आज बिहान नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ। मृतकमध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका की २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।

दुर्घटनामा चालकसहित ४८ जना घाइते भएका छन्। घाइतेहरुको अहिले नवलपरासीको चिसापानी अस्पालमा उपचार भइरहेको छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए।

काठमाडौंकोबाट गएराती पश्चिम रुकुमका लागि  छुटेको ना ५ ख २७१३ नम्बरको बस आज बिहान ६ बजेतीर नवलपरासीको दाउन्ने स्थित खर्साङ खोला नजिकै दुर्घटना भएको हो। बस सडकबाट २ सय मिटर तल भिरमा खसेको छ। यात्रुले खचाखच भएको बसको गती तीव्र भएका कारण दुर्घटना भएको प्रारम्भिक चरणमा देखिएको प्रहरीले जनाएको छ।