नेकपा एमालेमा बढ्दै गएको विवादका कारण नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन् ।आज हुने प्रतिनिधि सभाको बैठकमा नेपाल पक्षका सांसद अनुपस्थित हुने भएका छन्।

राजीनामा दिने कि अनुपस्थित हुने भन्नेबारे नेपाल पक्षका सांसदहरू आज सिंहदरबारमा छलफलमा जुटेका थिए। उक्त बैठकले आज प्रतिनिधि सभामा अनुपस्थित हुने निर्णय गरेको हो।