असंवैधानिक कदम चाल्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशिघ्र कानुनी कठघरामा उभ्याउन क्रियाशिल ६ युवा संगठनहरुले माग गरेका छन् । उनीहरूले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संसद् विघटनमार्फत संवैधानिक संकट निम्त्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको भत्सर्नासमेत गरेका छन् । 

संसद् विघटन मार्फत देशमा संवैधानिक संकट निम्त्याउने ओलीको यस कदमको हामीहरू घोर भत्सर्ना गर्न चाहन्छौ । सबै मिलेर कोभिड-१९ ले निम्त्याउने संकटको निवारण गर्ने समयमा चुनावको नाटक गर्दै चालिएको असंवैधानिक कदमको हामी निन्दा गर्दछौं । यस्तो अक्षम्य अपराधमा संलग्‍न भण्डारी तथा ओलीलाई पदमुक्त भईसकेपश्‍चातसमेत कारबाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दर्छौ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

अखिल नेपाल युवक संघ अध्यक्ष अलिनकिशोर घिमिरे नेपाल तरुण दल अध्यक्ष जितजंग बस्नेत, योङ कम्युनिष्ट नेपाल अध्यक्ष राम प्रसाद सापकोटा,  युवा संघ नेपाल अध्यक्षा नरेशकुमार शाही, समाजवादी युवा संघ अध्यक्ष योगेन्द्र राययादव, र विवेकशिल साझा युवा संगठन अध्यक्ष अब्दुस मियाले संयुक्त विज्ञप्ति जारी गरेर  युवाहरूले इतिहासको कालखण्डमा हरेका तानशाहहरूलाई घुडा टेकाएको स्मरणसमेत गराएका छन् ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ