सरकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बर प्रदेशस्तरीय आमसभा आज दिउँसो १२ बजेदेखि रौतहटको गरुडामा हुँदैछ।

नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा  हुने आम सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले र अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले सम्बोधन कार्यक्रम छ।

नेकपा प्रदेश २ ईञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिए। पार्टी एकीकरणपछि नेकपाले मधेसमा राजनीतिक वैचारिक सभा गर्न लागेको हो।