आविष्कार कला

देशको रस खाने जुकाहरुको कुनै पार्टी हुदैन
राष्ट्रको ढुकुटी कुम्लाउनेको सानो घाँटी हुदैन
भाषणमा चर्को राष्ट्रियता तर सिन्को नभाच्ने
तिमीहरुको पछि अब जनताको ताँती हुदैन ।

  २
शिक्षा स्वास्थ्य नागरिकको मौलिक हक होईन ?
राज्यको दायित्व घट्दै जानु समाजवादै होइन
राज्यले गर्नै पर्ने न्यूनतम काममा अनसन यहाँ
समाजवादी संविधान भोलि लागु हुने हो कि होइन ।


जुनेली रात यो धर्तीनै राम्रो चन्द्र र जुनले
यो धर्तीमाथि यी संगि साथी माया र गुनले
नौजवानहरु पसिना पोख्न भो विदेश नजाउ
नेपालैमाथि सुन है फलाउ रोक्दछ कुनले ।

everestkala@gmail.com