ।
ए छोरी सुन शृङ्गारमा अल्झेर
बरिलै राम्री हुम्ला साह्रै नठान
ए प्यारी छोरी ज्ञान भन्दा सुन्दर चिज
बरिलै संसारमा केही छैन ।
ए प्यारी छोरी हिंसा सही नबस
बरिलै माइती पराई नठान
ए माइती सुन सबै अन्याय सहेर
बरिलै घर् समाल् छोरी नभन ।
आउ सबै मिलेर महिला हिंसा चिनेर
बरिलै जरै देखी फाल्नु छ
एक ढिक्का बनेर हामी छोरी जातीले
बरिलै मुक्तिको दिप बाल्नु छ ।

देशको अस्मिता जोगाउ
– तारा शर्मा, छिस्ती बागलुङ,
हाल ः चेन्नै, भारत
हाम्रो देशमा गणतन्त्र आको छ,
वरिलै अशान्ति नि छाको छ ।
नेपाल राष्ट्रलाई मित्र राष्ट्र भनेर,
वरिलै भारतले खाकोछ ।
गोर्खालीको नाम बेचे नेताले,
बरिलै बेच्दै छन् सम्मान ।
नेपाल आमाको अस्मिता मेटाई,
बरिलै के गर्न खोजेको ।
खुल्ला सिमाना चारै दिशाबाट,
बरिलै खै पर्खाल लाएको ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो,
बरिलै नक्सामा हेरि देऊ ।
भ्रष्टाचार गर्दै हि“ड्ने नेता ज्यु,
बरिलै देश काहा पुग्दैछ ।
के शर्तमा एम सी सी ल्याएको
बरिलै देशको अपमान ।
कहिले भूकम्प कहिले बाढी पहिरो,
बरिलै देश भयो बेहाल ।
त्यसैमाथि कोरोना भाइरस,
बरिलै जनतालाई आपत् ।
गरिब दुखी निर्दोष जनताले,
बरिलै श्वास फेर्न पाएनन् ।
दुखी पीडितलाई सिटामोल छैन,
बरिलै नेतालाई कुर्ची मै चैन ।

नारी मुक्तिको आवाज
– कमला अर्याल, बा“दीकोट, प्युठान,
हाल ः बुटवल ।
नेपाली हौ सबै मिली बसौ“ भन्ने चाहना ।
यसपालीको तीजको शुभकामना ।।
घुम्दै आयो फेरि तीज यसपाली नि रुवाउन
रुने हैन लाग्नु पर्छ सबलाई बुझाउन ।
महिला हिंसा उग्र हु“दै गाछ हाम्रो देशमा
उठौ“ अब सबै नारी जोसै जोसमा
कति नारी मरिसके यो देशका शोषकले
हामलाई पनि मार्छन कि त यस्तो दमनले
पहिला नारी कमजोर थिए फसी हाल्थे धनमा
अब हामी उठ्नु पर्छ सडक मैदानमा ।
दाइजो लोभमा कति नारी मारे ज्यू“दै जलाए
महिला हिंसा गर्नेलाई हुन्न सजाय ।
घमन्डलाई त्यागेर लागौ“ नारी जोगाउन
अन्याय र अत्याचारलाई पर्छ भगाउन ।
राष्ट्रघाती नेताजीको जानू पर्छ मलाम
यो गीतको अन्त्य भयो लाल सलाम ।

देशको अस्मिता
– लिला पुन, टारी, प्युठान
सिआइएको सदस्य रहिछन्
यी हाम्रा नेतालाई चिन बरिलै–४
यो देशको अस्मिता बचाउन
क्रान्ति गर्नलाई हि“ड बरिलै–४
दिदी बहिनीको यो अनुरोधलाई
नेपाली युवा हो मान बरिलै–४
विदेशी सब, नेपालको शत्रुलाई
मिलेर सबैले हान बरिलै–४
एमसीसी नेपालमा आएमा
अफगान देश झै होला बरिलै–४
साना–साना बाल र बच्चा
आमाबाउ विना रोला बरिलै–४
भारतलाई छिमेकी भन्छौ
छिमेकी हैन शत्रु बरिलै–४
खोज अब संसारभरि
नेपाल देशको मित्रु बरिलै–४
तहस–नहस यो हाम्रो देश
एमसीसी आएमा हुन्छ बरिलै–४
प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८ । घज्ञ
नाङ्गै भोकै गरिब देख्दा
यो मेरो मन रुन्छ बरिलै–४
कहा“ होला नि ! नेपाली छोरी
भनेर आमा रुने बरिलै– ४
नआव नि ! नेपालमा कहिले
आ“सुले मुख धुने बरिलै–४
बर्सामास भदौरे झरी
सिमसिमे पानी प¥यो बरिलै–४
देशको हालत बिग्रेको देख्दा
मनको आशा म¥यो बरिलै–४
खायो भन्छन् काला र पानी
हो भने विरोधमा उठौ“ बरिलै–४
देशको लागि ए दिदी बहिनी
गाउ“ सहरबाट जुटौ“ बरिलै–४
हिमालबाट झरेको चरी
झिमरुकमा आएर खेल्यो बरिलै–४
उत्तर–दक्षिण छिमेकी देशले
सानो छ भनेर पेल्यो बरिलै–४
यति गर्ने अरू कोही हैन
दलाली नेताको चाल बरिलै–४
देश बेच्ने अपराधि नेताको
यिनको आउ“दैन काल बरिलै–४
घद्द । प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८
छोरी–चेली कोहीपनि भन्दैनन्
रूपिया“ पाएमा बेच्छन् बरिलै–४
विरोध गर्ने विरोधीलाई
पाएमा मिलेर खेद्छन् बरिलै–४
हाम्रा शत्रु देशबाहिर छैन
देशभित्र लुकेको छनि बरिलै–४
शत्रुस“ग भिडेपो होला
किन हो लुकेर रुने बरिलै !

देशको खबर
– मालता बेल्बासे भु.न.पा.–१, अर्घाखा“ची
हाल ः च.न.पा.–१५, काठमाडौ“
सुन्नु होला दिदी बहिनी, सुन्नु होला दाजुभाइ
यसपालि नि हाम्रो देशको खबर बरिलै१
देशको खबर बताउ“ भने पीडा व्यथा यस्तै छ
कोरोनाले नया“–नया“ रूप फेर्दैछ ।
भूकम्प पछि नाकाबन्दी त्यसपछि कोरोना
कति दुःख लेखेको छ हाम्रो खोरोमा ।
घुमीफिरी फेरि आयो यो पापी कोरोना
त्यसैमाथि बाढीले नि छोड्दै छोडेन ।
गाउ“ सहर लेकबेंसी जताततै छाईसक्यो
ठुलो–सानो नभनेर सबलाई लाईसक्यो ।
ठुलाबडालाई मात्र रहेछ यो देशमा चयन
गरिबलाई कहिले पनि शान्ति भएन ।
ठुलाबडाले “सटेज” पारे अक्सिजन लुकाई
गरिब जनता मर्नुपर्यो उपचार नपाई ।
अस्पताल जा“दा बिरामीलाई टेक्ने का“ही ठाउ“ छैन
मेडिकलमा औषधीको निश्चित भाउ छैन ।
घद्ध । प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८
गरिबले नै कर तिर्ने हो पसिना बगाई
त्यही पसिनाको कमाइमा बस्छन् रमाई ।
सा“झ–बिहानको खाना छैन गरिबको घरमा
ठुलाबडा बा“चेका छन् यीनकै भरमा ।
सत्ता–शक्ति हुनेलाई त कुनै चिन्ता भएन
निमुखाको घरमा चुलो बल्न पाएन ।
पूर्वदेखि पश्चिमसम्म एउटै नै हो जगत
आखिर नेपाली नेपाली एउटै नै हो किन फरक?
बसेका हौ“ पृथ्वीमा सबै जनता भाडामा
पसिनाको कमाई सबै जान्छ करमा ।
त्यही कर उठाएर ठुलाबडाले खाका छन्
चिल्ला कार चढेर घुम्न पाका छन् ।
पृथ्वी सबको साझा नै हो, छैन कसैको पेवामा
सबै छोडी जानुपर्छ मर्ने बेलामा ।
ठुलो सानो भन्ने केही छैन यहा“ फरक
नया“ सन्देश लिई आउनेछु अर्को वर्ष ।।

नेपाली महिलाको पीडा
– विष्णु भुसाल
सन्धिखर्क, अर्घाखा“ची
घुम्दै फिर्दै आयो तीज छैन मनमा चयन
हत्या हिंसा बढ्दै गयो सुन बयान ।
मेचीदेखि कालीसम्म हिमालदेखि तराई
उन्मातले आफ्नो मान्छे हुन्छ पराई ।
न त गाउ“ न त सहर सुरक्षित छैन कुनै ठाउ“
न्याय पाउने ठाउ“ छैन हामी कहा“ जाउ ।
छ न त छन् नियम कानुन खै काहा छन् थाहा छैन
भएका जाली झेली कानुन निमुखालाई हैन ।
दिन पनि रात झै हुन्छ यी कुरा सम्झि“दा
के सम्झेर मन बुझाउ छाती चिरिदा ।
न त भन्छन् बच्चाबच्ची न त बृद्ध अपाङ्ग
यस्तो समाज सम्झि“दा मन हुन्छ झसङ्ग ।
उठ सारा चेलीबेटी अन्यायमा परे नि
मुक्ति पाउन लड्नु पर्छ जे जे गरे नि ।
एक जुट भै लड्यौ भने यस्तो संस्कार तोडिन्छ
काला कानुन च्यात्दै नारी अघि बढिन्छ ।
जबसम्म न्याय पाइन्न चुप लागि बसिन्न
हत्या हिंसा बलात्कार हामी सहिन्न…

कोरोना कहर
– विष्णु विक, शान्तिपुर, गुल्मी
२०७६ साल पुसको महिना
कोरोना भाइरसको सुन वइन ।
चाइनाको उहानबाट आयो वरै बतास
सबैको बनायो मर्न हतास ।
चाइनाको बतासले लियो वरै भाइरस
मरिन्छ कि बाचिन्छ डर लाइरछ ।
बाचे पनि भोकै प्यासै कति दिन टर्ने हो
छोरा छोरी अलपत्र यसले पार्ने भो ।
खै कसरी आयो वरै मान्छे खाने भाइरस
हरायो कि भनेको त फर्की आइरछ ।
बन्दाबन्दी गरेको छ भाइरस निको पार्नलाई
सा“झ बिहान गाह्रो भयो छाक टार्नलाई ।
काम गर्न जाउ भने जताततै बन्दछ
काम गर्न नजाउ भने खानै बन्दछ ।
खान लाउन नपाएर छोरा छोरी रोका छन्
हामी जस्ता जनता कति भोका छन् ।
प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८ । घठ
जनता हामी भोका नाङ्गा सडक र झाडीमा
नेता जति सधै“भरि चिल्ला गाडीमा ।
सरकारले बुझे हुने जनताको मर्मलाई
गाह्रो भयो जनतालाई छाक टार्नलाई ।
रोजगारी खुलाइदेउ आत्महत्या घटाइदेउ
गरिब दुखीहरूलाई राहत पुर्याइदेउ ।
एउटा बेड नपाएर मरेका हुन जनता
हो कि हैन नेताले अब भन त ।
जनता पनि सचेत बनौ“ रोगबाट बच्नलाई
साथी बनाऔ“ साबुन पानी सेनिटाइजरलाई ।
सधै“ हात धोउ हामी साबुन र पानीले
यस्तै बानी सिक्दै जान्छन् साना नानीले ।
हात धोऔ“ माक्स लगाउ तातो पानी खा“दै जाउ
संसारबाटै यो भाइरसलाई हामी भगाऔ…… ।

जिन्दगी
– प्रेमकुमारी विक, गहतराज, दाङ,
हाल ः मलेशिया ।
प्रसव पिडा स्तनपानले डाक्यो जिन्दगी ।
सबको माया उमङ्गले ढाक्यो जिन्दगी ।।
छाड्यो बाला चढ्यो यौवन मात्यो जिन्दगी ।
संसार सबै चम्काउने आट्यो जिन्दगी ।।
यौवन स“गै वयस्कमा चल्यो जिन्दगी ।
कर्तव्य को भुमरीमा पर्यो जिन्दगी ।।
छाड्यो वयस्क बुढेसकालमा चल्यो जिन्दगी ।
सबको हेला तिरस्कारले गल्यो जिन्दगी ।।
असहाय भै आगनिमा ढल्यो जिन्दगी ।
आर्यघाट को दियोमाथि जल्यो जिन्दगी ।।

दाजु–बहिनीको सम्वाद
– टिकाराम खनाल, भु.नपा.–१, अर्घाखा“ची,
हाल ः काठमाडौ“
बहिनी ः सुन मेरा दिदी बहिनी, सुन मेरा दाजुभाइ
मै दुःखी चेलीको मर्का बरिलै !
गरिबलाई जहिले पनि खान लाउनै समस्या
घुम्दै आयो चाडपर्वको चर्खा बरिलै ।
दाजु ः नरोऊ बहिनी ¤ गरिबलाई कहिलै शान्ति भएन
जुनै सरकार आए पनि पीडा बरिलै ।
शिक्षा, स्वास्थ्य, रोजगारको त कुरै गर्न पाईएन
झन्पछि झन् देशको का“धमा ऋण बरिलै ।
बहिनी ः यस पालिको तीजमा पनि माइत आउन पाईएन
त्यही पुरानै कोरोनाको डर बरिलै ।
नारी–चेली समाजमा जोगिनलाई गार्हो छ
हामी चेली कसको पर्नु भर बरिलै ?
दाजु ः म पनि त तीजमा बहिनी लिन आउन पाइन
कहिले जान्छ कोरोनाको तर्सो बरिलै ?
सुख दुःख साटेर नै हामी अघि बढौ“ला
बहिनी तिमी नरोई नरोई बस बरिलै !
द्धण् । प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८
बहिनी ः उठ मेरा दिदी बहिनी, उठ मेरा दाजुभाइ
आफ्नो हक पाउनलाई लडौ“ बरिलै !
समाज सुधार गर्नलाई हामी जुट्नै पर्दछ
देशको लागि सबै अघि बढौ“ बरिलै !
दाजु ः यो व्यवस्था सम्भ्रान्तलाई जहिले पनि हाई–हाई छ
हामी जनता शासकको रैती बरिलै ।
सबैले नारीलाई आफ्नै चेली सम्झेमा
कर्म घर नि सबलाई हुन्थ्यो माइती बरिलै ।।


खै कसरी भनौ“ पायौ“ अधिकार
– नर बहादुर विक, शान्तिपुर, गुल्मी
गाउ“ गाउ“मा सिंहदरबार घरघरमा सरकार
खै कसरी भनौ“ हामी पायौ“ अधिकार ।
वषौर्“देखि लड्यौ“ हामी अधिकार पाउनलाई
जनतालाई सधै“ दुःख खान लाउनलाई ।
खै त हामलाई शिक्षा स्वास्थ्य खै त हामलाई रोजगार
सत्ता स्वार्थी मात्रै भए सबै सरकार ।
राजनैतिक पार्टीहरू टुटफुट र विभाजन
राजनीति बिग्रिदैं जान थाल्यो झन् ।
विश्वव्यापी महामारी कोरोनाको डरमा
रोग सोग भोकमरी गाउ“घरमा ।
रोजगारी देशमा नपाई विदेश तिर धाएका
रोजगारी गुमाई युवा फर्की आएका ।
रोजगारी कलकारखाना नबनाई देशमा
सरकार मात्र फेर्न ठिक्क नया“ भेषमा ।
तल देखि माथिसम्म भ्रष्टाचार बेथिति
शोषण दमन अत्याचार व्याप्त कुरीति ।
द्धद्द । प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८
सि“चाई छैन कृषि क्षेत्र जलस्रोतको धनी देश
झनझनै बिग्रिदैछ देशको परिवेश ।
महिला हिंसा बलात्कार बढिराछ दिनदिनै
जातीय भेदभाव चर्को झनझनै ।
जताततै अस्तव्यस्त कहिले होला सुध्रिने
कहिलेसम्म अन्यायमा हामी गुज्रिने ।
मजदुर किसान गरिब दुखी उठ्नु पर्ने बेला भो
निर्माण गर्न सभ्य समाज समानताको ।
निर्माण गरौ“ गरिब दुःखी जनताको सरकार
तब मात्र पाउने छौ“ हाम्रो अधिकार ।

यो सालको तीज
– बिन्दु रेगामी हमाल, बागलुङ
हे….. घुम्दै फिर्दै आइपुग्यो यो साल पनि तीज
रोपोस यसले हामी सबमा एकताको बिज ।
हे….. लक्ष लियौ हामी सबले चन्द्रमालाई छुन
विडम्बना खिइ“दै गयौ“ सकेनौ“ एक हुन ।
हे….. ल्यायौ देशमा सङ्घीयता विकास गर्न चुली
टाढियो नि हाम्रो नाता भुली ।
हे….. दाजुभाइको झगडाले थाले पराई रम्न
दिमाग भरि अविश्वासले थालेका छन् जम्न ।
हे….. दिनदहाडै महिलामाथि हुन्छ बलात्कार
अपराधीलाई सजाय दिन सक्दैन सरकार ।
हे….. एकातिर कुरीति र कुसंस्कारको घेरो
महिलाको जीवन मात्र किन यति फेरो ।
हे….. एउटी महिला राष्ट्रपति अहिले बन्दैमा
आउ“दैन अधिकार कसैले भन्दैमा ।
हे….. एकल महिलाभित्र लुकेका छन् पीडा
समाजले गर्ने गर्छ उनैलाई नै घृणा ।
द्धद्ध । प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८
हे….. कहिले होला नारी हामी स्वतन्त्र भै उड्ने
विभेदका जालोहरू एक एक गरि चुड्ने ।
हे….. सोझा साझा जनतालाई मात्र नियम कानुन
भ्रष्टाचारी अपराधीलाई एक एक गरी छानुन् ।
हे…..भित्र हिंसा बाहिर हिंसा हिंसा जताततै
डर त्रासमा बित्यो क्यारे हाम्रो जीवन सधै ।
हे…आज पनि उस्तै नै छ हिजो थियो सास्ती
गरिब दुःखी चपेटामा ठुला मोज मस्ती ।
हे…छोडौं अब ल्याउनलाई भाइ भाइमा फुट
विकास गर्न आजैदेखि एकतामा जुट ।
हे…… संसारले चिन्थ्यो नेपाल बुद्धको हो देश
जानी जानी भुल्दै गयौ“ आनै भाषा भेष ।
हे….. छर्दै हि“ड्छन् कोही यहा“ भ्रमको खेती
बेहोर्दै छौ“ हामी जनता अझै केके अति

महिला आवाज
– अन्जान पौडेल, पर्वत, कुस्मा
सुनाउनुछ दिदी बहिनी आउनुस कुरा भनम
महिलामाथि हत्या हिंसा अनि दमन ।
के हेरेर बसिरहेछ सरकार अनि समाज
छोरी चेली सुरक्षित छैनन् नि आज ।
आफ्नै घरमा सुरक्षित नभएको बेला
गिद्दे नजर राक्षसको पर्छौ फेलामा ।
बलात्कार, हत्या, हिंसा दिनदिनै बढ्दैछन
लाउलाउ खाउखाउ उमेरका नारी मर्दैछन् ।
कति चेली बेचिएर अप्ठ्यारोमा पर्याछन्
रेकर्ड छैन बाध्यताले कति मर्याछन् ।
जबसम्म कडा कानुन बन्दैन दोषीलाई
सरकारलाई दबाब दिन हामी जुटौ“ है ।
जुन देशमा राष्ट्रपति महिला नै भाको छ
त्यही देशमा महिला हिंसा बढ्दै गाको छ ।

माइत जान पाइन
– बिष्णुमाया सुनार, काफल डा“डा ,स्याङ्जा,
हाल ः बुटवल
तीज पनि आयो, झरी पनि लायो
म माइत जान पाइन बरिलै ।
बुढा भाका बा आमाले छोरी आइन भन्नू भो
सिद्ध बाबा पहिरोले छेक्यो बरिलै ।
आमा बाबा भन्नू हुन्छ माइतै बस छोरी
बुटवलको गर्मी खाए बरिलै ।
माइतबाट आमाले दर खान बोलाउनी
म त माइत जान पाइन बरिलै ।
आमाले पकाएको मीठो दर सम्झेर
मेरो मन धुरु धुरु रोयो बरिलै ।
धेरै वर्ष भयो माइत दर नखाको
तीजमा सम्झना आयो बरिलै ।
तीजको बेला सम्झिएर आमा रुनु होला
तर म जान पाइन बरिलै ।
पहिले पहिले दाजुभाइ आउथे लिन रमाई
अहिले त मोबाइलमा हेल्लो बरिलै ।

भाइरसले रुवायो
– शुशिला बन्जाडे, भूमिकास्थान–६,अर्घाखा“ची
हाल ः अनेमसङ्घ काठमाडौ“, सदस्य
विश्व हल्लाउने भाइरस आयो
हा… रेलुमै सबैलाई रुवायो ।
मान्छेले मान्छे भेटन नहुने
हा… रेलुमै के यस्तो बनायो ।
विहान बेलुका काम गरी खाने
हा… रेलुमै गरिबको घरमा ।
कति दिन बिते कति रात बिते
हा… रेलुमै पानीको भरमा ।
राहतको नाममा भ्रष्टाचार गरे
हा… रेलुमै पानी नि पाएनौ“ ।
जेल जस्तो जीवन बिताउन वाद्य
हा… रेलुमै नभए खाएनौ ।
एक मुठी प्राण जोगाउन हैरान
हा… रेलुमै संसारै रुवायो ।
काख रित्तिए सिन्दूर पुछिए
हा…. रेलुमै उजाडै गरायो ।
द्धड । प्रगतिशील तीज गीत सङ्ग्रह–२०७८
एक पछि अर्को विपत्ति आउ“दा
हा… रेलुमै जनतालाई शास्ती भो ।
जनताको करले भु“डी भरने
हा… रेलुमै सरकारलाई मस्ती भो ।
अकालमा धेरैले ज्यान गुमाए
हा… रेलुमै अक्सिजन नपाएर ।
ठुला बडालाई लागेन कानुन
हा… रेलुमै राखे नि लुकाएर ।
यी काला कानुन फाल्नलाई उठौं
हा… रेलुमै एक जुट भएर ।
देश लुटी सके बुझौ“ सबैले
हा… रेलुमै नबसौ“ सहेर ।