अत्याचारीहरुको हालत के हुन्छ ? अफगानिस्थानबाट सिक्नु पर्छ। इराकबाट सिक्नु पर्छ। शोभियत सङ्घ समर्थित अफगानी सरकार ढाल्न अमेरिकाले आतंकबादी तालिबानी जन्मायो।तालिबानीहरुलाई सत्तामा पुर्यायो।उनीहरु अमेरिकाकै लागि घाँडो बने पछि अमेरिकीहरुले तालीवानीहरुलाई पनि सत्ताच्युत गरे।सत्ता च्युत भए पनि उनीहरु जनताको वीचमा पसे।उनीहरुले आफू खेल्ने ठाउँ बनाउदै बिस्तार गर्दै गए। आज भिएतनाम पछि दोस्रो लज्जास्पद घटना अमेरिकाले बेहोर्दैछ ,हरूवा कुकुर पुच्छर लुकाएर भागे जस्तै अफगानिस्तानबाट सेना फिर्ता गरेर भाग्दैछ।दीर्घकालीन राजनीतिक सोच भएकाहरु धैर्यतापूर्बक लड्दा रहेछन।

इराक – अमेरिकी युद्धमा इराकको बगदाद कब्जा गर्न अमेरिका सहित साम्राज्यवादीहरुलाई एक महिना लागेको थियो।शत्रु सेना बग्दाद प्रवेश गर्दा इराकी सेनाहरु सबै बर्दी त्यागेर सिभिलियन भैसकेका थिए। सजिलै राजधानी छिर्न दिएर इराकीहरु अमेरिकी सेनालाई घेरा हाल्दै मार्दै गर्न थाले ।अहिले इराकी सम्सदले अमेरिकी सेना फिर्ता गर्ने प्रस्ताव पारित गरिसकेको छ ।शान्ती स्थापना भैसकेको छैन , एअरपोर्ट लगायतका ठाउहरुमा गरेको लगानी उठिसकेको छैन भन्दै अमेरिकी सेना इराकबाट फर्किन अस्वीकार गर्दैछ ।तर नफर्की सुखै छैन।अफगानिस्तान र इराक घटनालाई अलग थलगरुपमा हैन अहिलेको समग्र विश्व राजनीतिको एक अङ्गको रुपमा बुझ्नु पर्दछ। बिगतमा अमेरिकी र रुसी हरुको द्वन्द्व स्थल बनेको थियो। अहिले चिनियाहरु त्यहा आफ्नो प्रभाब बढाउदैछन। भारत अगाडि सर्दैछ।सम्राज्यवादी कथित प्रजातन्त्रको सट्टामा आउने कुनै पनि धार्मिक अतिवाद जनताको मुक्तिको सही बिकल्प हैन । प्रगतिशील बैज्ञानिक बिचारधाराका आधारमा निर्माण हुने मिहेनतकस जनताको ब्यबस्था नै सही विकल्प हुने छ।