रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई मधेशमा बढी फुर्ती नदेखाउन चेतावनी दिएका छन् । उनले आफुू र सिंगो कम्युनिष्ट पार्टी मधेश र मधेशीको लागि ४६ बर्षदेखि राजनिति गर्दै आएको समेत बताए ।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ द्धारा रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई झुुक्याएर थोरै मत लिएका राजपाले मधेशमा फुर्ती नदेखाउन सुुझाव दिएका हुन् ।

कार्यक्रममा उनले मधेश र मधेशीको लागि राजतन्त्रविरुद्ध कम्युुनिष्ट पार्टीमा रहेर आफू ४६ बर्ष अगाडी इनरवारीमा सेल्टर बनाएर बसेको इतिहासबारे समेत स्पष्ट पारेका छन् ।

केही महिनाको बसाईपछि प्रहरीले पक्राउ गरेर  लामोसमय कारागार जीवन व्यतित गरेको कार्यक्रममा स्पष्ट पारेका थिए ।

मधेशीको अधिकारका लागि सिंगो कम्युनिष्ट पार्टी लागिरहेको अवस्थामा केही दलले कम्युनिष्ट मधेश विरोधी रहेको भ्रम फैलाएकाले त्यस्ता

झुुठा भ्रममा नपर्न प्रधानमन्त्री ओलीले प्रदेशवासीलाई आग्रह समेत गरे ।

पछिल्लो केही बर्षदेखि देशमा अलगावबादी नेताका रुपमा रहेका सिके राउतलाई राजनीतिको मुलधारमा ल्याई सच्चा कम्युनिष्ट देशभक्त रहेको प्रमाण दिइसकेको कार्यक्रममा उनले धारणा राखेका थिए ।

पटक–पटक सानो आयुको सरकार परिवर्तनले देशमा विकासले गती लिन नसकेकै कारण नेपाली जनताले कम्युनिष्टलाई दुुइतिहाई मत दिएर जिताएको उनको भनाई थियो ।

जनताको अभिमतको सरकारले प्रदेशमा रहेका पुर्व–पश्चिम राजमार्गलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने, पुर्वपश्चिम विद्युतीय रेलमार्ग

निर्माणका लाी काम अगाडी बढीरहेको स्पष्ट पारे ।

प्रदेशको सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, सिचाईं विकासको लागि सरकारले बिषेश निति ल्याइरहेको उनले बताए ।

गौर चन्द्रपुर सडकखण्डलाई चारलेनको बनाउने, गरुडा नगरपालिका अन्र्तगत चक्रपथ निर्माण, अस्पताल निर्माण, खानेपानीको क्षमतावृद्धी तथा वारुणयन्त्र सरकारले उपलब्ध गराउने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

समाजमा रहेका कुरीति, कुप्रथा र अन्धबिश्वासलाई हटाई जनप्रतिनिधीसँग मिलेर विकास निर्माणको काममा लाग्न उनले पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

देशको समग्र विकासका लागि सरकार तिब्रताका साथ लागिरहेको बताउँदै प्रम ओलीले प्रदेश २ मा लागू गरिएको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानको सराहना गरेका थिए ।