नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य विष्णुलाल वाइबाको कोरोना संक्रमणका कारण निधन भएको छ।

७८ वर्षीय वाइबाको बिहीबार साँझ उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारको लागि झापा लगिएको थियो।

सिरहा निवासी वाबाको झापास्थित आम्दा अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य विश्वनाथ साहले जानकारी दिनुभयो ।

वाइबा २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट सिरहाबाट सांसद निर्वाचित हुनुभएको थियो । वाइबाको निधनप्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुःख व्यक्त गर्नुभएको छ ।