श्रीजन भट्टराई

बङ्गलाचुली जानु भन्दा एक दिन अगाडिको कुरा हो, हामीहरू नास्ताको लागि मःम बनाईरहेको थियौ । तब बाबाले भोलि बङ्गलाचुली जाने कुरा निकाल्नु भयो । बङ्गलाचुली जाने कुरा निकालेपछि म धेरै खुसी भए । मेरो दिदी जिज्ञासा भट्टराई र मैले पनि बङ्गलाचुली जाने योजना बनायौ । भोलि बङ्गलाचुली जानु छ बिहान चाडैं उठ्नुपर्छ भनेर राति समयमै सुत्यौ । अर्को दिन बिहान  म छ बजे उठे  । म बाबालाई सोध्न गए बाबा हामी आज कति बजे हिड्ने हो ? बाबाले मलाई भन्नुभयो हामी खाना खाए हिड्ने हो ।

त्यसपछि बाबा र म बोटबाट नास्पाती टिप्न गयौं । नास्पाती टिपेर आएपछि दिदी र मैले सोचिम हामी बाबासँग जान लागेका छौ । यहाँबाट खाना लगेपछि त्यो बाँसि हुन्छ ।त्यसैले हामी खाना नलग्ने बिचार गयौ । हामीले खाना खायौ । त्यसदिन मौसम राम्रो गरेको थियो । अनि हामी घरबाट बङ्गलाचुलीको यात्रामा निस्यौ ।

त्यसपछि राम्रा राम्रा पहाड देखियो।  हेर्दा हेर्दै हामी एउटा टिप्पर माटोमा अड्केको देखौ ।त्यसपछि अलिकति पर पुग्दा बाइक बिग्रेको देखौ । राम्रा राम्रा  पहाड हेर्दा हेर्दै हेर्दै हामी हर्नक भन्ने ठाउँमा  पुग्यौ । हर्नकमा बाबाको सानो काम थियोे । त्यसैले हामी पन्ध्र मिनेट त्यही दायाँबायाँ घुम्यौ । त्यसपछि हामीलाई अलिकति भोकलागेको जस्तो भयो । त्यसैले बाबाले हामीहरूलाइ केरा किनिदिनु भयो । अलि उता गएर खाने बिचार गरी जादाजादै राम्रा राम्रा पहाडहरू हेर्दा हेर्दै हामीले केरा खाने बारेमा बिर्यौ ।

हामी मुर्कुटि पुग्यौं त्यहा मलाई पढाउने मेरो सर देखिनुभयो । अनि एउटा मान्छेसँग बाबाले बङ्गलाचुली जाने बाटो सोध्नुभयो । त्यसपछि हामी बङ्गलाचुलीतिर गयौं । हामी बङ्गलाचुलीको नजिकै पुगिसकेको थियौ । तब दुई वटा बाटो देखिए हामी अलमलमा पर्यौ ।  त्यहाँ एउटा घर थियो ,हामी गएर सोध्यौ ।  अनि हामी फेरी हिड्यौ, हिड्दा हिड्दै हामी त्यहा घर नभएकालागि घर बनाइदिएको ठाउँमा पुग्यौं । 

हामी फेरि हिड्यौ, हामी बङ्गलाचुलीको भ्युटावरमा पुग्यौं । त्यहाबाट चारैतिर हेर्याै साह्रै रमाइलाे लाग्यो । त्यहा खेलमैदान पनि थियो । हामीले त्यहाँ फोटो खिच्यौ , केरा पनि खायौ ।अब घर फर्किने बेला भयो । हामी अलिकति हिडेका थियौ,पानी पर्यो । हामी एउटा घरमा ओत लाग्यौं । पानी बिदो भयपछि हामी मुर्कुटी पुग्यौ । त्यसपछि हामिहरूले केही खाने बिचार गरिम ।  मैले भने धेरै भोक लागेको छैन तेतै हर्नक गएर खाउला भने । मुर्कुटिदेखि हर्नक सम्मको यात्रामा धेरै राम्रो पहाड देख्यो । हामी हर्नक पुगिम । हामीले ओम्लेट खादै थिइम फेरि पानी पर्यो । त्यसपछि हामीहरूले चिया खाने बिचार गरिम । चिया खइसकेपछि  हामी घर जाने भनेर निस्किम । हामी जादा जाँदै राम्रो पहाड देख्न पाइयो । खुसी हुदै घरमा पुग्यौ ।हामीले आफ्नो यात्रा को बारेमा सबैलाई भनिम ।

(भट्टराई MID Western valley English Boarding School दाङ्गमा कक्षा ६ मा अध्यरत विद्यार्थी हुन् )