गण्डकी प्रदेशका सांसदबाट हटाइएका जनमोर्चाका कृष्ण थापा सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै थापा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । उनको रिट शुक्रबार दर्ता भएको छ ।रिटमा सांसद थापाले पद पुनःस्थापना गरिपाउँ भन्ने माग गरेका छन् । संसदीय दलको बैठक नबसी हटाएको भन्ने उनको तर्क छ ।

थापालाई पार्टीको केन्द्रीय कमिटी बैठकले बिहीबार पार्टी विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसद पदबाट हटाएको थियो । यसअघि उनलाई पार्टीको केन्द्रीय सदस्य, साधारण सदस्य र दलको नेताबाटसमेत हटाइएको थियो ।