काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनको नाममा तराईमा आन्दोलन गर्दै आएका सिके राउत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत् अखण्ड नेपालको पक्षमा आएका छन् । सरकारसँग ११ बुँदे सम्झौता गर्दै उनी अब नेपालको संविधान अनुसार नै मूलधारको राजनीतिमा प्रवेश गरेका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापा र राउतबीच उनले भूमिगत युद्ध छाड्ने र मूलधारको राजनीतिमा प्रवेश गर्ने सम्बन्धी सैद्धान्तिक सहमति गरिएको छ । उनले सम्झौता पछिको सम्बोधनमा आफू बुद्ध र गान्धीलाई आदर्श मान्ने व्यक्ति भएकोले प्रहरीले लाठी चार्ज गर्दा पनि फूल दिएर शान्तिको कामना गरेको बताएका छन् । आन्दोलनमा रहेका आफूहरुले हिंसा चाहेको भए राज्यले पनि दमन गर्नखोज्ने भन्दै उनले आफू शान्तिप्रिय भएकोले सरकारले पनि त्यतिधेरै दमन नगरेको बताएका छन् ।

सभागृहमा आयोजना गरेको कार्यक्रमबाट नै अब सिके राउत मूलधारको राजनीतिमा स्थापित हुने देखिएको छ । अध्ययनको हिसाव र पेशाले इन्जिनियर र बैज्ञानिक समेत रहेको उनलाई सभागृहको कार्यक्रममा दिईएको सम्मानले पनि मूलधारको राजनीतिमा उनको प्रवेश शानदार रुपमा नै हुने देखिएको हो ।

शुक्रबारको कार्यक्रममा  सरकारका मन्त्रीहरु पछिल्लो कोरममा बसेका थिए भने अघिल्लो कोरममा राउत सहित प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्ड बसेका थिए । यसले पनि उनलाई दिईएको सम्मानबारे राम्रैसँग बुझ्न सकिन्छ । सो सभालाई राउत र प्रधामन्त्री ओलीले सम्बोधन गरे । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राउतलाई पुष्पकमल दाहाल प्रचण्ड जस्तै निर्णय क्षमता भएका नेताको संज्ञा दिएका छन् ।

११ बुँदे सम्झौताको पूर्णपाठ