भियतनाममा ‘हावाबाट छिट्टै फैलने’ कोरोनाभाइरसको नयाँ भेरिअन्ट पत्ता लागेको छ । भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले यो निकै खतरनाक रहेको बताएका छन् ।

नयाँ ठिमाहा भेरिअन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने स्वास्थ्यमन्त्रीको भनाइ उदृत गर्दै बीबीसीले जनाएको छ । हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए।

गत वर्षको अक्टोबरमा पहिलो पटक भारतमा देखा परेको बी.१.६१७.२ भेरिअन्ट यूके÷केन्ट भेरिअन्ट (बी.१.१.७) भन्दा निकै सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन्।

अध्ययनहरूले फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई खेप लगाउँदा त्यसको असर भारतीय भेरिअन्टविरुद्ध निकै प्रभावकारी पाइएको बताएका छन्।