लघुकथा

महानगरको वत्सचोकमा एक दिन न्यु भेरियन्ट र ओल्ड भेरियन्ट्को जम्काभेट भएछ। नजिकै पुलिसको आँखा छलेर बहादुरीसाथ खोलिएको मधुशालामा सुटुक्क छिरेर दाजुभाइ गफिन थाले।

ओल्ड भेरिएन्टले झिनो आवाजमा “तपाईंले त कमालै गर्नुभो नि यार। बधाई छ तपाईंलाई ” भन्यो ।न्युले पनि बधाईको लागि धन्यवाद दिंदै “तपाईंले नि पोहोर ब्राजिल इटली बेलायत अमेरिकातिर कम गर्‍या हैन नि! तपाईंलाई पनि बधाई छ ” भन्यो”ह्या तपाईं पनि बुझ नपचाउनु न मित्र ! मैले नेपालको कुरा गरेको क्या !” पोहोर आफूले केहि गर्न नसकेकोमा दु:ख व्यक्त गर्दै अलि फुस्फुसायो ओल्ड।कुरा सुनेर न्युलाई पनि जङ चल्यो। भन्यो- ह्या …………. यी नाथेहरूको के कुरा । फू …. गरेरै ढाल्दिन्छु म त। ” कसरी नि!” ओल्ड ट्वाँ पर्‍यो।”

राम्ररी सुन्नुस कसैले भन्या टेर्ने होइनन् नेपालमा । तिनै करोड जनता आफूलाई राजा ठान्छन् । राजारङ्क सबको मुख कम्ती चोथाले छ र! कसैले यसो नगर न भन्यो भने तैंले चैं तेसो किन गर्‍या त भनेर ओठे जवाफ फर्काइहाल्छ्न्। उनिहरू जहिले नि एक अर्कालाई आँखा देखाउँछन् । त्यैबेला फुलेको नाकको पोहोराबाट फुत्त पस्छु। मजाले फोक्सोसम्म राज गरेर बस्छु।” न्युले आफ्नो योजना प्रष्ट्यायो ।”हुन त हो तर मास्कको बारबन्देज हुँदैन र !” ओल्ड्ले आशंका व्यक्त गर्‍यो।त्यसलाई त नेपालीको च्यापुको कट्टु मात्र मानेका छन् । नपत्याए त्यो भट्टिवालीलाई हेर्नुस। हुन पनि त्यस्तै थियो। ऊ त्यो पल्लो पसलमा आएको ग्राहकलाई हेर्नुहोस । उसले त झन घाँटिमा लाएको छ। त्यसैगरि अर्को बटुवालाई देखााउँदै भन्यो त्यसको हेर्नुस त उसको त झन मास्क नै छैन। यसरी न्युले थुप्रै प्रमाण पेश गर्‍यो। यो सुनेर ओल्डले नाक मुखमा किन लाउँदैनन् भनेर सोध्यो। न्यूले पनि भाको कुरा सिधै भनिदियो “त्यो त प्राकृतिक भेण्टिलेटर बनाएका रे।”