यस वर्षको जेठ महिनामा संचालन हुने भनिएको एसईई र कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको निर्णय गरेको छ ।