सन् २०२१ को जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवस हो । यो दिन चिकपाको लागि मात्र विशेष दिन हुनेछैन । सबै चिनियाँ जनता र चीनको विकासको लागि पनि यो दिन महत्वपूर्ण कोशेढुङ्गा हुनेछ । विश्वव्यापीरूपमा चिकपाको १०० औँ स्थापना दिवसको महत्व के छ भन्ने विषयमा विदेशी पाठकहरूसँग विचार आदानप्रदान गर्नु नै यो लेखको मूल अभिप्राय हो ।
प्रथमतः, सभ्यताको विकासक्रमको हिसाबमा चिकपाको १०० औँ स्थापना दिवस मानव जातिको प्रगतिशील विचारको निरन्तरता हो ।
फैलिँदो संरक्षणवाद, सस्तो लोकप्रियतावाद, अतिवाद र खराब पर्यावरणको कारण अधिकांश देश र क्षेत्रले शिथिलता अनुभव गरिरहेको बेला चिकपा नेतृत्वको चीनले भने प्रगति गरिरहेको छ । चिकपाको १०० वर्षको भव्य इतिहास भनेको चिकपाले चीनका जनतालाई एक पछि अर्को प्रगति गर्न नेतृत्व गरेको एक शताब्दी हो ।

सन् १९२१ मा चिकपा स्थापना भयो । त्यत्तिबेला चीनले भित्र र बाहिर दुवैतिर सङ्कट सामना गरिरहेको थियो । २८ वर्षको लगातारको सङ्घर्षसँगै चिकपाको नेतृत्वमा जापानी साम्राज्यवादीहरूलाई लघार्न सफल भयो । अनि कोमिन्ताङको भ्रष्ट शासनलाई पछारेर सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना ग¥यो ।
त्यसपछिका झन्डै तीस वर्ष चीनले तुलनात्मकरूपमा पूर्ण र स्वाधीन औद्योगिक प्रणाली र राष्ट्रिय आर्थिक व्यवस्था स्थापना गर्न मिहिनेत ग¥यो । अर्को ४० वर्षभन्दा बढी समय चीनले आर्थिक विकासमा लगायो । जसले जनताको जीवनस्तर उकास्न र राष्ट्रिय शक्तिको विस्तार ग¥यो । चीन आज संसारकै दोस्रो ठुलो अर्थतन्त्र बनेको छ । निकट भविष्यमा चीन संसारकै सबभन्दा पहिलो अर्थतन्त्र बन्दै छ । यसले सन् १९४९ मा स्वाधीन बनेदेखि आज बलियो र धनी बन्दासम्म चीनका जनताले हासिल गरेका ठुलो प्रगतिलाई प्रतिबिम्बित गर्नेछ ।
दोस्रो, राष्ट्रिय विकासको दृष्टिकोणबाट हेर्दा चिकपाको १०० औँ स्थापना दिवसले विकासको वैकल्पिक बाटो प्रस्तुत गरेको छ । यसबाट विकासशील देशहरूले सिक्न सक्छन् ।
दोस्रो विश्वयुद्ध समाप्त भएयता १०० भन्दा बढी देशहरूले स्वाधीनता प्राप्त गरे । तथापि, चीनका अर्थशास्त्री जस्टिन यिफु लिनका अनुसार सन् १९५० देखि २००८ मा २ सत्र्न्दा बढी विकासशील देशहरूमध्ये दुई वटा देशमात्र न्यून आयको अवस्थाबाट मध्यम आयको अवस्थामा पुग्न र पछि उच्च आयको चरणमा पुग्न सफल भयो । दक्षिण कोरिया र ताइवान त्यस्ता दुई अर्थतन्त्र हुन् । सन् २०२५ सम्ममा चीन पनि तेस्रो क्रममा पर्ने लिनको भनाइ छ ।
यदि त्यसो भए दक्षिण कोरियाभन्दा बीस गुणाभन्दा बढी जनसङ्ख्या भएको चीनले ठुलो प्रभाव पार्नेछ र उच्च आयमा पुग्ने एउटा उदाहरणीय देश बन्ने छ । विकासमा चीनले पाएको सफलताको कारण संसारका अधिकांश विकासशील र न्यून विकसित देशहरूले पश्चिमा ढाँचाको विकल्प रोज्न मार्गप्रशस्त भयो ।
सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशन भयो । त्यसयता चिकपाले सक्रियतापूर्वक समग्र आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक र पर्यावरणीय प्रगति प्रवद्र्धन गर्दै आएको छ । यसले चीनले तय गरेको पुनःजागरणको लक्ष्यमा अझ नजिक पु¥याएको छ ।
तेस्रो, राजनीतिक पार्टी सङ्गठनको कोणबाट चिकपाको १०० औँ स्थापना दिवसले संसारभरका राजनीतिक पार्टी प्रणालीको सैद्धान्तिक खोज र नयाँ परिवर्तनलाई प्रवद्र्धन गरेको छ ।
धेरै राजनीतिक दलहरू दशकौँदेखि लगातार सत्तासीन छन् । तर, तीमध्ये चिकपाजस्ता थोरै राजनीतिक पार्टीको मात्र लामो इतिहास छ र यति लामो समयपछि पनि अझै गतिशील छ । पश्चिमा त त्यस्ता लामो इतिहास बोकेको पार्टी भेटाउन पनि मुस्किल छ ।
पश्चिमा राजनीतिक पार्टीको तुलनामा चिकपा सदस्यताको ढाँचा, साङ्गठनिक संरचना, जिम्मेवारी, सञ्चालन विधि आदिमा धेरै फरक छ । जीवन्तता, प्रभावकारिता र विशिष्ट चिनियाँ विशेषतासहित चिकपाको नेतृत्वमा चीनको बहुदलीय सहकार्य र राजनीतिक परामर्शको प्रणालीले पुराना पश्चिमा राजनीतिक पार्टी प्रणालीबाट सम्बन्ध विच्छेद गरी खोजमूलक राजनीतिक पद्धतिको विकास गरेको छ । चीनको विकासशील देशहरूमा पार्टी संरचना बनाउन प्रभावकारी उदाहरण उपलब्ध भएको छ ।
बितेका एक सय वर्ष चिकपाको लागि आत्मसुधारको प्रक्रियाको शताब्दी बन्यो । विश्व पार्टी सङ्गठनभित्र अन्तरनिहीत ढाँचामा परिवर्तन गर्न चिकपाको त्यो प्रक्रियाले योगदान गरेको छ । संसारका अधिकांश प्रमुख राजनीतिक पार्टी पुनः सङ्गठन गर्न नसकेको अवस्थामा पनि चिकपा ठुलो साङ्गठनिक आकारसहित आफूलाई सधैँ गतिशील बनाउन सफल भयो ।
राजनीतिक अनुभव र रणनीतिक प्रतिबद्धताले चिकपालाई जीवन्तता र ऊर्जा प्रदान ग¥यो । चिकपाको राजनीतिक अनुभव र रणनीतिक प्रतिबद्धता परिपक्व ढङ्गले आत्मसचेत, आत्मसमीक्षात्मक र आत्मविश्वासपूर्ण छ । चिकपापको राजनीतिक परम्परा र सांस्कृतिक स्तरको कारण यो उचाइ हासिल हुन सम्भव भएको हो । सिद्धान्तलाई व्यवहारसँग मिलाउने र वास्तविकतामा जरा लिने चिकपाको सांस्कृतिक र राजनीतिक परम्परा नै यसको जग हो । यसले नयाँ खोज र परिवर्तनको लागि महत्वपूर्ण पाठ प्रदान गरेको छ । त्यसले आजको संसारका राजनीतिक पार्टीको परिवर्तनमा मद्दत गरिरहेको छ । यस्तो अवस्थामा चिकपाको १०० औँ स्थापना दिवसको विश्वव्यापी महत्वबारे अध्ययन आवश्यक छ ।
(लेखक रेनमिन विश्वविद्यालयको चोङयाङ वित्तीय अध्ययन प्रतिष्ठानका प्राध्यापक हुनुहुन्छ ।)
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुम

onlinemajdoor बाट