राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टाभित्र बहुमतीय सरकार गठन गर्न गरेको आव्हानविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको छ । अधिवक्ता सन्तोष भण्डारीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री केपीओली समेतलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको हो ।

सो रिट निवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधान विपरित भएको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ ।

रिटमा राष्ट्रपतिको आह्वानले संविधानको उल्लंघन भइ संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने जिकिर गर्दै निवेदनको टुंगो नलागेसम्म सो प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गर्न अग्राधिकार समेत माग गरिएको छ ।