विश्व कम्यूनिष्ट आन्दोलनका महान पाँच नेताहरु कार्ल माक्र्स, फ्रेडरिक ऐगेल्स, ब्लादिमीर इलियच लेनिन, जोसफे स्टालिन र माओत्सेतुङ्गका बिचारहरुलाई विश्व भरीका सच्चा क्रान्तिकारीहरुले मान्दै आफ्नो देशको परिस्थितिमा उनिहरुका सैद्धान्तीक अवधारणाहरुलाई अपनाउने प्रयत्न गर्दै आई रहेकाछन् । यसो गर्नका पछाडी यी नेताहरुले जसरी आफ्नो जीवन कालमा जे जस्ता कठिनाईहरुको निर्भिकतापूर्वक, समाज र विज्ञानको वैज्ञानिक तथ्यहरुको अवधारणा अगाडी बढाउने संदर्भमा रुसमा लेनिन र स्टालिनले, चिनमा माओले क्रान्ति संपन्न गरे । रुसमा लेनिनले त्यहाँका मजदुरहरुको नेतृत्वमा समाजबादी क्रान्ति संपन्न गरे भने चिनमा माओले किसान मजदुरहरुको एकतामा आधारित पुँजिवादी क्रान्ती तथा जनवाद संपन्न गरे । रुसमा जब खुस्चेभले स्टालिनको मृत्यू पश्चात त्यहाँ संशोधन वादी बिचार अगाडी सारेर समाजवादलाई ढाल्न पुगे, जसलाई ध्यानमा राखेर माओले चिनमा सर्वहारा सांस्कृतिक क्रान्ती संचालन गरे । तर चिनमा पनि माओको मृत्यू पश्चात त्यहाँ संशोधनवादी बिचारले राज्य सत्ता आफ्नो हातमा लिए । त्यसपछि त्यहाँ पनि प्रतिक्रान्ति भएर संशोधनवाद हावी भयो । अहिले साम्राज्यवादी आधार शिविरमा परिणत भै सकेकोछ । 
माक्र्सवाद एउटा समाज विज्ञानको जीवन दर्शन हो । यसले संपूर्ण चिजहरुलाई द्वन्दात्मक भौतिकवादको आधारमा हेर्ने बुभ्mने, जान्ने र बदल्ने मार्ग प्रसस्त गर्दछ । ब्लादिमीर इलियच लेनिनले माक्र्सवादी विचार जो केवल विचारमा सिमित थियो, जसलाई बुझेर उनले रुसको सन्दर्भमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गरेर शसक्त संगठन निर्माण गरी त्यहाँ समाजवादी क्रान्ति संपन्न गरे । महान लेनिनको नाम विश्वको पहिलो समाजवादी राष्टूको अभ्युदयसंग अभिन्न रुपले जोडिएको छ । रुसमा सन १९१७ मा महान अक्टोवर समाज्यवादी क्रान्तिको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीका संस्थापकसमेत रहेका लेनिनको विचारबाट अनुप्रेरित भएर संसारका श्रमजीवी वर्ग नेताहरु समाजवादको बाटोलाई पक्रेर न्याय, समानता, स्वाधीनताका लागी संघर्षरत छन् । 
सोभियत साहित्यका प्रवर्तक म्याक्सिम गोर्कीले लेनिन वारे लेखेका छन्, यस्तो अर्काे कुनै व्यक्ति जन्मेको छैन जसलाई संसारमा वास्तवमा नै यस्तो अमर स्मृतिको श्रेय प्राप्त छ । वास्तवमा संसारभरमा लेनिनका वारेमा सताव्दीयौंदेखि लेखक कलाकार ज्यूहरु द्वारा लोक गायन, नाटकहरु, चलचित्रहरु निमार्ण गर्ने कार्य हुदै आएकोछ । ब्लादिमिर इलियच उल्यानोव (लेनिन)को जन्म १० अप्रिल १८७० मा सिम्वीष्र्क नगर (अहिले उल्यानोव नगर) मा भएको थियो । यो शहर रुसको विशाल नदी वेल्गाको किनारमा अवस्थित छ । लेनिनको बाल्यकाल र युवा अवस्था यही नै थियौ । उनको हजूर बुवा रुसी थिए र निज्नी नोकगोरोरु गुर्वेनियामा भू दास थिए । पछि उनी सपरिवार अस्त्राखान शहरमा आए र त्यही नै उनको बाजेको देहान्त भयो । लेनिनका पिता इल्या निकोलायेविच उल्यानोवको जीवन निकै गरिवीमा कष्टकर रुपमा बित्यो । उनको दाजुको सहयोगले उनले कजान विश्व विद्यालयबाट स्नातक गरे । कैयौ माध्यामिक स्कूलहरुमा अध्यापन गराउँदा गराउँदै निरिक्षक बने । यसरी पछि उनी सार्वजनिक स्कूलहरुको शिक्षा अधिकारी बने । उनले आफ्नो क्षेत्रका मानिसहरुमा शिक्षाको श्रीबृद्धि गर्न कैयौ स्कुल कलेजहरुको स्थापना पनि गरे । 
लेनिनको आमा मारिना अलेक्सान्द्रोबना, एउटा डाक्टरकी छोरी थिइन् । उनको शिक्षा दिक्षा घरमा नै भयो । उनलाई  कैयौ भाषाहरु आउँथ्यो । मारिमा समझदार शान्त दृढ निस्चियी, र दृढ चरित्रकी नारी थिईन् । उनले आफ्ना संन्तानहरुको पालन पोषणमा कुनै कसर बाँकी राखिनन् । उल्यानोव परिवारका छ सन्तान थिए । आन्ना, अलेक्सान्द्रा, ब्लादिमीर, ओल्गा, रुमित्री र मारिया । लेनिन निकै मेधावी स्वाभावका थिए । उनमा तिब्र ज्ञान प्राप्त गर्ने उत्कट इच्छा थियो । महान रुसी लेखकहरु पुश्किन, लेर्माेन्तोव, गोगोल, तुर्मेनेव, लेकासोव, सालनीकोव श्चेदिन र तोलस्तोयका रचनाहरुसंग निकै नजिक बाट परिचित थिए । उनले बेलिन्स्की, हर्जेन, चेर्निवस्की, दोव्रोल्युवोन र पिसारेवको रचनाहरु पनि अध्ययन गरे । यसले के देखाउँछ भने लेनिनले आफ्ना देसका प्रतिष्ठित प्रगतिशील तथा यथार्थवादी धाराका लेखकहरु मार्फत रुसी समाजको चरित्रलाई बुभ्ने प्रयत्न गरे । 
१६ वर्षको आयुमा लेनिनले धर्मसंग आफ्नो नाता तोडिदिए । यस प्रसंगमा उनको अर्धागिनी कु्रपस्काया लेखछीन, “एक पटक लेनिनका पिताले आफ्नो घरमा आएका पाहुनासंग लेनिन गिरिजा घर एकदम कम जाने गर्दछन, के गरु भनेर सोधे” । उनीकहाँ आएका पाहुनाले लेनिनतिर फर्केर भने, “कोडा लगाउनु पर्ने दह«ो, कोडा भनेर तर्साए” । यो कुरा लेनिनको मनमा नराम्ररी चोट प¥यो । उनी अचानक बाहिर आँगनमा आएर आफ्नो घाँटीमा रहेको क्रस चिन्हको जन्तर चुडालेर फ्याँकी दिए । लेनिन आफ्नो दाजुबाट निकै प्रभावित थिए । आफ्नो प्यारो दाजु अलेक्सान्द्राको कामका उदाहरण लाई निकै महत्व दिने गर्दथे । उनको आफ्नो दाजुबाट नै उनले माक्र्सवादको प्रारम्भिक ज्ञान हासिल गरे । सन १८८६ मा उनको पिताको अचानक मृत्यु हुन्छ । त्यो पीडाबाट वौरीन न पाउँदै लेनिन माथी अर्काे बज्र प¥यो । सन १८८७ को मार्च महिनामा पिटर्सवर्गबाट उनको दाजुलाई गिरफ्तार गरेर मई महिनामा अलेक्सान्द्रा जार तृतीयको हत्याको आरोपमा फाँसी दिइन्छ । 
दाजुको बलिदानिपूर्ण घटना ले गर्दा लेनिनलाई गहिरो चोट र जार सरकारप्रति तिब्र घृणा भाव पैदा हुन्छ । जसका कारण उनी झन जिम्मेवार ढंगले रुसको क्रान्तिकारी आन्दोलनमा हेलिन्छन् । उनको दिदी आन्ना उल्यानोवले लेनिनको बारेमा लेखीन्, “अलेक्सान्द्रा इलियचले एक वीर योद्धाले जस्तै (लप्का जस्तै मृत्यूवरण) गरे र उनको रगतले एउटा क्रान्तिकारी आगोको रापले उसको सिको गर्ने भाई व्लादिमीरको बाटोलाई प्रकाशमय गरायो” । जार सरकारले दाजुको हत्या गरी सके पश्चात उनी पुन दाजुको बाटोमा लागेनन् । किन कि, नरोदवादीहरुले क्रान्ति हत्या र आंतकको कार्यलाई विशेष महत्व दिन्थे । त्यसैले भने “हामीले यस मार्गलाई अनुकरण गर्नु हुन्न, यो सही बाटो होइन” । उनले सन् १८८७ मै हाइस्कूल पास गरेर कजान विश्व विद्यालयमा कानुन संकायमा भर्ना भए । उनी त्यहाँ पनि क्रान्तिकारी विचार राख्ने बिद्यार्थीहरुसंग सम्पर्क बढाउँदै लगे । 
१८८७ मै विद्यार्थीहरुले आयोजना गरेको एक सभामा भाग लिएकै कारण उनलाई विश्व बिद्यालयबाट निस्कासित गरियो र जेल हालियो । उक्त बेला पुलिस अफिसरसंग संवादमा उनले जवाफ दिए, हो त अगाडी ठूलो पर्खाल त छ, तर त्यो निकै पुरानो  धमिरोले खाएर मक्किसकेको छ, यो एक धक्का मै ढल्छ । यस प्रकार उनी सरकारको नजरमा राजनैतिक व्यक्तिहरु मध्ये एक खतरनाक व्यक्तिहरुमा पर्दथे । लेनिनले माक्र्सवादको गहिरो अध्ययन, लोक र त्यही सन्दर्भमा उनले लेखे माक्र्स र एंगेल्सले के शिक्षा दिए भने सर्वहारा र पुंजिपतिको बीचमा चल्ने संघर्षमा अन्तमा निस्चय नै समाजवादी क्रान्ति सफल हुनेछ । मजदुर वर्गले पुँजीपतिहरुको सत्ता पल्टाई दिनेछन् र श्रमजीवीवर्गको हाँतमा सर्वहारा वर्गको अधिनायकता स्थापित गर्नेछ । 
लेनिन क्रान्तिकारी आन्दोलनमा सहभागी हुनु पूर्व नै माक्र्सवादी बिचार धाराले मजदुर आन्दोलनमा प्रमुख स्थान प्राप्त गरि सकेको थियो र त्यो तिब्र बेगका साथ रुसमा फैलिरहेको थियो । त्यति बेला यसका प्रमुख प्रचारक प्लेखानोव थिए । प्लेखानोव स्विजरलैण्डमा रहेकै बेला सन् १८८३मा “श्रम मुक्ति दल” को गठन गरेर रसियाली प्रवासीहरुलाई संगठीत गरि सकेका थिए । यसका सदस्यहरुले माक्र्स एगेल्सका रचनाहरु लाई रसियन भाषामा अनुवाद गरेर गोप्य तवरले रुसमा पठाउने गर्दथे । रुसमा सर्वप्रथम माक्र्सवादी दल र त्यसका मण्डलीहरु सक्रिय भए र युवा लेनिन पनि त्यसमा सदस्य बनेर माक्र्सवादको अध्ययनमा गंभिर रुपले लागे । उनले माक्र्सको पुँजीलाई निकै गहिरिएर पढे । यसरी उनले माक्र्सवादको मूल तत्वका बारेमा रसियाली जनताहरुलाई प्रशिक्षण दिन थाले । आन्ना उल्यानोवले आफ्ना स्मरणमा लेखेकि छन् । “उनको गहिरो माक्र्सवाद प्रति आस्था उनको अनुहारमा स्पष्ट झल्कन्थ्यो उनका श्रोताहरुको हृदयलाई बसमा पार्दथ्यो” ।       लेनिनको त्यो वाणीमा  मानिसहरुलाई उक्त समय विस्वास दिलाउन सक्ने र प्रभावित पार्ने शक्ति निर्माण भै सकेको थियो । लेनिनले माक्र्स, ऐगेल्सका रचनाहरुलाई गहिरो संग अध्ययन गर्न जर्मन भाषा पनि सिके र उनले जर्मन भाषामा लेखिएको “कम्यूनिष्ट पार्टीको घोषणा पत्र” लाई रसियन भाषामा अनुवाद गरे । १८८९ मा लेनिन स–परिवार कजान बाट सामरा गुर्वेनिया गए र त्यहाँ करिब साढे चार वर्षसम्म त्यही रहे । उनी सामरा आई सके पश्चात त्यहाँ रहेका क्रान्तिकारी जो युवा बिद्यार्थी थिए, जो नरोदवादी  विचारबाट निकै प्रभावित थिए । लेनिनले १८९२ मा क्रान्तीकारी रुझान राख्ने युवा जनहरुको माक्र्सवादी मण्डल गठन गरे । मण्डलका एक सदस्य इ.श्व. लालायन्त्सले लेखेका छन, “२३ वर्षका यी व्यक्तिमा सरलता सङ्कल्पता, प्रसन्न मुद्रा र विनोद प्रिय तथा स्थिरता ज्ञानको गरिहराई कठोर तार्किक क्रमबद्धता स्पष्ट अभिब्यक्तिको क्षमताको अदभूत मेल थियो” । लेनिनले सामरामा किसानहरु संग भेटघाट र उनीहरुलाई परेको समस्याका बारेमा गंभिरतापूर्वक बुभ्mने साथै उत्प्रेणा प्रदान गर्दथे । यसै प्रसंगमा उनले “किसानहरुको जीवनमा नयाँ आर्थिक आन्दोलन नामक रचना लेखे” । 
लेनिन १८९३ मा सामरा छाडेर पिटर्सवर्ग गए पिटर्सवर्ग रुसको राजधानी र मजदुर वर्गहरुको आन्दोलनको केन्द्र नै थियो । त्यहाँ गोप्य रुपमा माक्र्सवादी बिचार प्रचार प्रसार गर्नका लागी थुप्रै माक्र्सवादी मण्डलहरु थिए । ती माक्र्सवादी गुप्त मण्डलीहरुमा उनले माक्र्सवादी क्रान्तिकारी विचारहरुलाई व्यापक रुपमा प्रचार प्रसार गर्न थाले । त्यतिवेला पुराना पार्टीका एक सदस्यले लेखेका छन, “मानौ कुनै एक असाधारण व्यक्ति प्रकट भए जो माक्र्सको प्रतिभा द्वारा ढालिएका अस्त्रको प्रहारका वारेमा अरु सबै मानिसहरु भन्दा कैयौ गुणा फरक निर्पूण ढंगले बुझेको छ । लेनिनको बुझाईमा माक्र्सवादी सबै भन्दा क्रान्तिकारी हुन्छन्” । लेनिनलाई मजदुर वर्गको पार्टी गठन र माक्र्सवादी क्रान्तिकारी बिचारको प्रचार प्रसारमा सबैभन्दा बाधा थियो त केवल उदारवादी नरोदवादीहरु तर्फबाट, किनकी उनीहरुका उग्र तथा अराजकतावादी विचारहरुले त्यहाँ महासामन्तहरुलाई वढि मद्दत पुग्दथ्यो । 
उनीहरुको विचारलाई चिरफार गर्न १८९४ मा उनले “जनता मित्रको हुन र उनीहरु सामाजिक जनवादीहरुसंग कसरी लडछन्” भन्ने लेखे । १८९५ मा लेनिन पिटर्सवर्ग  गए र त्यहाँ उनले “मजदुर वर्गको मुक्तिको लागि संघर्ष लिग” नामक राजनैतिक संस्था स्थापना गरे यस लिगमा लेनिन र क्रुपस्काया समेत नौ जना रहेका छन् । “संघर्ष लिग” रुसमा क्रान्तीकारी माक्र्सवादी पार्टी स्थापनाका लागी एउटा प्रारम्भीक कदम थियो । “संघर्ष लिगले”आफ्नो ऐतिहासिक महान कार्य पुरा गर्न लाखौ लाख मजदुरहरुको बिचमा उनीहरुका समस्यालाई लिएर संघर्ष आन्दोलनको संचालन र नेतृत्व गर्न थाल्यो । उनीहरुमा क्रान्तीकारी चेतना पैदा गर्न थाल्यो । ठूला ठूला उद्योगपति पुँजीपतिहरुको भण्डाफोड गर्न थाल्यो । सन १८९६ को गर्मीयाममा कपडा मिलका करिब ३० हजार मजदुरले हडतालमा भाग लिए । 
संघर्ष लिगको गति विधिलाई जार सरकारले निगरानी गरिरहेकै थियो । सन १९९५ मा लेनिन सहित कयौं नेताहरु गिरप्mतार हुन्छन् र “मजदुरको ध्येय” नामक पत्रिका बन्द गरीन्छ र उनलाई त्यहाँ चौध महिना राखीन्छ । यद्यपि लेनिनले गोप्य तरिकाले बाहिरको संघर्षलाई संचालन गरि रहेका थिए । तर पछि जार सरकारले सन १८९७ फेवु्ररी १३ मा लेनिनलाई ३ वर्षका लागि साइवेरिया निर्वासन पठाई दियो । उक्त  साईवेरिया निर्वासन कालको बारेमा करिब २५ वर्ष पछि लेनिनले लेखे “मलाई त्यहाँ वकालत पेशागर्ने कुनै अधिकार त थिएन, तर त्यहाँका जनताहरुले त्यहाँका महासामन्त जाली फटाहहरुका जाल झेल, झुट्ठा मुद्दा आदिका बारेमा कानुनी सर सल्लाह दिएर निकै सघाउ पुग्यो” । उनले त्यहाँ बस्दा निकै गहिरो अध्ययन गरे । पछि एन क्रुपस्कायालाई पनि गिरप्mतार गरियो, उनले आपूm जाने माग गरेकोले सरकारले उनलाई पनि साईबेरीया पठायो । साईबेरीया मै उनको लेनिनसंग वैवाहिक सम्बन्ध जोडियो । लेनिनलाई उनले सम्पूर्ण रुपले सहयोग गरिन् । लेनिनले त्यहाँ बस्दा नै पार्टीको भावी कार्यक्रम मस्यौदा तयार गरे र करिब तीस वटा पुस्तक पनि लेख्न भ्याए । 

२९ जनवरी १९०० मा उनको निर्वासन अवधि समाप्त हुन्छ । उनी र क्रुपस्काया करिब ३ सय कि.मी. यात्रा गरेर प्स्कोव टांगाको सवारी गरेर सहर आई पुग्छन् । लेनिनलाई जार सरकारले रुसको राजधानी पिटर्सवर्गमा जाने अनुमति दिएको थिएन । तर लेनिन लुकी छिपी सन १९०० मा मास्को, रीगा, सामरा, सीजरान, निज्निनोब्गोरोद, उफा र स्मोलेन्सक को यात्रा गरे । उनी त्यहाँ जानुको मुख्य उद्देस्य, एउटा क्रान्तिकारी पत्रिकाको प्रकाशन गर्नु पर्ने थियो र जसको लागि सामाजिक जनवादीहरुसंग सहमति गर्नु अनिवार्य थियो । उनलाई पिटर्सवर्गमा गिरफ्तार ग¥यो, तर राम्रोसंग पहिचान गर्न नसकेकोले उनलाई तत्काल छाडियो । उनको बारेमा कर्णेल जुवातोवले सन १९०० मा आफ्नो मातहतको अफिसरलाई लेखेकोछ, “आजको दिनमा क्रान्तिको क्षेत्रमा उल्यानोव भन्दा माथी कोही पनि छैन” । जुवातोवले उनको हत्याको प्रयत्न ग¥यो ।
१६ जुलाई १९०० मा लेनिन जर्मन गए । उनी त्यहाँ करिब पाँचवर्ष रहेर सोही वर्ष डिसेम्बरबाट नै इस्क्रा (झिल्को) पत्रिका प्रकाशित हुन थाल्यो । इस्क्रा पत्रिकाले पार्टी शक्तिलाई सुत्रबद्ध गर्ने, पार्टी कार्यकर्ता खोज गर्ने र उनीहरुलाई प्रशिक्षित गर्नमा निकै महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । “इस्क्राको” बारेमा एकजना मजदुरले लेखेका छन्, “मैले आफ्नो पत्रिका “इस्क्रा” धेरै मित्रहरुलाई पढन दिए । पत्रिका च्यातिएर झिला झिला भै सकेको छ तर यो हाम्रो लागि निकै महत्वपूर्ण छ” । ब्लादिमर इलियच उल्यानोवको नाम लेनिन कसरी रहन गयो भन्ने प्रसंगमा एन क्रुप्स्कायाको भनाईमा जव उल्यानोव प्लेखानोव संग मिसिएर इस्क्रा पत्रिका प्रकाशन गर्न थाले त्यतिवेला प्लेखानोवले आफ्नो उपनाम बोल्गा नदिबाट वोल्गीन राखे, लेनिनले साइवेरियाको ठूलो नदि लेनाबाट “लेनिन” राखे ।
लेनिनले १९०२ मा “के गर्ने” भन्ने पुस्तक प्रकाशन गरे । यो निकै गहकिलो सर्वश्रेष्ठ रचना सावित भयो । जसले माक्र्सवादी जुझारु क्रान्तिकारी पार्टी निर्माणमा अहंम भूमिका निर्वाह ग¥यो । त्यही दौरानमा लेनिनले निकै गंभीर कुरा भने “क्रान्तिकारी सिद्धान्त बिना कुनै क्रान्तिकारी आन्दोलन सफल हुन सक्दैन” । यसले सिद्धान्तको महत्व कति रहेछ प्रष्ट हुन्छ । लेनिनले १९०३ मा रुसका किसानहरुका समस्यालाई लिएर “गाउँका गरिबहरु संग” नामक एक पुस्तिका प्रकाशन गरे । उक्त पुस्तकमा सरल भाषामा के कुरा उल्लेख छ । “हामीले समाजमा एउटा नयाँ र उन्नत समाज निर्माण व्यवस्था स्थापना गर्न चाहन्छौ । यस नयाँ र उन्नत सबैको परिश्रमको फल मुट्ठीभर धनीवर्गले भोग गर्न सक्ने छैनन् । त्यसको उपभोगि सबै मेहनत कस वर्गले गर्नेछन् र मसिनीकरणका कारण कसैको रोजगारी समाप्त गर्ने कार्य हुनेछैन । जसले मुट्ठीभर मानिस मोटाउने र लाखौ करोडौं श्रमजीवीहरुको गर्दन काटीने । बरु सबैले एक अर्कालाई सहयोगको भावना द्वारा प्रेरित भएर सबै कार्यलाई अगाडी बढाउदै समाजवादी समाजको निर्माणमा जुटनु हुनेछ । यही शिक्षा नै समाजवादी शिक्षा हुने छ । लेनिनको दिन चर्याको सम्बन्धमा उनको पत्नि क्रुप्स्काया लेख्छिन् । “लेनिन जव १९०२मा लण्डन गए, त्यहाँ उनले त्यहाँका मजदुरहरुका सभाहरुमा सहभागी हुन्थे अक्सर पत्र पत्रिकाबाट प्राप्त सूचनाका आधारमा त्यहाँ पुग्दथे र उनीहरुका कुरा उक्त सभाको एउटा कुनामा बसेर सुन्दथे । यसबाहेक उनले समय पुस्तकालयमा बिताउँथे ।
खास गरेर बिट्रिस संग्राहालयको पुस्तकालयमा उनको अध्ययन गर्दा नै समय बित्दथ्यो । लेनिन सन् १९०३ मा जेनेभा गए । त्यहाँ उनले घरवहालमा लिएर बस्न थाले । रुसबाट भागेर आएका क्रान्तिकारी साथीहरुको हेरचाह रेख देख गर्ने कार्यमा उनले भरमग्दुर प्रयत्न गरे । यता रुसी सामाजिक दोस्रो सभा बोलाउनु पर्ने बेला भैसकेको थियो, लेनिन उक्त सभाको तयारीमा जुटी हाले । १९०५ गर्मियाममा रुसका ठूला सहरहरुमा मजदुरहरुले व्यापकरुपमा हडतालहरु संचालन गर्न थाले । यसले जार सरकारमा हलचल पैदा भयो । काला सागरको एउटा ठूलो समुन्द्री जहाजमा रहेका सैनिकहरुले बिद्रोह गरि दिए । लेनिनले उक्त बिद्रोह गर्ने सैनिकहरुलाई मद्दत गर्ने सर्कुलर जारी गरे । लेनिनले श–सस्त्र बिद्रोहको आवश्यकतामा निकै बल दिन्थे । उनले माक्र्स ऐंगेल्स द्वारा लेखिएका श–सस्त्र सम्बन्धी रचनाहरुलाई बिस्तारपूर्वक अध्ययन गरेका थिए । त्यसैले उनले बिद्रोहको लागि तयारी गरिएको पीटर्सवर्गको एउटा “फौजी कमिटी” को आलस्यपूर्ण र ढिला सुष्टि कार्य प्रति कडा आलोचना गरे । लेनिनले उक्त कमिटीको ठोस कार्ययोजना बनाएर भने “युवावर्गहरुमा जाउँ र यथासिघ्र प्रत्येक स्थानमा जुझारु टुकडी बनाऊं । छात्रहरु र बिशेष रुपमा मजदुरहरुको बिचमा जेजति संभव हुन्छ, उनीहरुलाई हतियारले सु–सज्जित बनाउ । तत्काल सैनिक प्रशिक्षण संचालन गर्ने काम गरे ।
यसैगरी उनले बिदेशबाट पनि हतियार खरिद गर्ने र ल्याउने कुरामा निकै जोड दिए । १९०५को उक्त हडताल र सस्त्र संघर्षका कारण जार सरकारले एउटा घोषणा जारी ग¥यो । जसमा व्यक्तिगत स्वतंत्रता, भाषण, लेखन प्रकाशन सभा सम्मेलन संबन्धी नागरिक स्वतंत्रता आदी थिए । उक्त घोषण पस्चात लेनिन देस भित्र आए र पार्टीका सबै कामहरुको नेतृत्व गर्न थाले । ९ मई १९०६ मा लेलिनले पिटर्सवर्गमा करिव ३ हजारको एक बिशाल जन समूहलाई सम्बोधन गरे । १९०७ को अप्रीलमा लेलिन सामाजिक जनवादी पार्टीको पाँचौ अधिवेशनमा भाग लिन लन्डन गए । त्यहाँ उनलाई वोल्सेविक प्रतिनिधीमा सक्रिय सदस्यगणहरुले पूर्ण रुपले समर्थन जनाए । वोल्सेविकहरुले श–सस्त्र क्रान्तिलाई अगाडी बढाउने काम गरे, तर करिव अढाई वर्षसम्म चलेको सस्त्र संघर्षले हार खानु प¥यो । उक्त बिद्रोह असफल भैसके पस्चात जार सरकारले निकै ठूलो पैमानामा दमन चक्र चलायो । जसका कारण दसौ हजार जनतालाई कठोर कारावास भयो । हजारौलाई मृत्यूदण्ड भयो । संगठनका गोप्य ठेगानाहरुमा छापामार्ने कार्य भयो । जसले ठूलो संख्यामा मानिसहरु पलायन भए ।
लेनिन जेनेवा गए र त्यहाँ १९०८ बाट “प्रोलेतरीको” को पुनर्प्रकाशन गरेर वोल्सेविक नेता, कार्यकर्ता, समर्थकहरुलाई एक सुत्रमा बाँध्ने कार्य क्रमशः अगाडी बढन थाल्यो । यस कठिन परिस्थितिमा कामलाई कसरी सुचारु गर्ने भन्ने गंभीर प्रस्न बोल्सेविकहरुलाई लागेन । वोल्सेविकहरुको मत थियो, कि पार्टीका भूमिगत कामलाई पनि व्यवस्थित बनाएर लैजाने र मजदुरहरुको पनि खुला कानुनी संघर्ष संचालन गर्न गरी अगाडी बढने भन्ने रहेको थियो । खास गरेर संसद टे«डयुनियन, बिमाकंपनी, सहकारी संस्था, मजदुर क्लवहरुमा भाग लिएर काम गर्ने । लेनिनले १९०५–१९०७ सम्मको असफल क्रान्तिलाई एउटा असल शिक्षाको रुपमा ग्रहण गर्ने बताएका छन् । रुसमा जुन अनुभव हामीले २.५ अढाई वर्षमा प्राप्त ग¥यौ अरु देशहरुमा दसौ वर्ष लागेको छ । यदि १९०५–१९०७ सम्मको असफल क्रान्तिको अनुभव हामीसंग नभएको भए सायद १९१७ को अक्टोबर क्रान्ति संभव थियो भनेर उनले त्यो घटना बाट रुसी जनताले ठूलो शिक्षा प्राप्त भएको र उनले त्यस घटनालाई क्रान्तिको रिहर्सल बताएका छन् । उनले पहिलो रसियाली क्रान्ति (१९०५–१९०७)मा “सामाजिक जनवादको भूमि सम्बन्धी कार्यक्रम” नामक पुस्तक लेखे १९१०को वसन्तमा उनी आफ्नो ७५ बर्षिय आमा मारिया अलेक्सन्द्रो वनासंग भेट गर्न बन्दरगाहा सम्म गए । यो उनको आमा संगको अन्तिम भेट थियो । सात वर्ष पछि जब उनी रुस फर्किए उनको आमा बितिसकेकी थिइन । १९०५–१९०७ सम्मको असफल क्रान्तिका कारण मेन्सेविकहरु पछाडी हटिसकेका थिए, अरु कैयौं अराजकता वादीहरुले बिभिन्न आरोप लगाउँदै आन्दोलनको मैदानबाट भागी सकेका थिए । यता लेनिन, पार्टी नेता कार्यकर्तादेखि समर्थकसम्मलाई नयाँ उर्जा प्रदान गर्न दत्त चित्त थिए । पत्रिका प्रकाशन, नयाँ तवरले पार्टीको पुननिर्माण गर्न अत्यन्त जरुरी थियो । त्यसैले उनले बादलमा पनि चाँदीको घेरा देखेर भने क्रान्तिपूर्वको कठिन ती दिनहरुबाट हामीलाई के कुरा थाह भयो भने की अब कसरी काम गर्ने ? बैरीहरुले हामीलाई चट्टानको संज्ञा त्यसै दिएका होइनन् । सामाजिक जनवादीहरुले एउटा सर्वहारा पार्टीको संगठन निर्माण गरेका छन । जो पहिले श–सस्त्र मोर्चामा पराजित भएका कारण हिम्मत हार्ने छैन । सन्तुलन गुमाउने छैन, दुस्साहसी कार्वाहीको लहरमा बग्ने छैन र सर्वहारा पार्टी विजयको दिशा तर्फ अग्रसर भैसकेको छ, भनेर एउटा नयाँ आशाको दिप जलाएर सबैलाई क्रान्तिप्रति विश्वास दिलाए ।
सन १९१० बाट रुसमा मजदुर हडतालहरुको संचालन गर्न थाले । लेनिन पेरिसमा भावि वोल्सेविक पार्टी स्कूल संचालन गर्न थाले । अहिले त्यहाँ एउटा वोर्ड राखिएको छ । जसमा लेखिएको छ, “अन्तर्राष्ट्रिय कम्यूनिष्ट आन्दोलनका सिद्धान्तकार तथा नेता, सोवियत संघका संस्थापक ब्ला.इ. लेनिन १९११ मा यहाँ बस्ने गर्नु हुन्थ्यो” । लेनिनको बिशेष पहलमा स्टालिनको जिम्ममा १९१० मा पिटर्सवर्गमा गोप्य तवरले प्रेस स्थापना गरेर वोल्सेविकहरुले साप्ताहिक पत्रिकाहरु ज्वेज्दा (तारा) मास्कोबाट मीस्ल (विचार) निरन्तर प्रकाशन गर्न थाले । लेनिनले पिटर्सवर्ग मास्को, सोर्माेवो, यकनेरिनोस्लोव, निकोलायेव, दोम्व्रोबस्की, क्षेत्र, बाकु, त्बिलीसी र अन्य नगरहरुमा मजदुरहरुलाई १८ वटा स्कूलमा प्रशिक्षण दिने गर्दथे ।
१९१२ मा प्राग सम्मेलन गरेर वोल्सेविक पार्टीको एक नयाँ ढाँचा अगाडी बढाइन्छ । उक्त सम्मेलनबाट मेन्सेविकहरुलाई निस्कासन गरिन्छ । सम्मेलनमा विर्सजनवादी मेन्सेविकहरुसंग डटेर मुकाविला गर्ने कुरा पार्टी सदस्यहरु संग आह्वान गरिन्छ । लेनिनले “प्राब्दा” (सत्य) लाई निरंन्तर निर्देशन दिने र त्यस मार्पmत विचार प्रवाह गर्ने गरे । उनले पत्रिकालाई संगठन कर्ताको रुपमा पेश गर्ने गरेकाछन् । लेनिनले १९१२ को बसन्तमा रुसको चौथो दुमा (संसद) को निर्वाचनमा भाग लिने निर्णय गरे । उक्त निर्वाचनका बेलामा पर्चामा मुख्यतः ३ वटा कुराहरु उललेख थिए । जनवादी गणतन्त्रको स्थापना, आठ घण्टाको काम र जमिन्दारहरुको सम्पूर्ण जमिन जोत्नेको नाममा । जब दुमा(संसद)मा बोल्सेविक प्रतिनिधीहरुको उपस्थिति रह्यो । उनले दुमामा पनि लगातार मजदुर वर्गको संघर्षको पक्षमा आवाज उठाउने र प्रतिकृयावादी शक्तिहरुलाई निरुत्साहित पार्ने कुरा गर्न निर्देशन दिई रहे । १९१३ को बसन्तमा क्रुपस्कायाको स्वास्थ्य बिग्रीएका कारण पेरोनिन जानप¥यो । पछी पुनः उपचार गर्न स्विटजरलैण्डमा गएर ठिक भयो ।
रुसमा क्रान्तिकारी आन्दोलनले गति लिई रहेको थियो । १९१४ को छ महिनामा करिव १५ लाख मजदुरहरुले हडतालमा भाग लिएका थिए । यता १९१४ बाट नै साम्राज्यवादी युद्ध संचालन भैसकेको थियो । एकातिर जर्मनी, अस्टे«यीया, हंगेरी र अर्काेतिर ब्रिटेन, फ्रांस र रुस थिए । पछी अमेरीका र जापानमा पनि युद्धमा सामेल भए । लेनिनले उक्त युद्धलाई राष्ट्रिय स्वाधिनताको युद्धमा बदल्ने क्रान्तिकारी नारा दिए । उनले भने “साम्रज्यवादी युद्धलाई गृहयुद्धमा बदलौ आफ्नो देसका पुंजिपति वर्गका बिरुद्ध मजदुर वर्ग र आम मेहनतकसहरुको युद्धमा बदलौ”। वोल्सेविक पार्टीका क्रान्तिकारीहरुले तत्काल यस नारालाई कार्यान्वयन गरे र रुसभरमा ठूला ठूला विद्रोहहरु हुन थाले । लेनिनले प्रवासमा बसेर क्रान्तिको नेतृत्व गर्नुका साथै अन्तर्राष्ट्रिय समर्थन जुटाउने काममा व्यस्त रहे । ९ जनवरी १९१७ मा खुनी आईतवारको बार्षिकी मनाउन येत्रोग्रादमा एउटा विशाल युद्ध विरोधी प्रर्दशन भयो । यस प्रदर्शनले क्रमशः राष्ट्रव्यापी रुप लियो । फरवरी १९१७ मा वोल्सेविक पार्टीको आह्वानमा राजधानीमा यि नाराहरु घन्किन थाले, जारशाही मुर्दावाद, युद्ध मुर्दावाद, हामीलाई रोटी देऊ । वोल्सेविक पार्टीको आह्वानमा अव तुरुन्त जारको सत्ता ध्वस्त पारेर जनवादी गणतान्त्रिक सत्ता स्थापना गर्ने कुरालाई जनताले अक्षरस पालन गरे । लेनिन करिव दस वर्षको निर्वासन पस्चात ३ अप्रैल १९१७ को रातीमा पेत्रोग्राद आई पुगे ।
क्रान्तीकारी रुसी जनताहरुले आफ्नो महान नेतालाई अभूतपूर्व उत्साह र प्रेमका साथ भव्य स्वागत र सम्मान गरे । पेत्रोग्राद पुगेर भोली पल्ट लेनिनले वोल्सेविकको एक विशाल सभामा अप्रैल थेसीस पढेर सुनाए । उक्त थेसिसमा मुख्यतः “अस्थायी सरकारलाई कुनै पनि हालतबाट समर्थन नगर्ने, सम्पूर्ण सत्ता सोवियतको हातमा दिने भन्ने” थियो । लेनिनले पार्टीको विचार प्रवाह गर्नका लागी उनले धेरै सभा बैठकहरुमा भाग लिए । एउटा विशाल सभा पुटीलोभ काररणनामा भयो । जसका करिव ५५ हजार मजदुरहरुलाई उनले संवोधन गरे । लेनिनले किसान प्रतिनिधीहरुको प्रथम अखिल रुसी अधिवेशनलाई संवोधन गर्ने क्रममा भने “तत्काल जमिन्दारहरुको जमिन कब्जा गरेर सबै भन्दा तल्लो तब्काका किसानहरुको स्वंतन्त्र संगठन निर्माण गर” भने, यता लेनिनलाई अस्थाई सरकारले पुनः गीरफ्तार गर्ने वा संभव भएमा हत्या गर्ने सम्मको सूचना पार्टीलाई थाह लागे पस्चात लेनिन भूमिगत रुपमा करिब ३ महिना सम्म लुकीछिपी काम गरे । अन्ततः १७ अक्टोवर १९१७ मा महान समाजवादी क्रान्ती सम्पन्न भयो ।
लेनिनले २६ अक्टोवरमा विशाल अधिवेशनलाई संवोधन गरेर पार्टीको भावि रणनीति स्पष्ट गरे । लेनिनले देसभरि नै आफ्नो ध्यान केन्द्रित गरेर काममा व्यस्त रहे । उनी ४–५ घण्टा भन्दा पनि कम आराम गर्दथे । लेनिनको हत्याका कैयौ प्रयत्नहरु पहिले पनि भए तर पुन अर्काे प्रयत्न ३० अगस्त १९१८ मा आपूmलाई समाजवादी विचारको बताउने महिलाले एउटा सभाबाट भाषण गरेर फर्कने बेलामा पिस्तोलबाट गोली प्रहार गरेर मार्न खोजीन् । जसका कारण लेनिन गंभीर घाइते भए, उनलाई लागेको गोली विषालु भएकोले उनलाई विस्तारै त्यसले नराम्रो प्रभाव पारी रह्यो । यति गंभीर स्थितिमा पनि उनले काम गरिरहे । १९१८ –१९२४ सम्म पनि उनले निकै महत्वपूर्ण काम गरिरहे । अन्ततः २१ जनवरी १९२४ को साँझ ५ बजेर ५० मिनेट मा मस्तिस्क घात भएर उनको निधन हुन्छ । २१ जनवरीको राती के.स.को बैठकले एउटा अपिल जारी गर्दछ ती ब्यक्ति अव यस दुनियामा रहेनन्, जसको वीरतापूर्ण नेतृत्वमा हाम्रो पार्टीले युद्धको लप्काको बीच दृढतापूर्वक पूरा देशमा अक्टोवर क्रान्तीको रातो झण्डालाई फहराउने काम भयो । … कम्युनिष्ट इन्टरनेशनलका संस्थापक, विश्व कम्युनिष्ट पार्टीका नेता, अन्तर्राष्ट्रिय सर्वहारा वर्गको प्रेम र गौरव … मजदुरको नेताको देहान्त भयो ।
–नारायण योगी, लमही नगरपालिका–४, बलरामपुर देउखुरी दाङ लुम्बिनी प्रदेश नेपाल ।