प्रेस काउन्सिल नेपालको अध्यक्ष बालकृष्ण बस्नेत नियुक्त हुनुभएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बस्नेतलाई अध्यक्ष नियुक्त गरेको हो ।

यस्तै, बैठकले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणकारीलाई कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कडा कानुन बनाउने निर्णय भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको थियो ।

पछिल्लो समय देशका विभिन्न भागमा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्न थालेपछि सरकारले कडा कानुन ल्याउन लागेको हो ।